सचिवको जिम्मेवारीबाट हटे प्रदेश सांसद शेरचन
मुस्ताङ | बैशाख २८, २०८०
मुस्ताङ: गण्डकी प्रदेशमा प्रदेश सभा सांसद विकल शेरचनले नेपाली कांग्रेस मुस्ताङ कार्यसमिति सचिव पदबाट राजीनामा दिएका छन् ।
प्रदेश सभा सदस्य निर्वाचित भएपछी राजिनामा दिएका शेरचनको मंगलबार स्वीकृत भएको हो । कांग्रेस मुस्ताङमा सचिव छेवाङ नोर्वू गुरुङले विज्ञप्ती जारी गर्दै शेरचनको राजीनामा स्वीकृत भएको जनाएका हुन् । सांसद शेरचनले नैतिकता र स्वार्थ बाझिने अवस्थाबाट मुक्त रहन सचिव पदबाट राजीनामा दिएको प्रतिक्रिया दिए ।

उनले स्वार्थ नबाझिऊन् भन्दै कृषक समुह र हिमाली नामको NGO, आदिवासी जनजाति युवा महासंघको संघीय परिषद सदस्य, थकाली युवा परिवार नेपालको केन्द्रीय सचिव पदबाट पनि मंसिर महिना मै राजीनामा दिइसकेका छन् । उनी मुस्ताङ प्रदेश सभा २ बाट निर्वाचित भएका थिए ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

