‘प्रकाश’को विदेश राइटस् महंगो मूल्यमा बिक्री
काठमाडाैं | जेठ ३०, २०७९
काठमाण्डौँ : भदौ १० गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र प्रकाशको विदेश राईट महंगो मुल्यमा बिक्री भएको छ । दिनेश राउतले निर्देशन गरेको चलचित्र ‘प्रकाश’को विदेश राइटस् महंगो मूल्यमा बिक्री भएको हो । चलचित्रको अष्ट्रेलिया, क्यानडा, अमेरिका र यूरोपमा महंगो मूल्यमा विदेश राईटस् बिक्री भएको चलचित्रका निर्माता महेन्द अधिकारीले जानकारी दिएका छन् ।
चलचित्रमा पछिल्लो समयका चर्चित नायक प्रदिप खड्का, दिया मास्के लगायतको अभिनय रहेको छ । एक युवाले शिक्षक बन्ने दौडमा गरेको संघषलाई चलचित्रमा देखाईएको छ । धेरै चलचित्रमा लबर बोईको रोलमा देखिने प्रदिप यो चलचित्रमा भने फरक रुपमा देखिएका छन यसै कारण पनि चलचित्रको प्रखाईमा छन् दर्शकहरु ।
महेन्द| अधिकारीको लगानीमा निर्माण भएको चलचित्रलाई बिनिस इन्टरटेनमेन्टले निर्माण गरेको हो । बिकास सुबेदीको लेखनमा रहेको चलचित्रमा राजेश श्रेष्ठको छायंकन , जीवन थापाकोे सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । चलचित्र भदौ १० गतेबाट नेपालभर प्रदर्शनमा आउदै छ ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

