कास्कीको निष्पक्ष माविलाई स्वीट्जरल्यान्डका दम्पत्तीको १५ लाख सहयोग
पाेखरा | साउन ६, २०८०
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका –५ रिभान स्थित निष्पक्ष माध्यमिक विद्यालयमा पहिरो रोकथामका लागि स्वीजरल्याण्डका नागरिकले १५ लाख आर्थिक सहयोग गरेका छन् ।
गत वर्ष अविरल वर्षाका कारण पहिरोले विद्यालय जोखिममा परेपछि स्वीजरल्याण्डका मार्टिन सिँगर र कुस्शी दम्पत्तीले उक्त रकम सहयोग गरेका हुन् ।
स्वीजरल्याण्डका व्यवसायी दम्पती गत वैशाखमा एरिकसँग विद्यालयमा जाँदा विद्यालयको खेल मैदानसम्म पहिराले लगेको प्रत्यक्ष देखेपछि उनीहरुमा सहयोगको भावना जागृत भएपछि सहयोग गर्ने प्रतिवद्धता अनुसार सहयोग गरेको विद्यालयका प्रधानाध्यापक दुर्गावहादुर रावतले जानकारी दिए ।
‘पहिरोले विद्यालय जोखिममा परेको देखेपछि उनीहरु विद्यार्थीका बारेमा चिन्तित भएका थिए, स्वीजरल्याण्ड फर्केर सहयोग गर्ने प्रतिवद्धता जनाएपनि हामीहरु विश्वस्त थिएनौं’, उनले भने, ‘ तर आज त्यो प्रतिवद्धता पूरा भएको छ, हामीले आशा गरेभन्दा पनि बढी रकम सहयोग पाउँदा खुशी भएका छौँ।”
पहिरो रोकथामका लागि गत वर्ष प्रदेश सरकार गाउँपालिकाबाट रु पाँच लाखका दरले बजेट विनियोजन भएर काम भए पनि अझै धेरै काम बाँकी छ । संरक्षणका कामका लागि रु ३५ लाख खर्च लाग्ने अनुमान गरिएपनि चालू वर्षमा भने प्रदेश र पालिकाबाट बजेट विनियोजन नभएको विद्यालयले जनाएको छ ।
स्वीजरल्याण्डका दुई नागरिकबाट सहयोग रकम प्राप्त भएपछि अब काम अगाडि बढाउने प्रधानाध्यापक रावतले बताए ।
गण्डकी: गत कात्तिकमा ३५ हजार ९५२ विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०भित्र पर्ने विभिन्न गन्तव्यस्थलको भ्रमण गरेका छन् । जुन गत वर्षको सोही अवधिको तुलनामा आठ प्रतिशतले बढी हो । विसं २...
पोखरा: पोखरामा १४ औं युरोपेली संघ चलचित्र महोत्सव मंसिर ६ र ७ गते हुने भएको छ। क्युएफएक्स ट्रेड मलमा हुने महोत्सवमा युरोपका विख्यात फिल्मकर्मी, बेलायतका बाफ्टा–मनोनित सर्जक तथा उदीयमान...
काठमाडौं: पाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा आएको मूल्यले उतारचढावको प्रभाव स्थानीय बजारमा पनि परेको हो । महासंघले बिहीबार सुनको मू...

