कहाँ हराए काठमाडौंबाट साथीको बिहेमा आएका अर्याल ?
पाेखरा | जेठ २, २०८०
पोखरा: वैशाख २९ गते काठमाडौं टोखा नगरपालिका ८ का विश्वास अर्याल साथीको बिहेमा पोखरा आए । पोखरा पार्टी प्यालेसमा भएको बिहेमा सहभागि भएपछि उनी अचानक हराए ।
आइतबार परिवारले कास्की प्रहरीमा २८ वर्षीय अर्यालय हराएको जाहेरी दिएपछि प्रहरीले खोजी गर्याे । तर पत्तो लागेन उनले आत्मदाह गरे या कसैले हत्या ।
अहिले कास्की प्रहरीले उनी हिडडुल गरेको संभावित क्षेत्रको सिसिटिभी फुटेज संकलन गरिरहेको छ । ‘साथीको बिहेमा काठमाडौंबाट पोखरा आएका अर्याल हराएको जाहेरीपछि उनी देखिएको सिसीक्यामेराको सहयोगमा खोजी गरिरहेका छौं, अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले सुनगाभा न्यजसँग भने, ‘उनी आफै हाम फाले या कसैले धकलिदिए । अझै ठोस प्रमाण भेटिएको छैन । सिसिटिभी फुटेज संकलन गरेर हेरिरहेका छौ ।’
बेपत्ता अर्यालले हाम फालेको गाइगुई कास्की प्रहरीसमक्ष पुगेपछि सोमबार नदीपुरमा रहेको सेती नदीको खोँच आसपासमा खोजी गर्याे तर केही पार लागेन । ‘शंकाको भरमा टोलीले खोँचमा खोजी गरेका थियौ तर पनि केही सुइको लागेन,’ ति प्रहरी अधिकारीले भने ।
ति प्रहरी अधिकारीका अनुसार अर्याललाई सोही पुल नजिक लुटपाट भएको सिसी क्यामेरामा देखिएको छ । ‘सिसी क्यामेरामा अर्याललाई कसैले लुटपाट गरेको देखिन्छ, लुटपाट गर्ने एकजनालाई प्रकाउ गरिसकेका छौं, अर्कोलाई खोज्दै छौं, उनले भने, ‘लुटपाटपछि उनलाई पुलबाट धकेले वा आफै हाम फालेर बेपत्ता भए भन्ने एकिन भएको छैन । यद्यपी टोलीले विभिन्न कोणबाट खोजीकार्य तिब्र पारेको छ ।’
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

