विराटनगर फर्कने क्रममा प्रेमी जोडीमाथि गोली प्रहार, युवकको अवस्था गम्भीर

धरान | साउन ५, २०८०

विराटनगर फर्कने क्रममा प्रेमी जोडीमाथि गोली प्रहार, युवकको अवस्था गम्भीर तस्बिर: रोहित राई

धरान:   कोशी राजमार्गकाे धरान इटहरी सडक खण्डमा पर्ने सेउती पुलमा मोटरसाइकलमा सवार युवायुवतीलाई लुटपाट गरी गोली प्रहार भएको छ।

 

हतियारी समूहले विराटनगर घर भएका २८ वर्षीय रोहित चौधरी र सुमना खत्रीलाई लुटपाट गरी गोली प्रहार गरेको हो।

 

गोली प्रहारबाट रोहित गम्भीर घाइते छन्। उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आकस्मिक कक्षमा उपचार भइरहेको छ। चिकित्सकहरुका अनुसार छातीमा गोली लागेका रोहितको अवस्था ज्यादै चिन्ताजनक छ।

 

रोहित र सुमना प्रेमी प्रेमिका भएको बताइएको छ। दुवै धनकुटा घुमेर मोटरसाइकलमा विराटनगर फर्कने क्रममा यो घटना भएको हो।

 

सुमनाका अनुसार सेउती पुल कटेपछि दक्षिणतर्फ मोटरसाइकल रोकेर पानी पिउँदै गरेका थिए। सोही बेला पैदल आएका ३ जनाको समूहले लुटपाट गरी गोली प्रहार गरेका हुन्। उनीहरुको साथबाट सुनको सिक्री, पर्स, मोबाइललगायत उक्त समूहले लुटेर लगेका छन्।

 

हतियारधारी समूहमा २ जनाको साथमा खुकुरी र एक जनाको साथमा पेस्तोल भएको पनि सुमनाले प्रहरीलाई प्रारम्भिक जानकारी दिएकी छिन्। घटना दिउँसो साढे ५ तिर भएको हो। सुमनाको अवस्था सामान्य भएपनि मानसिकरुपमा उनी विक्षिप्त छिन्। घाइते अवस्थामा रहेका रोहितलाई सुमनाले नै एम्बुलेन्स रोकेर उपचारको लागि वीपी प्रतिष्ठानमा ल्याएकी हुन्।

म्याग्दी:  म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीबजारसँग जोड्ने बेनी–दरवाङ सडक तीन दिनदेखि अवरुद्ध छ । बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिम...

थप पढ्नुहोस्

काठमाडौं:  बङ्गालको खाडीमा विकसित भएको चक्रवात “मोन्था” हाल भारतको छत्तिसगढ आसपासमा न्यूनचापीय क्षेत्रका रूपमा रही नेपालको मौसम प्रभावित भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले नेपालमा ...

थप पढ्नुहोस्

काठमाडौं:   आज हरिबोधिनी एकादशी । वैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको व्रत र पूजा गरी मनाउँदै छन् । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधिनी एकादशी...

थप पढ्नुहोस्