विन्ध्यवासिनी क्याम्पस वाटुलेचौरद्धारा जनप्रतिनिधिहरुको स्वागत तथा बिदाइ

पाेखरा | जेठ ३०, २०७९

विन्ध्यवासिनी क्याम्पस वाटुलेचौरद्धारा जनप्रतिनिधिहरुको स्वागत तथा बिदाइ

पोखरा :    पोखराको वाटुलेचौरमा रहेको विन्ध्यवासिनी क्यामपसले पोखरा महानगरपालिका वडा नं. १६ का नवनिर्वाचित जनप्रतिनिधिहरुको स्वागत तथा पूर्व जनप्रतिनिधिको बिदाइ गरेको छ । 

 

विन्ध्यवासिनी क्याम्पस संचालक समितिका अध्यक्ष दानबहादुर बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष चित्रबहादुर थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । नवनिर्वाचित जनप्रतिनिधिहरुलाई खादा, अविर र मायाको चिनोद्धारा स्वागत तथा सम्मान गरिएको थियो ।


 उक्त कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै क्याम्पस संचालक समितिका सल्लाहकार रामबहादुर बानियाँले क्याम्पसको आर्थिक अवस्था कमजोर रहेकोले यसलाई सहयोग गर्ने तर्फ नवनिर्वाचित जनप्रतिनिधिहरुको ध्यानाकर्षण गराउनु भएको थियो । नवनिर्वाचित जनप्रतिनिधिहरुको तर्फबाट आफ्नो मन्तव्य राख्दै वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले आफु पनि क्याम्पस संचालक समितिको सदस्यको रुपमा रही आएकोले क्याम्पसको विकासमा लागी पर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । 


सभाध्यक्षको तर्फबाट आफ्नो मन्तव्य व्यक्त गर्दै क्याम्पस संचालक समितिका अध्यक्ष दानबहादुर बानियाँले आगामी असार १८ गते शनिबार बिहान १० बजे विन्ध्यवासिनी मा.वि.को सभाहलमा गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात मन्त्री कुमार खड्काको प्रमुख आतिथ्यतामा अधिवेशन कार्यक्रम गर्ने जानकारी गराउँदै अधिवेशनलाई भव्य एवं सभ्य रुपमा सफल पार्न सबैलाई आव्हान गर्नु भयो । 

 

उक्त कार्यक्रममा क्याम्पस प्रमुख विजय शर्माले क्याम्पसको गतिविधिका बारेमा प्रकाश पार्नु भएको थियो र क्याम्पसका लेखापाल भीमबहादुर गायकले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । 
 

काठमाडौं:  संघीय संसद् सचिवालयले जेन–जी आन्दोलनका क्रममा भदौ २४ गतेको प्रदर्शनका क्रममा लगिएका मालसामान फिर्ता गर्न आग्रह गरेको छ । सचिवालयले सोमबार सूचना जारी गरेर प्रदर्शनका क्रममा नयाँ बानेश्...

थप पढ्नुहोस्

काठमाडौं: सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ महासंघमा अनुसार सुनको मूल्य सोमबार १०० रुपैयाँले बढेको छ ।  आइतबार २ लाख १५ हजार १०० रुपैयाँमा कारोबार भएको सुन सोमबा...

थप पढ्नुहोस्

काठमाडौं:  ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका फिल्म हल सोमबारदेखि खुल्ने भएका छन्।  आइतबार बसेको चलचित्र भवन सञ्चालक तथा चलचित्र वितरकको छाता संस्था नेपाल चलचित्र सङ्...

थप पढ्नुहोस्