अमरसिंह चोकमा ‘हट एण्ड स्पाइसी’को नयाँ शाखा

कास्की | असार १, २०७९

अमरसिंह चोकमा ‘हट एण्ड स्पाइसी’को नयाँ शाखा


कास्की:   ‘स्वाद र स्वास्थ्य’ नारासहित सेवा प्रदान गर्दै आएको हट एण्ड स्पाइसीले आफ्नो नयाँ शाखा अमरसिंहमा विस्तार गरेको छ । पोखरा महानरपालिका १० अमरसिंहचोकस्थित मेगा बैंकसँगै हट एण्ड स्पाइसीले मायाज कस्टम केकसहित रेष्टुरेण्ट आज (बुधाबार) देखि सञ्चालनमा ल्याएको हो ।

 

उक्त रेष्टुरेण्टको उद्घाटन नवनिर्वाचित पोखरा १० का वडाध्यक्ष राजेश गुरुङले गरे । सो अवसरमा बोल्दै गुरुङले सफलताको शुभकामना व्यक्त गरे ।

 

विभिन्न ठाउँमा शाखाहरु विस्तार गर्नु आफैमा प्ररणादायी कार्य रहेको वडाध्यक्ष गुरुङले धारणा राखे । ‘यो त उदाहारणीय काम हो । सरकारले गर्न नसकेको काम तपाइहरुले गर्नुभएको छ, उनले भने, ‘२ सय भन्दा बढि कर्मचारीलाई रोजगार दिनुभएको छ । यतिमात्र नभई प्रशिक्षणको व्यवस्था पनि रहेछ जसले आत्मनिर्भर बन्न सघाउ पुग्छ ।’

 

वडाध्यक्ष गुरुङले युवाहरुलाई दक्ष र आत्मनिर्भर बनाउने काममा हट एण्ड स्पाइसीले योगदान दिएको भन्दै प्रशंसा गरेका थिए ।

 

हट एण्ड स्पाइसीले आफ्नो शाखाहरुलाई वर्गीकरण गरेको बताउदै  पोखरामा ४ वटा क वर्गका शाखा रहेको सञ्चालक ज्ञान गुरुङले बताए ।

 

उनका अनुसार सेवाकेन्द्र क वर्गका शाखाहरु सहित पोखरामा एक दर्जन शाखाहरु रहेका छन् ।  उनले पोखराको बगर, नदीपुर, ड्यामसाइड, अमरसिंह लगायतको स्थानबाट सेवा प्रदान गर्दै आएको बताउदै भने, ‘हामीले अनलाइनमार्फत पनि खाजाका परिकारहरु डेलिभरी गर्छाै । बगको क्षेत्रबाट आयो भने बगरबाट सप्लाई हुन्छ । यस्तै जुन ठाउँबाट नजिक पर्छ  त्यही आसपासको शाखाबाट खाजा उपलब्ध गर्दै आएका छौं ।’

 

 

उनले अमरसिंह क्षेत्रको ग्राहकलाई मध्यनगर गर्दै नयाँ शाखा सञ्चालनमा ल्याएको बताए । उनका अनुसार स्पाइसीले सन् २०१२ देखि सेवा सञ्चालन गरेको थियो ।

 

एक दशकसम्म सेवा प्रवाह गरेको यस रेष्टुरेण्टको शाखा गण्डकी प्रदेशका अधिकांश जिल्लाहरुमा विस्तार भैसकेको व्यवस्थापक सन्देश गुरुङले जानकारी दिए  । उनका अनुसार सो कम्पनीमा करिब २ सय बढि कर्मचारी रहेका छन् । 

 

पाइदैन धुम्रपान र मध्यपानजन्य पदार्थ 

स्वाद र स्वास्थ्य’ भन्ने नारासहित सञ्चालनमा रहेको हट एण्ड स्पाइसी रेटुरेष्टमा मध्यपान जन्य र धुम्रपानजन्य पदार्थको विक्रि नगरिने सञ्चालक ज्ञान गुरुङले बताए ।

 

उनले ग्राहकको स्वास्थ्यलाई मध्यनजर गरि मध्यपान र धुम्रपान विक्रिमा प्रतिबन्ध लगाएको प्रष्ट पारे । ‘हाम्रो लक्ष्य नै स्वाद र स्वास्थ्य हो । उनले भने, ‘त्यसैले ग्राहकको स्वास्थ्यलाई ख्याल गर्दै हानिकार चिजबस्तुहरु विक्रि गर्दैनौं । मध्यपान र धुम्रपानको सेवाबाट हामी विल्कुल टाढा छौं ।’

 

उनले हट एण्ड स्पाइसीमा स्वास्थ्यबर्दक खाजाहरु प्रदान गर्दै आएकै कारण फरक पहिचान बनेको धारणा राखेका थिए । 


 
 

पोखरा:   स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा आयोजित बृहत् स्वास्थ्य शिविरबाट ६३१ जना स्थानीय बासिन्दा लाभान्वित भएका छन्।  खुमा अर्याल फाउन्डेसन र अर्जुनचौपारी गाउँपालिकाको संयुक्त आयोजना तथा गण्डक...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधिसभाको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री कार्कीले इलाम क्षेत्र नं २ का निवर्तमान सांसद सुहाङ न...

थप पढ्नुहोस्

पोखरा:  जनप्रिय बहुमुखी क्याम्पसका नवनिर्वाचित अध्यक्ष राजेन्द्र पहारीले क्याम्पसको ऐतिहासिक गरिमालाई कायम राख्दै शैक्षिक गुणस्तरमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  आइतबार क्याम्पस परिस...

थप पढ्नुहोस्