पोखरामा चुरोट, रक्सी, मोबाइलदेखि मोटरसाइकल चोरीको आरोपमा ४ जना प्रकाउ
पाेखरा | बैशाख १७, २०८०
पोखरा: कास्की प्रहरीले पोखरामा चोरीको आरोपमा ४ जना युवकहरुलाई प्रकाउ गरेको छ ।
पोखरा महानगरपालिका १६ दिपमा शंकास्पद अवस्थामा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीको टोलीले चोरीका सामानसहित प्रकाउ गरेको हो ।
प्रकाउ पर्नेमा धादिङ स्थायी घर भई पोखरा महानगर ९ पृथ्वीचोक बस्ने २९ वर्षीय राजकुमार परियार, पोखरा १३ वस्ने २४ वर्षीय विनोद परियार, गोरखा स्थायी भई पोखरा १३ बस्ने ३१ वर्षीय राजकुमार नेपाली र २५ वर्षीय अर्जुन नेपालीलाई चोरीको आरोपमा प्रकाउ गरेको कास्की प्रहरीले जनाएको छ ।
प्रकाउ परेको ४ जना युवकको साथबाट ल्याप्टप किर्बोड, माउस र चार्जर १/१ थान, विभिन्न कम्पनीका मादक पदार्थ (रक्सी)का बोतल ११ थान, पहेंलो रंगका रेडबुल १५ थान, चुरोट ४ बट्टा, विभिन्न कम्पनीका मोबाईल ४ थान, फलामको रड र ग ५ प २७३५ नम्बरको मोटरसाइकल समेत बरामद गरेको हो ।

प्रकाउ परेका ४ जनालाई जिल्ला अदालत कास्कीबाट चोरी चोरी सम्बन्धी मुद्दामा ७ (सात) दिनको म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

