सर्जक घनश्याम रिजाललाई विन्ध्यवासिनी म्युजिक अवार्ड

पाेखरा | बैशाख २४, २०८०

सर्जक घनश्याम रिजाललाई विन्ध्यवासिनी म्युजिक अवार्ड

 

पोखराका सर्जक घनश्याम रिजालले विन्ध्यवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन् ।

 

काठमाडौंमा आयोजित एक सांगीतिक समारोहमा उनलाई विन्ध्यवासिनी म्युजिक अवार्ड बाट पुरस्कृत गरिएको हो । 

 

रिजालले सर्वोत्कृष्ट लोक दोहोरी गीतको अवार्ड हात पारे । उनले सिर्जना गरेको “शुन्य भयो डाँडैको चौर” सर्वोत्कृष्ट भएको हो र जसमा लोकदोहोरी गायक रामजी खाँण र गायिका अन्जु पन्तको आवाज रहेको छ । पोखरामा रहेर संघर्षरत रहे पनि नेपाली संगीत क्षेत्रमा भने उनको योगदान अतुलनीय छ । 

 

 नेपाली लोकगीत क्षेत्रमा उनले सिर्जना गरेका गीतहरुलाई रुचाइएको छ । प्रेमिल भावका गीत सँगै उनले सामाजिक यथार्थपरक विषयवस्तुमा आधारित गीत पनि सिर्जना गरेका छन् भने,  घर शुन्य भो, बाख्रा पालम्ला उनका सामाजिक यथार्थपरक गीत रहेका छन् । 

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   ...

थप पढ्नुहोस्

काठमाडौं:    सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...

थप पढ्नुहोस्

म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ ।   उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ ।   हत्य...

थप पढ्नुहोस्