प्रधानमन्त्री प्रचण्डविरुद्ध उजुरी, कारबाही हुनुपर्ने रास्वपाको माग

काठमाडाैं | बैशाख ७, २०८०

प्रधानमन्त्री प्रचण्डविरुद्ध  उजुरी, कारबाही हुनुपर्ने  रास्वपाको माग

तनहुँ:   राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनको समयमा आचार संहिता उल्लंघन गरेको भन्दै कारबाहीको माग गरेको छ ।

 

रास्वपाका जिल्ला उपसंयोजक सूर्यमणि पौडेलले प्रचण्डले निर्वचन आचार संहिता उल्लंघन गरेकाले कारबाहीको दायरमा ल्याउन माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको छ ।

 

गठबन्धनका उम्मेदवार गोविन्द भट्टराईको प्रचारप्रसार र समर्थनका लागि प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी वैशाख ६ गते तनहुँको बन्दीपुर डुम्रे बजारमा भएको चुनावी सभामा सम्बोधन गर्न आएका थिए ।

 

सम्बोधनका क्रममा उनले गठबन्धनका उम्मेदवारलाई जिताएर पठाएमा नेताहरुलाई मन्त्री, प्रदेशमन्त्री, मुख्यमन्त्री बनाउने आश्वसन दिई आम मतदातालाई अनुचित प्रभाव पारेको रास्वपाको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

 

प्रधानमन्त्रीको उक्त कार्य निर्वाचन सम्बन्धी कसुर भएकाले सत्यतथ्य छानबिन गरी निर्वाचन आचारसंहिता २०७९ को दफा ३ विपरीत भएकोले निर्वाचन कसूर तथा सजाय ऐन २०७३ तथा निर्वाचन कसूर तथा सजाय निर्देशिका २०७९ बमोजिम कारबाही हुनु पर्ने रास्वपाको माग छ ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्