रातिदेखि बन्द मुग्लिन–नारायणगढ सडक खुल्यो

काठमाडाैं | असार १८, २०८०

रातिदेखि बन्द मुग्लिन–नारायणगढ सडक खुल्यो फाइल तस्बिर

काठमाण्डाै: गएराति दुई बजेदेखि बन्द भएको मुग्लिन–नारायणगढ सडक खण्ड खुलेको छ । सडक बिहान सवा सात बजेदेखि खुलेको हो ।

 

पहिरोसँगै खसेको ढुंगाले लागेर सडक छेउमा पल्टिएको ट्रक हटाएपछि बाटो खुलेको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार दुईतर्फी नै सडक खुलाइएको छ  तर, फेरि पनि पहिरोको जोखिम उच्च नै रहेकाले यात्रा गर्दा सावधानी अपनाउन कार्यालयको आग्रह छ । यो सडक खण्ड बिहीवार देखि पटकपटक बन्द हुँदै र खुल्दै आएको छ ।

 

हिजो दिनभर बन्द भएर बेलुकीदेखि खुले पनि तुइनखोला नजिकै पहिलेकै ठाउँमा फेरि पहिरो खसेर सडक अवरुद्ध भएको थियोे । दैनिक औसतमा १० हजार गाडी आउजाउ गर्ने यो सडक खण्डमा गएको बिहीवारदेखि पटक पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।

 

सडकमाथिको पहाड पूरै खस्ने जोखिम रहेकाले यात्रा असुरक्षित छ । 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्