पोखरा ३३ मा ‘ल्याण्डफिल्ड साइट’ सार्ने विषय अन्यौल

वडाध्यक्ष अधिकारी भन्छन्, ‘ग्राउण्ड लेभलको कुरा नबुझिकन निर्णय गर्न दिदैनौं’

कास्की | जेठ २९, २०७९

पोखरा ३३ मा ‘ल्याण्डफिल्ड साइट’ सार्ने विषय अन्यौल

कास्की:  पोखरामा निर्माणाधिन पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल सञ्चालनको पूर्व सर्तको रुपमा देखिएको ‘ल्याण्डफिल्ड साइट’ सार्ने विषय अन्यौलमा छ । 

 

पोखरा १४ मा रहेको ल्याण्डफिल्डलाई महानगरले पोखरा ३३ को संभावित केही स्थानमा व्यवस्थापन गर्ने भनिएपछि महानगरपालिकाको पहिलो कार्यपालिका बैठकमा छलफल भएको छैन । यद्यपी उक्त विषय प्रस्तावको रुपमा आउने बुँदामा भने समेटिएको छ । 

 

पोखरा ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले दोस्रो बैठकमा ल्याण्डफिल्ड साइटको विषय प्रस्ताव हुने बताउदै सुनगाभा न्यूजसँग भने, ‘कार्यपालिकाको पहिलो बैठकमा एजेण्डा प्रस्तुत भएको छैन । आउने तयारीमा छ अबको बैठकमा आएर छलफल हुन्छ ।’

 

उनले ल्याण्डफिल्ड साइट व्यवस्थापनको लागि निवर्तमान जनप्रतिनिधिले गरेका निर्णयबारे जानकार नभएको बताए । ‘अघिल्लो जनप्रतिनिधिहरुले के कसो गर्नुभाछ यही नै भनेर भन्ने स्थिति छैन, उनले भने, ‘समग्र भरतपोखरीको जनताको राय र भावना बुझेर त्यहाँको प्रत्यक्ष प्रभावितहरु कोको हुनुहुन्छ । उहाँहरुसँग एक चरण बसेर ठाउँ अघि बढ्छौं ।’

 

यसअघि पोखरा प्रमुख मान बहादुर जिसीको कार्यकालमा पोखरा ३३ को दुई स्थानमा संभावित स्थान भनेर स्थलगत अवलोकन सहित निरिक्षण गरिएको थियो । पोखरा महानगरापालिकाको पूर्व प्रवक्ता तथा वडा ५ का निवर्तमान वडाध्यक्ष धन बहादुर नेपालीका अनुसार पोखरा ३३ को कुमालटार र चिउरकोट ल्याण्डफिल्ड साइटको लागि चयन गरिएको थियो । 

 

पछिल्लो पटक पोखरा प्रमुखका रुपमा धनराज आचार्य आएपछि महानगरको बैठकमा ल्याण्डफिल्ड साइटको विषयमा छलफल हुने विषयले चर्चा पाएपछि स्थानीयले गुनासो गरेको वडाध्यक्ष अधिकारीले बताए । ‘अहिले ल्याण्डफिल्ड साइटको सवालमा व्यापक जनगुनासो आएको छ । हामीलाई जानकारी नै आएको छैन र हामीलाई जानकारी नदिइकन मनोमानी ढंगबाट यस्तो भएको हो भन्ने खालको गुनासो आको अवस्था छ, अधिकारीले भने, ‘त्यसकारण यो जनगुनासोलाई मध्यनजर गरि आवश्यकता हो वा होइन अथवा कुन प्रकारको ल्याण्डफिल्ड साइट हो त्यसले सिङ्गो समाजलाई असर गर्ने वा नगर्ने यी विषयमा जनतासँग सल्लाह गरेर मात्रै यो विषयलाई अगाडी बढाउन पर्छ भन्ने राय हो ।’

 

उनले केही दिनमै सर्वदलीय बैठक डाक्ने तयारी भैरहेको जानकारी दिए । ‘३३ वडा भित्रको सर्वदलीय संयन्त्रको प्रमुख नेताहरुलाई मिटिङ राख्ने प्रयत्न गरिराछु । मिटिङमा सबैसँग राय लिइन्छ । त्यसपछि अहिलेसम्म तयारी भएका कुराहरु अथवा हाम्रो पदस्थापन भन्दा पहिले टेण्डर प्रक्रिया भएको भए वा सम्पूर्ण काम टुङ्गिएको भए एउटा पाटो रहन्थ्यो, वडाध्यक्ष अधिकारीले भने, ‘अब हामी आइसकेपछि ग्राउण्ड लेभलको कुरा नबुझिकन हामीले यो निर्णय दिदैनौं ।’

 

 

उनले अहिले स्थानीयको गुनासो बुझ्ने प्रयासमा रहेको बताउदै आफुले जनविरोधी कार्य गर्न नसक्ने तर्क राखे । ‘ग्राउण्ड लेभलको अवस्था बुझिन्छ । यहाँका राजनैतिक दलका प्रमुखहरुसँग एक चरण बसेर छलफल गरेपछिमात्रै कार्यपालिकामा बहस हुन्छ, उलने भने, ‘त्यसैले हामी एक चरण कसरी जाने भनेर मिटिङ बस्ने तयारीमा छौं ।’ 

 

वडाध्यक्ष अधिकारीले स्थानीयलाई बाहिर आएको हल्लाको पछि नलाग्न आग्रह गर्दै भने, ‘प्रस्तावको रुपमा आउने बुदामा छ । तर त्यो विषयमा टेकेर छलफल गरेर त्यो विषयमा कोर्ट गरेर निर्णय गरिएको अवस्था छैन ।’

 

‘ल्याण्डफिल्ड साईट’ सरेन भने विमानस्थलमा नाँच्छन् ‘गिद्ध र चरा’

राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पोखरामा निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि महानगरले व्यवस्थापन गर्दै आएको ल्याण्डफिल्ड साईट स्थानान्तरण गर्नुपर्ने देखिएको छ । 
 

 

विज्ञहरुका अनुसार विमानस्थल सञ्चालनका लागि पोखरा महानगरपालिका वडा नम्बर १४ बाट ल्याण्डफिल्ड साइट अन्यत्र लानुपर्छ । यदि सो ठाउँबाट ल्याण्डफिल्ड साईट सारिएन भने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन सक्दैन ।

 

किनभने धावनमार्ग र ल्याण्डफिल्ड साईट नजिकै छ । एउटै क्षेत्रमा विमानस्थल र ल्याण्डफिल्ड साइड रहेकाले  गिद्ध र चराहरु विमानस्थलमा  नाँच्छन् र आसपासमा व्यापक गतिविधि बढाउँछन् र उडानमा अवरोध सिर्जना गर्छन् ।

 

त्यसैले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी भन्छन्, ‘ल्याण्डफिल्ड साइट विमानस्थल सञ्चालनको पूर्वसर्त हो । अबको तिन चार महिनासम्म यो ल्याण्डफिल्ड साइट सरेन भने पोखरा विमानस्थल सञ्चालन हुने विषय अनिश्चित छ ।’

काठमाडौं:   प्रधानमन्त्री केपी शर्मा ओलीले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिरभित्र सम्पन्न गर्ने गरी चुस्त र प्रभावकारी तयारी गर्न युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को नेतृत्वलाई निर्दे...

थप पढ्नुहोस्

काठमाडौं:  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्र्तगतको स्वास्थ्य सेवा विभागले देशका सातै प्रदेशमा रेविज विरुद्धको भ्याक्सिन तथा सर्पदंश उपचारमा प्रयोग हुने औषधि आपूर्ति गरेको छ । विभाग अन्र्तगतको व्यवस्थापन मह...

थप पढ्नुहोस्

काठमाडौं:   मुलुकभर परेकोे अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका आठ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार गएरातिदेखि परेको अविरल वर्षाका कारण देशभरका आठ मु...

थप पढ्नुहोस्