भेरी नदीको बेलिब्रिज भाँचिदा दुई जनाको मृत्यु, तीन गम्भीर घाइते
जाजरकोट | बैशाख ७, २०८०
जाजरकोट: जाजरकोटमा निर्माणाधीन मोटरेबल पुल भाँच्चिदा घाइते भएकामध्ये २ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका अनुसार पुलमा काम गरिरहेका श्रमिकमध्ये २ जनाको मृत्यु भएको हो।
भारतको बहराइच जिल्लाका धर्मेन्द्र गौतम र पुरूषोत्तम गौतमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका प्रमुख नवराज भट्टराईले जानकारी दिए।
बिहीबार दिउँसोतिर जाजरकोट-डोल्पा सडक खण्डअन्तर्गत निर्माण भइरहेको बेलिब्रिज भाँच्चिएको थियो। रूकुमको आठविसकोट नगरपालिकामा पर्ने गोतामकोट र जाजरकोटको नलगाड नगरपालिकाको तल्लु बगर जोड्नेगरी ठूलीभेरी नदीमाथि बनिरहेको उक्त पुल भाँच्चिएको हो।
घटनामा सात जना घाइते भएका छन्। तीमध्ये ३ जनाको अवस्था गम्भीर रहेको रूकुमका प्रहरी प्रमुख डिएसपी भट्टराईले जानकारी दिए।
घाइते हुनेहरूमा एक जना नवलपरासीका क्रेन चालक निरजकुमार चौधरी रहेका छन्।
अरू ६ जना भारतीय रहेका छन्। प्रहरीका अनुसार बहराइच जिल्लाका गोरख नाथ, मैतु गौतम, सञ्जय गौतम, सोनु चमार, गोपाल चमार र राजकुमार हरिवन चमार घाइते भएका छन्।
घाइतेहरूलाई उपचारका लागि जाजरकोटको नलगाड नगरपालिकास्थित दल्ली स्वास्थ्य चौकीमा राखिएको थियो। गम्भीर घाइतेहरूलाई थप उपचारका लागि हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको छ।
क्रेन चालकसहित चार जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

