विन्दवासिनी दोहोरीले अन्तरदोहोरी साँझ प्रतियोगिता गर्ने
पाेखरा | असार ६, २०८०
पोखरा: पोखराको चिप्लेढुंगामा सञ्चालनमा आएको विन्दवासिनी दोहोरी साँझले अन्तर दोहोरी साँझ स्तरीय दोहोरी गीत प्रतियोगिता गर्ने भएको छ ।
दोहोरी साँझको शुभारम्भ विशेष साँगीतिक कार्यक्रम अन्तर्गत यही असार २२ देखि २६ गतेसम्म प्रतियोगिता गर्न लागेको साँझको सञ्चालक विरेन्द्र केसीले जानकारी दिए ।
प्रतियोगितामा पोखरामा सञ्चालित दोहोरी साँझहरुले भाग लिन पाउनेछन् । दोहोरी प्रतियोगितामा प्रथम हुने समूहले ३० हजार, द्धितीय समूहले २० हजार, तृतीय हुने समूहले १० हजार र सान्त्वना हुने समूहले ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । दोहोरी प्रतियोगितामा भाग लिने समूहले असार २० गतेसम्म टिम दर्ता गराइसक्नुपर्नेछ । दोहोरी सञ्चालक विरेन्द्र केसीका अनुसार प्रतियोगिता दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म चल्नेछ भने ७ बजेदेखि १ बजेसम्म शुभारभ विशेष साँगीतिक कार्यक्रम रहनेछ ।
साँगीतिक कार्यक्रममा चर्चित कलाकारहरुको विशेष प्रस्तुति रहने केसीले बताए । शुभारम्भ कार्यक्रमको अवधिमा विशेष छुटको पनि व्यवस्था गरिएको उनले सुनाए ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

