आजदेखि महिला विश्वकप फुटबल, पहिलो दिन दुई खेल हुने

काठमाडाैं | साउन ४, २०८०

आजदेखि महिला विश्वकप फुटबल, पहिलो दिन दुई खेल हुने

काठमाडौं:  अहिलेसम्मकै सबैभन्दा ठूलो फिफा महिला विश्वकप फुटबल आजदेखि सुरु हुँदैछ ।

 

अस्ट्रेलिया र न्युजिल्याण्डले संयुक्त रुपमा आयोजना गरेको यस विश्वककमा अहिलेसम्मकै सबैभन्दा धेरै ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । महिला विश्वकपको यो नवौँ संस्करण हो ।

 

पहिलो पटक ३२ टिम सहभागी यस विश्वकप पहिलो पटक दुई देशले आयोजना गर्दैछन् ।

 

साविक विजेता समेत रहेको अमेरिका प्रतियोगिताको उपाधि दाबेदारको रुपमा छ र लगातार तीन पटक उपाधि जित्दै उपाधि संख्या ५ पुर्‍याउने योजनामा छ ।

 

अमेरिकाले सर्वाधिक चार पटक उपाधि जित्दा जर्मनीले दुई तथा नर्वे र जापानले समान एक पटक उपाधि जितेका छन् ।

 

पछिल्लो पटक २०११ मा एसियन राष्ट्र जापान च्याम्पियन बनेको थियो त्यसपछि २०१५ र २०२१ मा अमेरिकाले विश्वकप उपाधि जितेको थियो ।

 

पहिलो दिन दुई खेल महिला विश्वकपको पहिलो दिन दुई खेल हुँदैछन् ।

जसमा समुअ ए मा रहेको न्युजिल्याण्ड र नर्वेबीच उद्घाटन खेल हुनेछ ।

 

यस खेल अकल्याण्डस्थित एडेन पार्कमा नेपाली समयअ नुसार दिउँसो सवा १२ बजे सुरु हुनेछ ।

 

यस्तै अर्को खेल समूह बी मा आयोजक अस्ट्रेलिया र रिपब्लिक अफ आयरल्याण्डबीच हुनेछ ।

 

यो खेल सिड्नीस्थति स्टेडियम अस्ट्रेलियामा नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ ।

 

महिला विश्वकप अस्ट्रेलियाको ६ र न्युजिल्याण्डको ४ गरी कूल १० स्टेडियममा खेलाइनेछ । फाइनल खेल आगामी अगष्ट २० मा सिड्नीमा हुनेछ ।

पोखरा: कस्केली अधिकृत समाजको ११ औं साधारणसभा तथा आठौं अधिवेशन एक समारोहका बीच आज सम्पन्न भएको छ ।      कार्यक्रमको प्रदेश लोकसेवा आयोग गण्डकी प्रदेशका अध्यक्ष विष्णुप्रसाद नेपालले उद्घाटन गर्न...

थप पढ्नुहोस्

काठमाडौं:  राष्ट्रिय सभाका रिक्त १७ सिटकालागि भोलि निर्वाचन हुँदैछ । मतदान भोलि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित प्रदेशमा तोकिएको मतदान केन्द्रमा हुने निर्वाचन आयोगले जनाएको छ । १८ सिट रिक्...

थप पढ्नुहोस्

काठमाडौं: आईसीसीले टी–२० विश्वकप २०२६ बाट बंगलादेशलाई हटाउँदै स्कटल्याण्डलाई खेलाउने निर्णय गरेको छ।  बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले भारतमा खेल्न अस्वीकार गरेपछि आईसीसीले बंगलादेशलाई प्रति...

थप पढ्नुहोस्