रोल्पामा एक वडाध्यक्ष पेस्तोलसहित पक्राउ

पाेखरा | बैशाख ३, २०८०

रोल्पामा एक वडाध्यक्ष पेस्तोलसहित पक्राउ

रोल्पा:   रोल्पाका एक वडाध्यक्ष पेस्तोलसहित पक्राउ परेका छन्। 

 

जिल्लाको गंगादेव गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष ३३ वर्षीय कृष्ण ओली अटोमेटिक पेस्तोलसहित पक्राउ परेको जिल्ला प्रहरी प्रमुख डिएसपी श्यामकुमार सारू मगरले बताए। 

 

वडाध्यक्षले आफ्नो घरमा अवैध हतियार लुकाएको भन्ने गोप्य सूचनाका आधारमा पुगेको प्रहरीले खानतलासी गर्दा घरको माथिल्लो तलामा लुकाएर राखेको अवस्थामा स्वचालित पेस्तोल बरामद भएको हो।

 

'मेड इन इटाली' लेखिएको नौ राउन्ड गोली लाग्ने एक थान पेस्तोल म्यागजिनसहित बरामद भएको प्रहरीले जानकारी दिएको छ।

 

इलाका प्रहरी कार्यालय घर्ती गाउँ र प्रहरी चौकी पाखापानीबाट खटिएको प्रहरी टोलीले दिउँसो १ बजेतिर वडाध्यक्षको घर खानतलासी गरेको हो। 'गाउँमा सधैं पेस्तोल लिएर हिँड्छन् भन्ने हामीलाई सूचना थियो,' एक प्रहरी अधिकारीले भने।

पक्राउ परेका वलीविरूद्ध हातहतियार तथा खरखजना मुद्दा चलाइएको प्रहरीले जानकारी दिएको छ।

 

जिल्ला अदालत रोल्पाले वडाध्यक्ष ओलीलाई थप १४ दिन थुनामा राखेर घटना अनुसन्धान गर्न म्याद थप गरिदिएको डिएसपी मगरले बताए।

 

वडाध्यक्ष वलीविरूद्ध चैत ३० गते बेलुका ४ बजेको समयमा गंगादेव गाउँपालिकाका अध्यक्षले चढ्ने रा १ झ १९१ नम्बरको सरकारी गाडी तोडफोड गरेको अभियोग पनि छ।

 

उक्त अभियोगमा जिल्ला प्रशासन कार्यालयले उनीविरूद्ध थप १५ दिन म्याद थप गरी सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरूद्धको कसुर (अभद्र) व्यवहार सम्बन्धी मुद्दामा पनि अनुसन्धान भइरहेको डिएसपी मगरले जानकारी दिए ।

काठमाडौं।     प्रतिनिधिसभा सदस्या निर्वाचन सम्पन्न भएको छ । केही स्थानमा आजैबाट मतगणना सुरु हुने बताइएको छ ।   प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सम्पन्न भएको  सबैलाई धन्यवाद द...

थप पढ्नुहोस्

गुल्मी क्षेत्र नम्वर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल विजयी हुनुभएको छ ।    उहाँले नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री प्रदीप ज्ञवालीलाई १५ हजार १२०  मतान्तरले पछाडी पार्दै ...

थप पढ्नुहोस्

काठमाडौं:  देशका केही भू-भागमा आज  मौसममा आंशिक बदली देखिने र सीमित स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रका केही स्थानमा आज बिहान हुस्स...

थप पढ्नुहोस्