सुक्खा पहिरोका कारण नारायणगढ - मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन | असार ६, २०८०

सुक्खा पहिरोका कारण नारायणगढ - मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन:  सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । 

 

चितवनको इच्छाकामना गाउँपालिका–६ टोपो खोला नजिक सुक्खा पहिरो खसेपछि आज बिहान साढे २ बजेदेखि सडक अवरुद्ध भएको हो ।

 

सडक अवरुद्ध भएपछि सवारी साधनहरु र तिनमा सवार यात्रु बीच बाटोमै अलपत्र परेका छन् ।

 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो हटाउने काम जारी छ । डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी एवम् इन्जिनियर शिव खनालका अनुसार टोपो खोला नजिक पुल बनाउनका लागि खनिएको ठाउँबाट पहिरो खसेको हो ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्