आज पहाडी क्षेत्रमा हल्का पानी पर्ने, भोलि र पर्सि तराईमा वर्षाको सम्भावना

काठमाडाैं | जेठ ८, २०८०

आज पहाडी क्षेत्रमा हल्का पानी पर्ने, भोलि र पर्सि तराईमा वर्षाको सम्भावना फाइल तस्बिर

काठमाडौं:  आज पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

 

मौसमविद् संजिव अधिकारीका अनुसार आज कोशी, बाग्मती र गण्डकी प्रदेशका केही पहाडी क्षेत्रमा दिउँसोपछि हल्का वर्षाको सम्भावना छ । काठमाण्डौमा दिउँसो फाट्टफुट्ट पानी पर्ने अनुमान छ । 

 

यस्तै तराईका जिल्लामा भने आज हावाहुरीमात्रै चल्ने छ । तर भोलि मङ्गलवार र पर्सि बिहीवार भने पहाडी जिल्लासहित तराईका एक र दुई ठाउँमा पनि पानी पर्ने मौसमविद् अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार प्रि–मनसुन सक्रिय हुँदैछ । भोलि पश्चिमी वायुको प्रभाव पनि थप पर्ने देखिएको छ । तराईका जिल्लामा लामो समयदेखि पानी परेको छैन । 

 

भोलि र पर्सि भने मौसम बदली भई एक र दुई ठाउँमा पानी पर्ने सम्भावना रहेकाले गर्मी कम हुने अनुमान छ ।

पोखरा— प्रविधिको क्षेत्रमा नयाँ आयाम थप्दै आएको ‘टेकपाइला इन्नेभोसन्सले गण्डकीमा तीन वटा पाठ्यक्रम सार्वजनिक गरेको छ ।   पोखरामा एक कार्यक्रमको आयोजना गर्दै ‘प्लस टु’का विद्यार्थ...

थप पढ्नुहोस्

पोखरा ।     हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रमबाट ५५ युनिट रगत संकलन भएको छ ।    संस्थाले आफ्नो स्थापना...

थप पढ्नुहोस्

पोखरा:  घुमघामको सिजनसँगै कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटकको चाप बढेको छ ।    अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुक गाउँमा पछिल्लो ४ दिनमा मात्रै करिब १० हजार भन्दा बढी पर्यटक ...

थप पढ्नुहोस्