कर्णाली नदीमा जीप खस्यो, चालकको मृत्यु

हुम्ला | असार ४, २०८०

कर्णाली नदीमा जीप खस्यो, चालकको मृत्यु सांकेतिक तस्वीर

हुम्ला:     सिमकोटबाट हिल्सातर्फ जाँदै गरेको बोलेरो जीप कर्णाली नदीमा खस्दा चालकको मृत्यु भएको छ । चट्टानी भीरको उकालो सडकमा जीप अगाडी बढ्न नसकेर ब्याक भएपछि नदीमा खसेको हो । 


प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले सोमबार बिहान साढे सात बजे च्याछरामा बोलेरो जीप दुर्घटना हुँदा शान्तिपुर–२ धनुसा जनकपुरका चालक ३० वर्षका चालक राजेश हेन्जन तामाङ घटना स्थलमै मृत्यु भएको बताए। कर्णाली प्रदेश ३०१०२२ च ५१२६ नम्बरको जिप खसेको हो । 


नदीमा खस्दै गरेको जिपबाट चालकले हाम फालेको भए पनि जीपले लछारेर लगेपछि सख्त घाइते भएको अवस्थामा प्रहरीले भेटाएको भए पनि पछि मृत्यु भएको उनले बताए । चालकलाई प्रहरी उपचारका लागि जिल्ला अस्पतालतर्फ ल्याउने तयारी गरी रहेको अवस्थामा मृत्यु भएको हो । 


नदीमा खसेको जीपको पाङ्ग्रा मात्र नदी बाहिर देखिएको छ । उकालो भीरमा गाडी चढ्न नसक्ने भन्दा चालक तामाङले बाह्र जना यात्रुलाई झारेर आफुले गाडी चलाउनु भएको थियो । यसबाट मृतक चालकले ठुलो मानवीय क्षती हुनबाट भने जोगाएको उनले बताए । 

चितवन:  नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत तुईन खोलामा पहिरोमा फसेका यात्रुहलाई लक्षित गर्दै निःशुल्क बस सेवा थालिएको छ । नेपाल प्रहरीले विगत दुई दिनदेखि पहिरोबाट रोकिएका यात्रुहलाई लक्षित गर्द...

थप पढ्नुहोस्

पोखरा:  जेन–जी आन्दोलनमा आगलागीबाट क्षति भएका कास्कीका विभिन्न पाँच स्थानमा युनाइटेड क्लबले कम्प्युटर तथा प्रिन्टर प्रदान गरेको छ ।  जनता संग प्रत्यक्ष सरोकार राख्ने जिल्ला प्रशासन कार्यालय कास्क...

थप पढ्नुहोस्

पोखरा: हेमजा साहित्य प्रतिष्ठान नेपालद्वारा सञ्चालित राधा–लक्ष्मी पुरस्कार यस वर्ष पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण मन्दिर शान्ति आश्रमलाई प्रदान गरिएको छ ।      समाजि...

थप पढ्नुहोस्