ढुङ्गाले लागेर यार्सागुम्बा सङ्कलकको मृत्यु
दार्चुला | जेठ ५, २०८०
खलङ्गा: दार्चुलामा ढुङ्गाले लागेर व्यास गाउँपालिका–१ कुन्तिमा एक यार्सागुम्बा सङ्कलकको मृत्यु भएको छ । एक सङ्कलक घाइते भएका छन् ।
यार्सागुम्बा सङ्कलनका क्रममा बिहीबार ढुङ्गाले लागेर व्यास गाउँपालिका–१ छाङरुका ४२ वर्षीय वीरसिँह ऐतवालको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । यार्सागुम्बा सङ्कलन गर्ने क्रममा माथिबाट खसेको ढुङ्गाले उनको टाउकोमा चोट लाग्दा घट्नास्थलमै मृत्यु भएको थियो ।
सितापुल प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले घाइते पुष्कर ऐतवालको उद्धार गरेको छ । सामान्य चोट लागेका उनको घरमै प्राथमिक उपचार भइरहेको चौकीका इन्चार्ज बताउँछन् । रासस
म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ । उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ । हत्य...
पोखरा २७ मा सञ्चालित त्रिवेणी इन्टरनेशनल कलेजले आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ युनिट संकलन भएको छ । कार्यक्रममा पोखरा महानगरपालिका २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले पहिलो रक्तदाता पोखर...
लेखनाथ: एनआइएमबी बैंकले पोखरा महानगरपालिका २६ स्थित सिर्जना बहिरा आवासिय माध्यामिक विद्यालयका १ सय ८१ बालबालिकालाई आईतबार पोशाक वितरण गरेको छ । संस्थागत सामाजि...

