नयाँवर्षमै शितलादेवी मन्दिरको दानपेटिकाबाट नगद चोरी (भिडियोसहित)
पाेखरा | बैशाख ४, २०८०
पोखरा: नयाँ वर्षको मध्यरातमा पोखरा महानगरपालिका १२ स्थित शितलादेवी मन्दिरको दानपेटिकाबाट नगद चोरी भएको छ ।
नयाँ वर्ष (शुक्रबार)को मध्यरातमा मन्दिरमा राखिएको दानपेटिकामा भएको नगद चोरीे मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भुवनप्रकाश आचार्यले जानकारी दिए ।
उनका अनुसार १ गते राती तीनजना युवाले मन्दिर परिसरमा पुगेर दानपेटिकामा भएको करिब १५/२० हजार नगद चोरी गरेका हुन् । ‘नयाँ वर्षको मध्यरातमा तीनजना युवाहरुले मन्दिरमा राखिएको दानपेटिकाको ताला फुटाएर नगद चोरी गरेको सिसीटिभीमा देखिएको छ, अध्यक्ष आचार्यले भने, ‘दानपेटिकामा अनुमानित १५/२० हजार थियो । नगद चोरी भएपछि वडा कार्यालय रामबजारमा उजुरी दिएका छौं ।’
तीनजना युवाहरुले दानपेटिका फुटाएर नगद चोरी गरेपनि अन्यमा क्षति नभएको आचार्यले बताए । सो घटनाबारे उजुरी दर्ता गरि वडा प्रहरी कार्यालय रामबजारले अनुसन्धान कास्की प्रहरीले जनाएको छ ।
भिडियो:-
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

