पोखरामा क्रेनको ठक्करबाट लाहाचोककी धनाको मृत्युु

पाेखरा | बैशाख २९, २०८०

पोखरामा क्रेनको ठक्करबाट लाहाचोककी धनाको मृत्युु

पोखरा:   पोखरा महानगरपालिका ५ पर्स्याङमा क्रेनको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । 

 

क्रेनको ठक्करबाट कास्कीको माछापुच्छ्रे गाउँपालिका ७ लाहाचोककी धना अधिकारीको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको हो ।

 

अधिकारीलाई  हिजो (बिहीबार) दिउँसो ३ बजे ग १ ख ५८०५ नम्बरको क्रेनले पोखरा महानगरपालिका ५ पर्स्याङस्थित विद्युत कार्यालय अगाडि क्रेनले ठक्कर दिएको थियो । 

 

धनाको आफन्तका अनुसार ठक्करबाट गम्भीर घाइते भएकी अधिकारीको उपचारका लागि गण्डकी मेडिकल कलेजमा पुर्याइएको थियो । 

 

त्यसपश्चात अधिकारीलाई चिकित्सकले मृत घोषणा गरेका थिए । हाल पोष्टमार्टकै लागि मृतक अधिकारीको शव अस्पतालमै राखिएको छ ।
 

पीडित परिवारको माग सम्बोधन हुन नसक्दा अधिकारी परिवारले धनाको शव बुझ्न मानेका छैनन् ।

 

मृतक परिवार पक्ष र क्रेन सञ्चालकबीच द्विपक्षीय वार्ता भइरहदा प्रहरीले सञ्चालकलाई विना निष्कर्ष लैजान खोजेपछि झडपको अवस्था सिर्जना भएको थियो । 

 

हाल विभिन्न मागसहित द्विपक्षीय वार्ता चलिरहेको बताइएको छ ।

 

 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्