चितवनमा गैँडाकाे आक्रमणबाट ७६ वर्षीय वृद्धकाे ज्यान गयाे

चितवन | साउन ५, २०८०

चितवनमा गैँडाकाे आक्रमणबाट ७६ वर्षीय वृद्धकाे ज्यान गयाे

चितवन :  चितवनमा गैँडाको आक्रमणबाट एक वृद्धको ज्यान गएको छ । रत्ननगर नगरपालिका–६ का ७६ वर्षीय नवराज अधिकारीको गैँडाको आक्रमणबाट ज्यान गएको हो । 

 

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बिहीवार हिजो निहुरो टिप्न मध्यवर्ती सामुदायिक वन गएका अधिकारीलाई गैँडाले आक्रमण गरेको हो ।

 

बेलुकी घर नफर्किएपछि आफन्तले खोजी गर्ने क्रममा अधिकारीको शव आज बिहान बाघमारा माध्यवर्ती सामुदायिक वनमा भेटिएको हो। शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।  

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्