घान्द्रुकमा लायन्सको क्याविनेट बैठक हुँदै
पाेखरा | जेठ १७, २०८०

पोखरा: लायन्स क्लब इन्टरनेशनल डिस्ट्रीक्ट ३२५ एम को आयोजना एवम् लायन्स क्लब अफ पोखरा लेकसाइडको आतिथ्यता एवम् संयोजनमा कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा यही जेठ २७ गते चौथो क्याविनेट बैठक हुने भएको छ ।
बैठकमा विभिन्न जिल्लाका १४० लायन्स क्लबका चार सय भन्दा बढी लायनहरू सहभागी हुने लायन्स क्लब अफ पोखरा लेकसाइडका अध्यक्ष लायन कृष्णकुमार श्रेष्ठले जानकारी दिए ।
सामाजिक सेवाका हरेक क्षेत्रमा कृयाशिल लायन्स क्लब इन्टरनेशनल डिस्ट्रीक्ट ३२५ एम अन्तर्गतका क्लबहरूले आआफ्नो स्थानमा विशिष्ट योगदान पु¥याउँदै आएको बताउँदै उनले यो बैठकबाट घान्द्रुकको पर्यटकीय विकासमा योगदान पुग्ने विश्वास लिइएको बताएका थिए ।
कार्यक्रम संयोजक लायन जगन्नाथ तिमल्सिना(जयराम) का अनुसार घान्द्रुकमा हुने बैठकको तयारी तीव्र पारिएको छ । गाउँ पर्यटनको समेत विकास गर्ने उद्देश्य अनुरुप शहरी क्षेत्र बाहिर कार्यक्रम आयोजना गरिएको उनले बताएका छन् ।
गुजुमुज्ज परेर पूर्वतर्फ फर्किएको ढुङ्गैढुङ्गाले छापिएको प्राचीन मौलिकतामा आधारित गुरुङ गाउँ हो घान्द्रुक । माछापुच्छ«े, अन्नपूर्ण लगायत हिमशृंखलाको एकसाथ दृश्यावलोकन गर्न पाइने यो गाउँ अन्नपूर्ण चक्रीय पदमार्ग, घोरेपानी, पुनहिल, अन्नपूर्ण आधार शिविर आदिको प्रवेशद्वार भएका कारण पनि चासो र चर्चा कमाएको छ । सन् १९५० मा मौरिस हर्जोगले अन्नपूर्ण हिमालको शिखर चुमेसँगै यो पर्यटकीय गन्तव्यका रुपमा स्थापित बनेको हो ।
कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्ने घान्द्रुक विशेषतः अन्नपूर्ण हिमाल तथा अन्नपूर्ण संरक्षण क्षेत्र घुम्न आउने स्वदेशी एवम् विदेशी पर्यटकको रोजाइमा पर्दछ । पदयात्रा पर्यटनको विशिष्ट गन्तव्य यस स्थलमा पर्यटकस्तरीय होटेल, होमस्टे आदि सञ्चालनमा आएका छन् ।
चार सय भन्दा बढी लायनहरूको उपस्थितिमा घान्द्रुकमा हुन लागेको बैठकले यस क्षेत्रको पर्यटनमा विशिष्ट योगदान पुग्ने विश्वास लिइएको छ ।
सुर्खेत: सुर्खेतमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । आज विहान वीरेन्द्रनगर–१३, करेखोलामा बस्दै आएका दानसिंह ठाडा मगरले दाउराको चिर्पटले हानेर श्रीमतीको हत्या गरेका हुन् । ४२ वर्षीय ठाडाले आ...
पोखरा: पोखरा महानगरपालिकिा वडा नं २५ मा रहेको गौरी शंकर माध्यमिक विद्यालयमा शनिबार वृक्षारोपण गरिएको छ । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ जे अन्तर्गत रहेको लायन्स क्लब अफ पोखरा हेमजा र...
गलकोट: सरकारले सय पर्यटकीय तथा धार्मिक क्षेत्रका रूपमा सूचीकृत बागलुङको कालभैरव मन्दिरमा गुठी व्यवस्थापन समिति सक्रिय भएपछि भौतिक पूर्वाधार निर्माणसँगै आम्दानीमा वृद्धि भएको छ । धार्मिक शिक्तपीठमध्येको एक ...