चुनावको मिति टरेपनि पिएन प्रमुखको कार्यकक्षमा अझै तालाबन्दी
पाेखरा | बैशाख ४, २०८०
पोखराः पृथ्वीनारायण क्याम्पसका प्रमुख डा. सरोज कोइरालाको कार्यकक्षमा एक सातादेखि गरिएको तालाबन्दी निरन्तर छ ।
वैशाख ३ गते घोषणा गरिएको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव टरेपनि प्रमुखको कार्यकक्षमा गरिएको तालबन्दी तत्काले नखुल्ने विद्यार्थी संगठनहरुले जनाएका छन् ।
यसअघि त्रिभुवन विश्वविद्यालयले चैत १० गते देशभर स्ववियु निर्वाचनको तालिका सार्वजनिक गरेको थियो । सोही अनुरुप काम भइरहेकाबेला क्याम्पसमा निर्वाचन समिति संयोजक डा. विकासकुमार केसीलगायतले विद्यार्थीको डाटा लिक गरेको भन्दै ३ विद्यार्थी संगठनले तालाबन्दी गरेका थिए ।
त्यसपछि दोस्रो तालिकाअनुसार वैशाख ३ गते निर्वाचनाको तालिका पुनः घोषणा गरिएपछि सोही माग राख्दै तालबन्दी दोहो¥याइएको हो । सुरुमा प्रशासन भवनको मुलगेटमै तालाबन्दी गरेका संगठनले विद्यार्थीलाई प्रवेशपत्र वितरण गर्न असहज भएपछि खोलिदिएका थिए ।
मुलगेट र प्रशासनको तालाबन्दी खोलिएपनि क्याम्पस प्रमुखको कार्यकक्षमा गरिएको तालबन्दी यथावत छ । विप्लव समर्थित अखिल (क्रान्तिकारी)का क्याम्पस जिल्ला समिति संयोजक सचिन सी ले क्याम्पस प्रमुखबाट विद्यार्थी विवरणको सूचना लिक भएकाबारे स्पष्ट जानकारी नदिएसम्म तालाबन्दी जारी रहने बताएका छन् ।
‘निर्वाचन तालिकाको विषय स्वतः सकियो’ अध्यक्ष सीले भने ‘मतदाता विद्यार्थीको डाटा लिक गर्ने कर्मचारीलाई कारवाही नगरेसम्म तालबन्दी रहिरहन्छ ।’
क्याम्पस प्रमुख कोइरालाको अनुसार विद्यार्थी संगठनसँग कुरा भइरहेको र छिट्टै तालबन्दी खुल्नेछ । चुनावको विषयमा भने पुनः मिति घोषणा हुने वा नहुने भन्ने निर्णय विश्वविद्यालयले गर्ने कोइरालाले जनाए ।
विद्यार्थीले डाटा लिक गरेको आरोपमा भने उच्चस्तरीय छानबीन समिति गठन गरिने कोइरालाले उल्लेख गरे ।
क्याम्पसमा अखिल (क्रान्तिकारी), अखिल छैठौं, अनेरास्ववियू र अखिल क्रान्तिकारी (संयुक्त)ले तालाबन्दी गरेका हुन् ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

