करेन्ट लागेर एक जनाको मृत्यु

चितवन | जेठ ८, २०८०

करेन्ट लागेर एक जनाको मृत्यु सांकेतिक तस्वीर

चितवन:   भरतपुर २५ शुक्रनगरमा विद्युत् ट्रान्स मिटर परिवर्तन गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।


जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार आइतबार अपराह्न भरतपुर २५ शुक्रनगरमा विद्युत् ट्रान्स मिटर परिवर्तन गर्ने क्रममा  विद्युत् कर्मचारीलाई सहयोग गर्ने एक जना कामदारको करेन्ट लागेर मृत्यु भएको हो ।


प्रहरीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा प्रभात जल उपभोक्ता समिति, भरतपुर २५ शुक्रनगरमा काम गर्ने बाँके जानकी गाउँपालिका २ घर भएका वर्ष २० को देसराज कोरी रहेका छन् । करेन्ट लागि घाइते भएका कोरीको उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर ल्याइएको  र चिकित्सकीय परीक्षण पछि उनको मृत्यु भएको घोषणा गरिएको हो ।

म्याग्दी:  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन...

थप पढ्नुहोस्

गण्डकी:  मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डमा ठाउँपिच्छे परेका खाल्डाखुल्डीका कारण यातायात सञ्चालनमा जोखिम बढेको छ ।  पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु...

थप पढ्नुहोस्

काठमाडौं: सरकारले जेन–जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयमा आज बसेको बैठकले जेन(जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा...

थप पढ्नुहोस्