सर्जक घनश्याम रिजाललाई विन्ध्यवासिनी म्युजिक अवार्ड
पाेखरा | बैशाख २४, २०८०
पोखराका सर्जक घनश्याम रिजालले विन्ध्यवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन् ।
काठमाडौंमा आयोजित एक सांगीतिक समारोहमा उनलाई विन्ध्यवासिनी म्युजिक अवार्ड बाट पुरस्कृत गरिएको हो ।
रिजालले सर्वोत्कृष्ट लोक दोहोरी गीतको अवार्ड हात पारे । उनले सिर्जना गरेको “शुन्य भयो डाँडैको चौर” सर्वोत्कृष्ट भएको हो र जसमा लोकदोहोरी गायक रामजी खाँण र गायिका अन्जु पन्तको आवाज रहेको छ । पोखरामा रहेर संघर्षरत रहे पनि नेपाली संगीत क्षेत्रमा भने उनको योगदान अतुलनीय छ ।
नेपाली लोकगीत क्षेत्रमा उनले सिर्जना गरेका गीतहरुलाई रुचाइएको छ । प्रेमिल भावका गीत सँगै उनले सामाजिक यथार्थपरक विषयवस्तुमा आधारित गीत पनि सिर्जना गरेका छन् भने, घर शुन्य भो, बाख्रा पालम्ला उनका सामाजिक यथार्थपरक गीत रहेका छन् ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

