चुनावको मिति टरेपनि पिएन प्रमुखको कार्यकक्षमा अझै तालाबन्दी
पाेखरा | बैशाख ४, २०८०
पोखराः पृथ्वीनारायण क्याम्पसका प्रमुख डा. सरोज कोइरालाको कार्यकक्षमा एक सातादेखि गरिएको तालाबन्दी निरन्तर छ ।
वैशाख ३ गते घोषणा गरिएको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव टरेपनि प्रमुखको कार्यकक्षमा गरिएको तालबन्दी तत्काले नखुल्ने विद्यार्थी संगठनहरुले जनाएका छन् ।
यसअघि त्रिभुवन विश्वविद्यालयले चैत १० गते देशभर स्ववियु निर्वाचनको तालिका सार्वजनिक गरेको थियो । सोही अनुरुप काम भइरहेकाबेला क्याम्पसमा निर्वाचन समिति संयोजक डा. विकासकुमार केसीलगायतले विद्यार्थीको डाटा लिक गरेको भन्दै ३ विद्यार्थी संगठनले तालाबन्दी गरेका थिए ।
त्यसपछि दोस्रो तालिकाअनुसार वैशाख ३ गते निर्वाचनाको तालिका पुनः घोषणा गरिएपछि सोही माग राख्दै तालबन्दी दोहो¥याइएको हो । सुरुमा प्रशासन भवनको मुलगेटमै तालाबन्दी गरेका संगठनले विद्यार्थीलाई प्रवेशपत्र वितरण गर्न असहज भएपछि खोलिदिएका थिए ।
मुलगेट र प्रशासनको तालाबन्दी खोलिएपनि क्याम्पस प्रमुखको कार्यकक्षमा गरिएको तालबन्दी यथावत छ । विप्लव समर्थित अखिल (क्रान्तिकारी)का क्याम्पस जिल्ला समिति संयोजक सचिन सी ले क्याम्पस प्रमुखबाट विद्यार्थी विवरणको सूचना लिक भएकाबारे स्पष्ट जानकारी नदिएसम्म तालाबन्दी जारी रहने बताएका छन् ।
‘निर्वाचन तालिकाको विषय स्वतः सकियो’ अध्यक्ष सीले भने ‘मतदाता विद्यार्थीको डाटा लिक गर्ने कर्मचारीलाई कारवाही नगरेसम्म तालबन्दी रहिरहन्छ ।’
क्याम्पस प्रमुख कोइरालाको अनुसार विद्यार्थी संगठनसँग कुरा भइरहेको र छिट्टै तालबन्दी खुल्नेछ । चुनावको विषयमा भने पुनः मिति घोषणा हुने वा नहुने भन्ने निर्णय विश्वविद्यालयले गर्ने कोइरालाले जनाए ।
विद्यार्थीले डाटा लिक गरेको आरोपमा भने उच्चस्तरीय छानबीन समिति गठन गरिने कोइरालाले उल्लेख गरे ।
क्याम्पसमा अखिल (क्रान्तिकारी), अखिल छैठौं, अनेरास्ववियू र अखिल क्रान्तिकारी (संयुक्त)ले तालाबन्दी गरेका हुन् ।
पोखरा— प्रविधिको क्षेत्रमा नयाँ आयाम थप्दै आएको ‘टेकपाइला इन्नेभोसन्सले गण्डकीमा तीन वटा पाठ्यक्रम सार्वजनिक गरेको छ । पोखरामा एक कार्यक्रमको आयोजना गर्दै ‘प्लस टु’का विद्यार्थ...
पोखरा । हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रमबाट ५५ युनिट रगत संकलन भएको छ । संस्थाले आफ्नो स्थापना...
पोखरा: घुमघामको सिजनसँगै कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटकको चाप बढेको छ । अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुक गाउँमा पछिल्लो ४ दिनमा मात्रै करिब १० हजार भन्दा बढी पर्यटक ...

