आइपिएलमा राजस्थानको शीर्षस्थान कायमै
पाेखरा | बैशाख ७, २०८०

इन्डियन प्रिमियर लिग (आइपिएल)को अंकतालिकामा राजस्थान रोयल्सको शीर्षस्थान कायम छ। गएराती लखनउसँगको हारका बाबजुद राजस्थानले शीर्षस्थान कायम राखेको हो। विजयी लखनऊ ८ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा छ।
समानअंक भएपनि रनरेटका आधारमा राजस्थान शीर्ष स्थानमा छ। गएरातीको खेलमा राजस्थान लखनऊसँग १० रनले पराजित भएको थियो।
१५५ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १४४ रनमात्रै बनाउन सक्यो। राजस्थानका लागि ओपनर यशवी जैसवालले सर्वाधिक ४४ रन बनाए। उनले ३५ बलमा ४ चौका र २ छक्का हाने।
४० रनको योगदान गरेको अर्का ओपनर जोस बट्लरले ४१ बलमा ४ चौका र १ छक्का प्रहार गरे।
त्यस्तै देवदत्त पाडिकलले २१ बलमा ४ चौका प्रहार गर्दै २६ रनको योगदान गरे। रियान परागले नटआउट १५ रन बनाए।
बलिङमा लखनऊका अवेश खानले सर्वाधिक तीन विकेट लिँदा मार्कस स्टोइनिसले दुई विकेट लिए। टस हारेर पहिले ब्याटिङ गरेको लखनऊले २० ओभरमा ७ विकेट गुमाउँदै १५४ रन बनायो।
लखनऊका केली मेयर्सले अर्धशतक बनाए। उनले ४२ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ५१ रन बनाए।
कप्तान केएल राहुुलले ३२ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३९ रन बनाए। मार्कस स्टोइनिस र निकोलस पुरनको २१ र २९ रनको योगदान रह्यो। बलिङतर्फ राजस्थानका रविचन्द्रन् अश्विनले दुई विकेट लिए। ट्रेन्ट बल्ट, सन्दीप शर्मा र जेसन होल्डरले एकएक विकेट लिए।
पोखरा: जेन–जी आन्दोलनका क्रममा कास्कीमा ९२ जना घाइते भएको जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार सूचनामार्फत जनाएको छ । कार्यालयले घाइते लाई परिचयपत्र र भैपरी खर्च वितरण गरिने पनि बताएको छ । ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले एटीएमबाट दिने सुविधाका सीमाहरूलाई फेरबदल गरेको छ। राष्ट्र बैंकले शुक्रबार भुक्तानी प्रणालीसम्बन्धी कार्य गर्ने संस्थाहरुलाई एकीकृत निर्देशन जारी गर्दै प्रिपेड, डेबिट र क्र...
काठमाडौं: आईसीसी टी–२० विश्वकप एसिया इस्ट प्यासिफिक छनोटअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले जितका लागि १३२ रनको लक्ष्य पाएको छ। ओमानको एल एमिरेट क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ...