विराटनगर फर्कने क्रममा प्रेमी जोडीमाथि गोली प्रहार, युवकको अवस्था गम्भीर

धरान | साउन ५, २०८०

विराटनगर फर्कने क्रममा प्रेमी जोडीमाथि गोली प्रहार, युवकको अवस्था गम्भीर तस्बिर: रोहित राई

धरान:   कोशी राजमार्गकाे धरान इटहरी सडक खण्डमा पर्ने सेउती पुलमा मोटरसाइकलमा सवार युवायुवतीलाई लुटपाट गरी गोली प्रहार भएको छ।

 

हतियारी समूहले विराटनगर घर भएका २८ वर्षीय रोहित चौधरी र सुमना खत्रीलाई लुटपाट गरी गोली प्रहार गरेको हो।

 

गोली प्रहारबाट रोहित गम्भीर घाइते छन्। उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आकस्मिक कक्षमा उपचार भइरहेको छ। चिकित्सकहरुका अनुसार छातीमा गोली लागेका रोहितको अवस्था ज्यादै चिन्ताजनक छ।

 

रोहित र सुमना प्रेमी प्रेमिका भएको बताइएको छ। दुवै धनकुटा घुमेर मोटरसाइकलमा विराटनगर फर्कने क्रममा यो घटना भएको हो।

 

सुमनाका अनुसार सेउती पुल कटेपछि दक्षिणतर्फ मोटरसाइकल रोकेर पानी पिउँदै गरेका थिए। सोही बेला पैदल आएका ३ जनाको समूहले लुटपाट गरी गोली प्रहार गरेका हुन्। उनीहरुको साथबाट सुनको सिक्री, पर्स, मोबाइललगायत उक्त समूहले लुटेर लगेका छन्।

 

हतियारधारी समूहमा २ जनाको साथमा खुकुरी र एक जनाको साथमा पेस्तोल भएको पनि सुमनाले प्रहरीलाई प्रारम्भिक जानकारी दिएकी छिन्। घटना दिउँसो साढे ५ तिर भएको हो। सुमनाको अवस्था सामान्य भएपनि मानसिकरुपमा उनी विक्षिप्त छिन्। घाइते अवस्थामा रहेका रोहितलाई सुमनाले नै एम्बुलेन्स रोकेर उपचारको लागि वीपी प्रतिष्ठानमा ल्याएकी हुन्।

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्