बुलेट बाइकको ठक्करले चितुवा ठहरै, चालक सामान्य घाइते

पाेखरा | बैशाख ५, २०८०

बुलेट बाइकको ठक्करले चितुवा ठहरै, चालक सामान्य घाइते फोटोः सामाजिक सञ्जालबाट

पोखरा:  म्याग्दीको बेनी नगरपालिका १ रत्नेचौर घैयारामा बुलेट बाइकको ठक्करबाट चितुवाको मृत्यु भएको छ । 


बागलुङदेखि बेनीतर्फ आउँदै गरेको बा २ प ४०७१ नम्बरको बुलेट बाइकले बेनी नगरपालिका १ घैयारामा सडक माथिबाट एक्कासी आएको चितुवा बाइकसँग ठोक्किदा चितुवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी किरण लामाले जानकारी दिए । 


‘आज साँझ अन्दाजी ७ः१० बजेको समयमा बागलुङदेखि बेनी तर्फ आउँदै गरेको बुलेट बाइकसँग रत्नेचौरको घैयारामा सडक माथिबाट एक्कासी आएको चितुवा  बाइकसँग ठोक्किदा चितुवाको मृत्यु भएको हो, ‘लामाले भने, बाइकको ठक्करबाट चितुवाको मृत्यु भएपनि बाइकमा सवार दुईजना सामान्य रहेका छन् ।’


बाइकको ठक्करबाट मृत्यु भएको चितुवालाई मुचुल्का उठाएर डिभिजन वन कार्यालय म्याग्दी लगिएको छ ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्