'मर्निङ वाकु' मा निस्किने महिलालाई पछ्याएर सुनको सिक्री लुट्ने गिरोह पक्राउ
काठमाडाैं | असार २४, २०८०
काठमाण्डौ: काठमाण्डौमा महिलाहरूको सुनको सिक्री लुट्ने गिरोह पक्राउ परेको छ ।
ुमर्निङ वाकु मा निस्किने महिलाहरूलाई सुनियोजित ढङ्गले पछ्याएर सिक्री लुट्ने पाँच जनाको गिरोहलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । उनीहरूले २० दिनमा आठ जना महिलाको सिक्री लुटेका कार्यालयका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक मनोजकुमार केसीले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा लुटपाटका मुख्य योजनाकार काभ्रेको पाँचखाल नगरपालिका–७ घर भएका उमेश क्षेत्री, चोरी गर्ने रामेछापको लिखु गाउँपालिका–१ का रवीन दमाई, सुनसरीको धरानका रवि विक, धनकुटाका राहुल माझी र चोरीको सुन खरिद गर्ने भारतको पश्चिम बङ्गालका श्रीकान्त मैती रहेका छन् । उनीहरूले चोरीको मोटरसाइकल प्रयोग गरेर मर्निङ वाकु मा हिँडिरहेका महिलाहरूको सिक्री लुट्दै आएका थिए ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

