नेपाली युवतीलाई टिकटकमा ‘नेकेड डान्स’ गर्न लगाउने चाइनिज लेकसाइडबाट पक्राउ

पाेखरा | साउन ७, २०८०

नेपाली युवतीलाई टिकटकमा ‘नेकेड डान्स’ गर्न लगाउने चाइनिज लेकसाइडबाट पक्राउ

पाेखरा:    वडा प्रहरी कार्यालय बैदामले शनिबार राती लेकसाइडबाट एक चिनियाँ र एक नेपाली नागरिकलाई पक्राउ गरेको छ । 

 

उनीहरुले नेपाली युवतीलाई टिकटकमा लाइभ बसेर नाच्न लगाएको आरोपमा पक्राउ गरेको बैदाम प्रहरीले बताएको छ । मुख्यत: चिनियाँ नागरिकले युवतीहरुलाई टिकटक लाइभमा राख्ने र नाच्न लगाउने गर्दै आएका थिए । 
 

लाइभमा नाच्नेक्रममा चिनियाँले युवतीहरुलाई बिस्तारै नाँगिन लगाउथे । स्रोतका अनुसार करिब ८ जना युवती लाइभमा बस्ने र उनीहरुलाई चिनियाँहहरुले नै हेर्ने गर्दथे । त्यस्तै, चिनियाँले उसकै भाषामासमेत लाइभबारे बेलिबिस्तार लगाउँथे । 

 

यस विषयमा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी श्रवणकुमार बिकले ‘जानकारी नभएको’ बताएका छन् । यद्यपि, बैदाम प्रहरी प्रमुख वेद जोशीले भने यसको पुष्टि गरे ।

 

‘हामीले २ जनालाई पक्राउ गरेका छौं’ डिएसपी जोशीले भने ‘जसमध्ये एक चिनियाँ र अर्का नेपाली छन् ।’ टिकटक लाइभमा बस्ने ७ युवतीलाई भने आज प्रहरी कार्यालय बोलाइएको उनले जनाए । 
 

युवतिहरु माध्यममात्र भएको र उनीहरु टिकटक लाइभमा बस्दा के, कसरी कार्वाही प्रक्रिया अघि बढाउने भन्ने विषयमा छलफल गरिरहेको जोशी बताउँछन् । ‘युवतिहरुले सांस्कृतिक नृत्य देखाउने र भ्युअर्सकाआधारमा चिनियाँले पैसा दिने गरेको पाइएको छ’ जोशीले भने ।

 

यता, हाम्रो स्रोतका अनुसार युवतिहरुले नेपाली नृत्य नभई नग्न नृत्य देखाउने गरेका थिए । युवतीहरुले टिकटकमा पाएको गिफ्ट अनुसार चिनियाँले पैसा दिन्थे ।

 

त्यस्तै, प्रहरीले पैसा बरामद गरे/नगरेको प्रष्ट नपारेपनि करिब ९ लाख रुपैयाँसहित २ लाई पक्राउ गरिएको स्रोत बताउँछ । पक्राउ परेका नेपाली लेकसाइडमै होटल सञ्चालन गर्छन्, जहाँबाट टिकटक लाइभ हुने गरेको थियो । 

 

जानकारका अनुसार पोखरामा चिनियाँले नेपाली युवतीलाई टिकटकमा लाइभ बस्न लगाएर नाँच्न लगाउने गिरोह नै सक्रिय छ । यस्ता टिकटक लाइभका भ्युअर्स चिनियाँ नागरिक नै छन् । 
 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्