डोटीको मौवामा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गयो
डोटी | असार २८, २०८०
डोटी: डोटीको आदर्श गाउँपालिका वडा नम्बर २ मौवामा हिजो बेलुका जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ र तीन जना घाइते भएका छन् ।
बा १ झ ९४३४ नम्बरको जीप दुर्घटना हुँदा आदर्श(१ स्याउलेकी ६५ वर्षीया हीरा खड्काको ज्यान गएको हो । आदर्श गाउँपालिकाबाट सायल गाउँपालिकाका लागि छुटेको जीप अनियन्त्रित भइ कच्ची सडकबाट तल खसेको प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिनुभयो ।
घाइते हुनेमा वीरबहादुर खड्का, रविन्द्र सुनार र टेकबहादुर तिरुवा रहेका प्रहरीले जनाएको छ । घाइतेको अवस्था सामान्य रहेको बताइएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

