बुद्धभूमिको चिनारी: ‘बुद्ध सादर बन्दना’ सार्वजनिक (भिडियाे)
बुटवल | साउन ३, २०८०
काठमाडौं: बुद्ध र बुद्धभूमि नेपालको चिनारी संसारभर पुर्याउने उद्देश्य रहेकाे ‘बुद्ध सादर बन्दना’ म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
गायिका देविका बन्दनाको स्वरको उक्त गीतमा डा.दिनबन्धु शर्मा तथा गायिका बन्दनाको शब्द सृजना रहेको छ । यसमा गायिका बन्दना, विजेश तथा मनिषको संगीत रहेको छ भने राजन ईशानसंगीत संयोजक हुन् ।
गीतको म्युजिक भिडियोलाई गायिका देविका बन्दनाले नै निर्देशन गरेकी छिन् । लुम्बिनी क्षेत्रको परिचय खुल्ने गरी यो गीतको म्युजिक भिडियो छायाङ्कन गरिएको छ । यसका छायाँकार रामकुमार केसी हुन् भने प्रविण भट्टले सम्पादन तथा कलर ग्रेडिङ गरेका छन् । कोरियोग्राफर सन्तोष राजबाहक हुन् ।
पोखरा: प्रधानमन्त्री कप (पिएम कप) कास्की जिल्ला क्लबस्तरीय एक दिवसीय क्रिकेटमा शनिबार २ खेल सम्पन्न भएका छन् । पोखरा र लेखनाथस्थित क्रिकेट मैदानमा भएको खेलमा लेखनाथ र अरण्यज्योतिले आ–आफ्नो खेलमा जित हासिल गर...
बागलुङ: हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएको छ । लोकमार्गको बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमाना पातीहाल्नेमा हिमपात हुँदा अवरुद्ध भएको थियो । लोकमार्गमा बाक्ल...
पोखरा: पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सव उत्सव र पर्वकै रुपमा हेरिन थालिएको छ । आयोजक युनाईटेड क्लबले स्थापना कालदेखिनै हरेक पुषको अन्तिम साता देखि माघको पहिलो हप्ता सम्म पोखरा महोत्सवको आयोजना...

