गर्मीले गर्दा झापाको दमक र कचनकवलका विद्यालय बन्द

झापा | जेठ १८, २०८०

गर्मीले गर्दा झापाको दमक र कचनकवलका विद्यालय बन्द

दमक:  केही दिनयता अधिक गर्मी बढेपछि झापाको दमकस्थित सामुदायिक तथा निजी विद्यालयहरू २ दिन सार्वजनिक बिदा दिइएको छ । 

 

दमक नगरपालिकाले विद्यालयहरूलाई परिपत्र गर्दै बिहीबार र शुक्रवार सार्वजनिक बिदा दिन निर्देशन गरेको हो ।

 

शैक्षिक सत्र २०८० को बर्से बिदाबाट काटिने गरी बिदा दिइएको दमक नगरपालिका शिक्षा अधिकृत प्रवीण खड्काले बताउनु भयो । गर्मीका कारण बिद्यार्थीहरुलाई समस्या आउन सक्ने भएकाले बिदा दिइएको हो, खड्काले भन्नुभयो । 

 

यसै गरी झापाको कचनकवल गाउँपालिकाले बिहीबार देखि २२ गतेसम्म पाँच दिनका लागि विद्यालय बन्द गरिएको हो  ।

 

कचनकवल गाउँपालिकाले सामुदायिक बिद्यालयहरुमात्र बन्दको सूचना निकालेको छ ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्