डी.पी.एल युथ टिम र डी.पी.एल टिन्स बोर्डको संयुक्त आयोजनामा पोखरामा नेतृत्व विकास तालिम सम्पन्न
पाेखरा | जेठ १७, २०८०

पोखरा: डी.पी.एल युथ टिम र डी.पी.एल टिन्स बोर्डको संयुक्त आयोजनामा पोखरामा नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।
गणतन्त्र दिवसको अवसर पारेर डी.पी.एल युथ टिम र डी.पी.एल टिन्सले ६५ जना भन्दा बढी सहभागीहरुलाई नेतृत्व विकास सम्बन्धि तालिम दिएको हो ।
प्रमुख अतिथि विश्व कला यात्री प्राज्ञ नगेन सिंह ठकुरीको उपस्थितिमा भएको उक्त कार्यक्रममा तालिममा सहभागि हुने सहभागिहरुलाई एउटा सफल नेतृत्वमा हुनुपर्ने असल गुणहरुको बारेमा साथै नेतृत्व तहमा हुनको लागि कुनैपनि राजनैतिक समुह हुनैपर्छ भन्ने नभई आफ्नै साथीभाईहरुको समुहमा, परिवार ,समुदाय र आफु पढ्दै गरेको कक्षामा समेत नेतृत्व गरी आफ्नो विकास गर्न सक्ने महत्वपूर्ण विषयमा तालिम दिइएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित प्राज्ञ सिंहले नेतृत्व गर्ने जुनसुकै व्यक्ति भएपनि उहाँहरुमा शालिनता, सबैलाई समेट्न सक्ने, जस्तोसुकै परिस्थितिलाई सम्हाल्न सक्ने र क्षमतावान हुन जरुरी भएको बताएका थिए ।
उनले विशेषगरी युवाहरुलाई लक्षित गरी डी.पी.एल युथ टिम र डी.पी.एल टिन्स बोर्डले संयुक्त रुपमा आयोजना गरेको यस कार्यक्रम उत्कृष्ट र अहिलेको समयमा निकै महत्वपूर्ण भएको समेत बताए । सो कार्यक्रममा प्रशिक्षक दिपक न्यौपानेले भाषण र भाषण कलाको बारेमा तालिम दिएका थिए ।
अर्का प्रशिक्षक रोशनी के.सी.र मनिषा तिमिल्सिनाले कुशल नेतृत्वको बारेमा तालिम दिनुभएको थियो भने प्रशिक्षक स्वस्तिका बरालले समय व्यवस्थापन र आयुष बटाजुले एउटा सफल समुहमा हुनुपर्ने गुणहरुको बारेमा तालिममा सहभागिहरुलाई तालिम दिए ।
यस कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न अमेरिकन कर्नर पोखरा र पोखरा सार्वजनिक पुस्तकालयले सहयोग गरेको थियो ।
काठमाडौं: नेपाली सेनाले जेनजी नेतृत्वको आन्दोलनका क्रममा लुटिएका वा फेला परेका हातहतियार, गोलीगठ्ठा एवम् अन्य सुरक्षा सामग्री नजिकैको सुरक्षा निकाय वा सुरक्षाकर्मीलाई बुझाउन आग्रह गरेको छ । जनसम्पर्क ...
काठमाडौं: नेपाली सेनाले विद्यमान परिस्थितिलाई ध्यानमा राख्दै मुलुकभर आज बेलुकी ५ बजे सम्म निषेधाज्ञा निरन्तर रहने र तत्पश्चात् भोलि भदौ २६ गते बिहान ६ बजे सम्म कर्फ्यू आदेश जारी हुने जनाएको छ । सेना...
काठमाडौं: नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले धैर्य, संयमित बनेर हामी फेरि उठ्ने बताएका छन्। बुधबार बिहान नेत्रलाल अभागीको कविता सामाजिक सञ्जाल फेसबुकमा साभार गर्दै उनले यस्तो बनाएका हुन्। उनल...