मनाङ हेलिकप्टर अपडेट: ५ जनाको शव भेटियो
सोलुखुम्बु | असार २६, २०८०
सांकेतिक तस्बिर
सोलुखुम्बु: मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लाम्जुरा डाँडामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।
दुर्घटनास्थलमा पुगेका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतका अनुसार अहिले पाँच जनाको शव भेटिएको छ भने एक जनाको खोजी कार्य जारी छ ।
उनीहरुको पहिचान भने हुन नसकेको बस्नेतले बताए ।
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकप्टर सोलुखुम्बुको लाम्जुरा डाँडामा दुर्घटनाग्रस्त भएको सम्पर्कविहीन भएको थियो ।
सो हेलिकप्टरमा क्याप्टेन सिबी गुरुङ र पाँच मेक्सिकन नागरिक सवार थिए ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

