पोखराका २१ वाङ्मयिक संस्थाले विश्व संगीत दिवसमा सांगीतिक कार्यक्रम गर्ने
पाेखरा | असार ५, २०८०
पोखरा: पोखराका २१ वाङ्मयिक संस्थाले विश्व संगीत दिवसका अवसरमा सांगीतिक कार्यक्रम गर्ने भएका छन् । सप्तरंगी सांस्कृतिक प्रतिष्ठान पोखराको मुख्य आयोजना र अन्य २० वाङ्मयिक संस्थाको सहआयोजनामा उक्त कार्यक्रम हुन लागेको हो ।
पोखरा उद्योग बाणिज्य संघको सभाहलमा असार ६ गते दिउँसो ३ बजे हुने कार्यक्रममा लोकदोहोरी, मौलिक गीत, शास्त्रीय संगीत, लोक नृत्य, लाइभ ब्याण्ड सहित १५ देखि १७ वटा प्रस्तुति रहने विश्व संगीत दिवस २०८० का कार्यक्रम संयोजक नवराज बरालले जानकारी गराए । उनका अनुसार एकल रुपमा संगीत दिवस मनाउँदा प्रभावकारिता नदेखिने भएकाले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा प्रवेश निशुल्क रहेको उनले उल्लेख गरेका छन् ।
गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजित कार्यक्रममा पोखरेली युवा सांस्कृतिक परिवार, हिमाली सांस्कृतिक परिवार, अलिमियाँ लोक वाङ्मय प्रतिष्ठान, पोखरा साङ्गातिक कलाकार संघ, बालन एवम् कला सांस्कृतिक प्रतिष्ठान, राष्ट्रिय लोक तथा भजन चुड्का संरक्षण प्रतिष्ठान, भक्ति संगीत प्रतिष्ठान, विश्व हिन्दु महासंघ सांस्कृतिक समूह, लोक नृत्य कलाकार संघ, संगीत प्रशिक्षण केन्द्र, जोजिजू म्युजिक सेन्टर एण्ड म्युजिक स्कुल, त्रिवेणी संगीतालय, जे।ई। म्यूजिक एकेडेमी, कर्णप्रिय संगीतालय, हार्मोनी समूह, तरेली सांस्कृतिक परिवार, गीतकार प्रतिष्ठान नेपाल, झलकमान गन्धर्व सारङ्गी पाठशाला, धनबहादुर स्मृति प्रतिष्ठान, पोखरा भजन चुड्का संरक्षण प्रतिष्ठान लगायतका संस्थाहरु सह—आयोजकमा रहेका छन् ।
२०६० साल देखि पोखरामा रहेका वाङ्मयिक संस्थाहरुले विश्व संगीत दिवसको अवसरमा सांगीतिक कार्यक्रम गर्दै आएका छन् । विश्व संगीत दिवसको थालनी इ।सं। १९८४ सालदेखि फ्रान्सबाट भएको हो ।
पाेखरा : नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेकाे विरुद्धमा पोखरामा एमालेको विरोध प्रदर्शन गरेको छ । तस्बिरहरू:- ...
स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ। स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...
गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ । जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

