डोल्पामा इन्स्पेक्टरले कुटे हवल्दार
डोल्पा | बैशाख १७, २०८०
काठमाडौं: डोल्पामा मादक पदार्थ सेवन गरेको भन्दै एक प्रहरी निरीक्षकले आफू माहतहतका हवल्दारलाई चोडपटक लाग्नेगरी कुटपिट गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय डोल्पामा कार्यरत प्रहरी निरीक्षक नविन चापागाईंले प्रहरी हवल्दार हरि आरसीमाथि शनिबार कुटपिट गरेका हुन् ।
कुटपिटपछि ३७ वर्षीय हवल्दारको बायाँ आँखा, नाक र मुखमा गहिरो चोट लागेको छ ।
शनिबार हवल्दार आरसी बिदामा थिए । उनले बिदाको दिन आफूले साथीहरूसँग मिलेर मादक पदार्थ सेवन गरेका थिए ।
जिल्ला कारागार डोल्पामा कार्यरत हवल्दार आरसीलाई पनि चापागाईले प्रहरी कार्यालयमै बोलाएर कुटपिट गरेको पीडित हवल्दारले बताएका छन् ।
हवल्दार आरसीको जिल्ला अस्पताल डोल्पामा सामान्य उपचार गरिएको छ। थप उपचारका लागि आइतबार उनी बाँकेको नेपालगञ्ज जाने तयारीमा छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक बुढाथोकीले भने आफू कार्यालयभन्दा बाहिर रहेको बेला घटना घटेकोले यसबारे अनुसन्धान भइरहेको बताए।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

