वर्ल्ड मुआथाईको नेपाल प्रतिनिधि बने खगेन्द्र
पाेखरा | जेठ २८, २०८०
पोखरा: मुआथाई खेलको अन्तर्राष्ट्रिय छाता संस्था वर्ल्ड मुआथाईको नेपाल प्रतिनिधिमा खगेन्द्र क्षेत्री मनोनयन भएका छन् ।
वर्ल्ड मुआथाईले क्षेत्रीलाई नेपालमा मुआथाई खेलको विकास एवं प्रवर्द्धन गर्न जिम्मेवारी दिंदै नेपालको प्रतिनिधि समेत तोकेको हो । प्रदेश खेलकुद परिषद गण्डकीका वोर्ड सदस्यसमेत रहेका क्षेत्री लामो समय देखि मुआथाई खेलको विकासमा कार्यरत छन् ।
खेलाडी हुँदै प्रशिक्षकसमेत बन्न सफल रहेका क्षेत्री वर्ल्ड मुआथाईले नेपालमा आयोजना हुने मुआथाई खेलका गतिविधि बारे जानकारी राख्न र अवलोकन गर्न समेत अनुमती प्रदान गरेको छ । नेपाली खेलाडीहरु अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि हुन जाँदासमेत अब क्षेत्रीले प्रमाणिकरणसमेत गर्नुपर्ने गरी वर्ल्ड मुआथाई तोकेको छ ।
आफूलाई दिएको जिम्मेवारीका लागि आभार व्यक्त गर्दै क्षेत्रीले नेपालमा प्रोफेशनल मार्शल आर्ट खेललाई विकास तथा विस्तारका लागि योजनावद्ध रुपमा अघि बढ्ने बताए । उनले भने–“मलाई जुन जिम्मेवारी दिएको छ त्यसलाई सतप्रतिशत रुपमा अघि बढाउने छु भने विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्ने मेरो मुख्य ध्येय हुनेछ ।”
स्मरणिय के छ भने क्षेत्रीले आफ्नै पहल तथा निजि खर्चमा हालै पोखरामा विद्यार्थी लक्षित ४५ दिने मुआथाई समर क्याम्प सञ्चालन गरेका थिए । जसमा १ सय भन्दा वढि विभिन्न उमेर समुहका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
हिन्दु र बौद्ध धर्मको समिश्रण रहेको मार्शल आर्ट खेल मुआथाई विश्वमा नै सर्वाधिक लोकप्रिय र धेरै राष्ट्रमा खेलिने खेलको रुपमा रहेको छ । तर नेपालमा भने आपसी विबाद र खेलकुदमा गरिने राजनितिक प्रभावले यो खेल समेत त्यही भूमरीमा गाँजिन पुगेको छ ।
विश्वमा मुआथाईको एउटै खेल महासंघ भए पनि नेपालमा कुर्सीको लुछाचुँडीले ‘मुआथाई’ ‘मोआथाई’ र ‘मोवाथाई’ नाममा छुट्टा छुट्टै संघहरु गठन छन् । तर उनीहरुको खेलको प्रकिति, नियम, उद्गमस्थल भने एउटै हो ।
पोखरा २७ मा सञ्चालित त्रिवेणी इन्टरनेशनल कलेजले आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ युनिट संकलन भएको छ । कार्यक्रममा पोखरा महानगरपालिका २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले पहिलो रक्तदाता पोखर...
लेखनाथ: एनआइएमबी बैंकले पोखरा महानगरपालिका २६ स्थित सिर्जना बहिरा आवासिय माध्यामिक विद्यालयका १ सय ८१ बालबालिकालाई आईतबार पोशाक वितरण गरेको छ । संस्थागत सामाजि...
पोखरा: आन्तरिक पर्यटन प्रबद्र्धनको मुख्य उद्धेश्य बोकेर यसपटकको जाउँ है पोखरा अभियान पूर्वी नेपालका विभिन्न शहरबाट सुरु हुँदैछ । यही चैत ९ देखि १३ गतेसम्म संचालन हुने अभियान अन्तर्गत वीरगंज, वि...

