सीमा समस्यालाई वार्ता र संवादबाट टुङ्ग्याइने
काठमाडाैं | जेठ १८, २०८०
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सीमा समस्यालाई वार्ता र संवादबाट टुङ्ग्याउने बताएका छन् ।
हैदराबाद हाउसमा भएको संयुुक्त पत्रकार सम्मेलनमा दुवै प्रधानमन्त्रीले सीमा समस्यालाई वार्ता र संवादका माध्यमबाट समाधान गर्ने बताएका हुन् । ‘नेपाल र भारतको सम्बन्धलाई हिमालयको जत्तिकै उचाइ दिने काम गरिरहेका छौँ, हामीबीच भएका बाउन्ड्रीका विषय समाधान गर्नेछौँ ’ मोदीले भन्नुभयो ।
यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भन्नुभयो, ‘प्रधानमन्त्री मोदी र मैले सीमाका विषयमा कुराकानी गर्यौँ, मैले द्विपक्षीय कुटनीतिक माध्यमबाट समस्याका विषयहरुको नतिजा निस्कने गरी काम गर्न आग्रह गरेको छु ।’
पोखरा: कास्की प्रहरीले पोखरा १७ ड्यामसाइडबाट ११ जनालाई जुवाखालबाट पक्राउ गरेको छ । जुवा खेल्ने र खेलाउने गरी ११ जनालाई नगद ३ लाख ४६ हजार ९ सय ६५ रुपैयाँसहित शनिबार पक्राउ ...
पाल्पामा भएको टिप्पर दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । शनिबार राति पाल्पाको माथागढी–७, रहबासमा लु २ ख ४५२५ नम्बरको टिप्पर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । &nbs...
मध्यपूर्वमा तीन हप्तादेखि बढ्दो युद्धको बिचमा, इरानले आफ्नो आक्रमणलाई विश्वव्यापी पर्यटन र मनोरञ्जन स्थलमा फैलाउने धम्की दिएको छ । त्यसैबिच, अमेरिकाले यस क्षेत्रमा थप युद्धपोत र सैनिक पठाउने घोषणा गरेको छ । &nbs...

