गणतन्त्र दिवसदेखि पोखराको ‘रत्नमन्दिर’ खुल्ने
पाेखरा | बैशाख २८, २०८०
पोखरा: पोखराको लेकसाइडमा रहेको ‘रत्नमन्दिर’ (राजपरिवारले विदा मनाउने दरबार) गणतन्त्र दिवसको अवसरमा पर्यटक र सर्वसाधारणका लागि खुल्ला गरिने भएको छ ।
पोखरेली पर्यटन व्यवसायीहरुको माग अनुसार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको पहलमा आगामी जेठ १५ गतेदेखि रन्तमन्दिर खुला गर्ने तयारी भएको महानगर स्रोतले बतायो ।
नेपाल ट्रष्टको स्वामित्वमा रहेको सो रत्नमन्दिरमा प्रवेश शुल्क लाग्ने वा नलाग्ने बारे अझै टुंगो भने लागेको छैन ।
पोखरामा भ्रमणका क्रममा राजा महेन्द्रले ताल किनारमा बसेको ठाउँ मन परेपछिस्थानीयसँग १११ रोपनी जग्गा किनेर ‘रत्नमन्दिर’ २०१३ मा निर्माण सुरु भएर २०१५ मा रत्न मन्दिरको निर्माण गरेका थिए ।
रत्न मन्दिरको मुख्य भवनमा ११ कोठा छन् । पुरानै अवस्थामा रहेको यसको सरसफाइलगायत रेखदेखमा केही कर्मचारी खटिदै आएका छन् ।
प्रशासनिक भवन, फेवा तालसँगै तालघर, सैनिक बस्ने ३८ कोठे लामो भवनसमेत रहेको छ ।
पोखरा: कास्की क्षेत्र नम्बर २ का नेकपाका उम्मेदवार हेमबहादुर थापा (आमोद)ले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्याको स्थायी समाधान गर्न नेकपाको नेतृत्व आवश्यक रहेको बताएका छन् । अखिल ने...
पाेखरा: कास्की क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सहिदको शालिकमा माल्यार्पण गरेर घेटघाट शुरु गरेको छ । सो क्षेत्रका प्रत्यक्ष तर्फका उम्मेदवार राजकाजी गुरुङसहितको टोलीले...
पोखरामा प्रतिभा सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतिभा मावि पोखराको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको सहयोग र समन्वयमा पोखरामा आजदेखि अन्तर माध्यमिक विद्यालय क्रिक...

