जिसस पाल्पामा एमालेको प्यानल विजयी

पाल्पा | असार ३, २०७९

जिसस पाल्पामा एमालेको प्यानल विजयी

पाल्पा:   जिल्ला समन्वय समिति पाल्पाको प्रमुखसहित सबै पदमा नेकपा एमालेको प्यानल विजयी भएको छ । आज सम्पन्न निर्वाचनको मत परिणामका अनुसार गठबन्धन दलका उम्मेदवारलाई पछि पार्दै नेकपा एमालेका उम्मेदवारहरु विजयी भएका हुन् ।

 

मुख्य निर्वाचन अधिकृतको कार्यालय पाल्पाका अनुसार जिल्ला समन्वय समितिको प्रमुखमा ११ मत ल्याएर टङ्कनाथ खनाल विजयी भएका छन् ।  उनका प्रतिस्पर्धी गठबन्धन दलका साझा उम्मेदवार यमलाल तिमिल्सिनाले ९ मत ल्याएका थिए। यस्तै उप-प्रमुखमा एमालेकै काशिका गैरे (ज्ञवाली) निर्वाचित भएकी छन् ।

 

यस्तै सदस्यहरुमा बसन्ता ज्ञवाली, केशमाया सुनार, (दलित महिला दसस्य) विष्णुकुमारी कँडेल घिमिरे, केशबराज खराल, भविसरा (महिला सदस्य) सारु, रितमान श्रेष्ठ र प्रतापसिंह थापा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

निर्वाचित सबै पदाधिकारीले ११ मत ल्याएका छन् ।  यस्तै गठबन्धन दलको तर्फबाट उम्मेद्वारी दिएका उम्मेदवारहरुले ९ मत ल्याएका थिए ।

 

यसैबीच निर्वाचित प्रमुख उपप्रमुख तथा सदस्यहरुका लागि प्रमाण पत्र वितरण र पथ तथा गोपनियताको सपथ ग्रहण पनि आजै सम्पन्न गरेको मुख्य निर्वाचन अधिकृत खड्गबहादुर केसीले जानकारी दिए ।

काठमाडौंः   नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेक...

थप पढ्नुहोस्

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ ।        एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...

थप पढ्नुहोस्

पोखरा: ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा पुन: प्रदर्शन हुने भएको छ । नेपाली भाषामा...

थप पढ्नुहोस्