बर्दियाको बबई पुल नजिक ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
बर्दिया | असार २९, २०८०
बर्दिया: पूर्व पश्चिम राजमार्गमा पर्ने बर्दियाको बबई पुल नजिक गए राति ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा अर्का एक जना घाइते भएका छन् ।
प्र २–०३–००१ त ४८९ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा ठाकुरबाबा नगरपालिका–२ पेरहनीका २६ वर्षीय मनबहादुर थारुको ज्यान गएको र वडा नम्बर–१ भुरिगाउँका योगेश थारु घाइते भएका इलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ ।
घाइते योगेश थारुलाई थप उपचारका लागि नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुर लगिएको छ ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

