पोखरामा नेपाली नाटकः प्रथम अन्तर्राष्ट्रिय सेमिनार सुरु

पाेखरा | बैशाख २८, २०८०

पोखरामा नेपाली नाटकः प्रथम अन्तर्राष्ट्रिय सेमिनार सुरु

पोखरा:    पोखरामा नेपाली नाटकलाई समसामयिकतातर्फ परिस्कृत गर्न तीनदिने  नेपाली  नाटकः प्रथम अन्तर्राष्ट्रिय सेमिनार २०८० सुरु भएको छ । 


नेपालका ८० र भारतका ४० वरिष्ठ नाट्यकर्मीको सहभागिता रहेको उक्त सेमिनारमा नेपाली नाटकलाई समसामयिकतर्फ ढाल्न तथा विविध पक्षका बारेमा भारतीय नाट्यकर्मीले १० वटा र नेपाली नाट्यकर्मीले आठवटा कार्यपत्र प्रस्तुत गरिने जनाइएको छ । कार्यपत्रमाथि छलफल चलाइने जानकारी आयोजक संस्था नेपाल नाट्य प्रतिष्ठान पोखरा नेपालले दिएको हो । 


समाज र नाटकको बीचमा घनिष्ट सम्बन्ध रहेको छ । नाटककारले समाजका विकृतिअन्तर्गत सामाजिक, सांस्कृतिक,  राजनीतिक, आर्थिक विद्रुपता, असङ्गत मानवीय सम्बन्ध, बेरोजगारीका कारण सिर्जना गरेको असुरक्षित भविष्य, स्त्री र पुरुषको बीचमा विकसित जटिलतालाई चित्रण गर्ने गरेका छन् ।
 

नेपाली नाटकलाई विविध पक्षबाट परिस्कृत गर्न प्रा डा रामचन्द्र पोखरेल, प्रा डा सावित्री मल्ल कक्षपति, नवीन पौड्याल ९भारत०, डा अशोक थापा, डा वीरबहादुर  विश्वकर्मा ९भारत०, ताराप्रासाद पोखरेल, पूर्णकुमार  शर्मा (भारत) लगायतले कार्यपत्र प्रस्तुत गर्नुहुने भएको छ । समीक्षकहरू डा कृष्णराज घतानी, डा नेत्र एटम, प्रा डा दयाराम श्रेष्ठलगायत रहने बताइएको छ । 


सेमिनारको  उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले रङ्गकर्म, नाट्य लेखन र प्रदर्शनको परस्पर सम्बन्धको प्रतिफल भएको बताउनुभयो । नाटक पाठ्य र दृश्य दुवै रुप हुने हुँदा पढेर अनुभव गरेको विचारले भन्दा रङ्गमञ्चमा  प्रदर्शित  रङ्गकर्मको  प्रत्यक्ष साक्षात्कारबाट  प्राप्त विचार सशक्त हुने आचार्यको भनाइ थियो । 


कला, साहित्य ताथ सांस्कृतिकरूपमा पोखरा असाध्यै धनी भएकाले पोखरालाई नाट्य क्षेत्रबाट पनि चिनाउन जरुरी भएको उहाँले बताउनुभयो । नाट्यकर्मी प्रा डा दयाराम श्रेष्ठले समसामयिक नाटकमा गम्भीर कथावस्तु, गतिशील चरित्र, विचारशील निर्देशन र सचेत अभिनेता प्रयोग हुनुपर्नेमा जोड दिनुभयो । वरिष्ठ नाट्यकर्मी  अशेष मल्ल, वरिष्ठ सर्जक सरुभक्त क्षेष्ठ, गण्डकी प्रज्ञा प्रतिष्ठानका  कुलपति सूर्य खड्का विखर्ची, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकालर हिसनबहादुर थापामगरलगायतले आफ्ना भनाइ राख्नुभएको थियो । 

काठमाडौं:    सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...

थप पढ्नुहोस्

म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ ।   उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ ।   हत्य...

थप पढ्नुहोस्

पोखरा २७ मा सञ्चालित त्रिवेणी इन्टरनेशनल कलेजले आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ युनिट संकलन भएको छ ।    कार्यक्रममा पोखरा महानगरपालिका २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले पहिलो रक्तदाता पोखर...

थप पढ्नुहोस्