प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सर्वसम्मतले अनुमोदित

काठमाडाैं | असार १, २०८०

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सर्वसम्मतले अनुमोदित

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की अनुमोदित भएका छन्।

 

शुक्रबार संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा कार्कीको नाम सर्वसम्मतले अनुमोदन गरेको हो। कार्की वैशाख २५ गते प्रधानन्यायाधीश सिफारिस भएका थिए।

 

त्यतिबेला संसदीय समिति गठन नै नभएका कारण बिहीबारदेखि मात्रै उनको सुनुवाइ सुरू भएको थियो। बिहीबार उनले आफ्नो वार्षिक कार्ययोजना र योग्यता प्रस्तुत गरेका थिए।

 

उनले न्यायिक क्षेत्रको विचलन ६० प्रतिशत रोक्न सफल भएको बताएका थिए। आफूले गोला प्रथा लागू गरेपछि  न्यायिक विचलन कम हुँदै गएको र  स्वच्छता  गर्ने दिशामा अगाडि बढेको दाबी गरेका थिए। 

 

सुनुवाइको दोस्रो दिन आज उनीविरूद्ध दर्ता भएका २९ वटा उजुरीबारे समितिका सदस्यहरूले प्रश्न गरेका थिए। जवाफमा कार्कीले आफूमाथि परेका उजुरी प्रमाणीत भए ठाउँको ठाउँ राजीनामा दिने बताए।

 

प्रश्नोत्तरपछि उनलाई सर्वसम्मतीले प्रधानन्यायाधीशमा अनुमोदन गरेको हो। प्रधान्यायाधीशमा कार्कीको नाम संसदीय सुनवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ।

काठमाडौं:  तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्र...

थप पढ्नुहोस्

–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की   नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...

थप पढ्नुहोस्

काठमाडौं:  आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

थप पढ्नुहोस्