गण्डकीका चार मन्त्रीले लिए शपथ, अर्थमन्त्रीमा तनहुँका जीतप्रकाश आलेमगर

पाेखरा | बैशाख २९, २०८०

गण्डकीका चार मन्त्रीले लिए शपथ, अर्थमन्त्रीमा तनहुँका जीतप्रकाश आलेमगर

पोखरा:    गण्डकी प्रदेशका नवनियुक्त चार मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । 


नेपाली कांग्रेसबाट तनहुँका जीतप्रकाश आलेमगर आर्थिक मामिलामन्त्री, बागलुङका दिपेन्द्र थापामगर उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री, नवलपुरका महेन्द्रध्वज जिसी कृषि तथा भूमि व्यवस्थामन्त्री र यस्तै माओवादी केन्द्रबाट म्याग्दीका रेशम जुग्जाली (सुविन) भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री नियुक्तसँगै आज पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

 

उनीहरूलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शपथ खुवाएका हुन् । यो सँगै गण्डकीमा ७ सदस्यी मन्त्रिपरिषद् गठन भएको हो ।


यस्तै स्याङ्जाकी सरस्वती तिवारी अर्याल उर्जा, जलस्रोत तथा खानेपानीमन्त्री र सुशीला सिम्खडा सामाजिक विकास तथा स्वास्थ्यमन्त्रीमा नियुक्त भएका छन् । 

 
वैशाख १४ गते गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका सुरेन्द्रराज पाण्डेले अर्याल र सिम्खडालाई विना विभागीयमन्त्रीमा नियुक्त गरेका थिए । 

 

म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ ।   उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ ।   हत्य...

थप पढ्नुहोस्

पोखरा २७ मा सञ्चालित त्रिवेणी इन्टरनेशनल कलेजले आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ युनिट संकलन भएको छ ।    कार्यक्रममा पोखरा महानगरपालिका २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले पहिलो रक्तदाता पोखर...

थप पढ्नुहोस्

लेखनाथ:    एनआइएमबी बैंकले पोखरा महानगरपालिका २६ स्थित  सिर्जना बहिरा आवासिय माध्यामिक विद्यालयका १ सय ८१ बालबालिकालाई आईतबार पोशाक वितरण गरेको छ ।    संस्थागत सामाजि...

थप पढ्नुहोस्