काठमाडौं:   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी अहिलेसम्म अस्पतालमा हिंसात्मक प्रदर्शनमा परी ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइतेहरूको उपचार भएको जनाएको छ ।  मन्त्रालयका सचिव डा. विकास देव...

काठमाडौं:     हेलो रोबोट ! तिम्रो नाम के हो ?            न्युटन स्कुलका रिपेक्स कार्कीले रोबोटको छेउमा पुगरे जिस्कँदै उसको नाम सोध्नुभयो । मानव आकृतिको रोबोटले आफ्नै परिचय दिँदै गयो । कार्कीले सुनेर रमाइलो मान्दै अरु थप जिज्ञासा राख्न थाल्नुभयो ।  यतिबेला बत्तिसपुतलीस्थित अनुपम फुड ल्याण्डमा भइरहेको ‘स्टार्टप एण्ड आइडिया फेस्ट–२०२४’ मा रोबोटसँग भलाकुसारी गर्न पाउँदा युवाहरूको आकर्षण बढेको छ ।       खासगरी विद्यार्थीहरूले रोबोटको रमाइलो खेलसँगै ज्ञान आर्जन गर्ने अवसर पाएका छन् । लिभिङ विथ आइसिटीले आयोजना गरेको फेस्टमा रोवटिक्स एकेडेमी अफ नेपालद्वारा निर्मित पाँच वटा रोबोट प्रदर्शनमा राखिएका छन् । भोटिङ सिस्टम रोबोट तीन वटा राखिएका छन् भने ‘इन्फ्रमेसन डिस्प्ले’ रोबोट, ‘टकिङ एसिस्टेन्स’ रोबोट छन् ।       सबैभन्दा आकर्षणको केन्द्र टकिङ एसिस्टेन्स रोबोट रहेको छ । जुन भाषामा जे प्रश्न सोध्यो उही उत्तर दिनसक्ने सफ्टवेयर जडान भएकाले यसलाई टकिङ एसिस्टेन्स रोबोट नामकरण गरिएको रोवटिक्स एकाडेमी अफ नेपालका रोवटिक्स इञ्जिनीयर अविरल भण्डारीले बताउनुभयो ।      करिब चार महिना लगाएर टकिङ एसिस्टेन्स रोबोट निर्माण गरिएको भण्डारीले जानकारी दिनुभयो । “पछिल्ल्लो समय मान्छे एक्लो भइरहेको छ । आइपरेका समस्यालाई सुल्झाउन साथी खोज्नुपर्ने झण्झट छँदैछ । व्यस्त समयमा मानिसले एकअर्कालाई समय दिन नपाउँदा मानिस एक्लो बन्दै गएको छ”, उहाँले भन्नुभयो ।       समयको सदुपयोगलाई ध्यानमा राखेर सहज रूपमा सहकार्य गर्ने र कुराकानी गर्ने रोबोट निर्माण गरिएको इञ्जिनीयर भण्डारीले सुनाउनुभयो । मानवीय एक्लोपन हटाउन यो रोबोटले धेरै हदसम्म सहयोग गर्ने उहाँको भनाइ छ ।  “टकिङ रोबोटमा जे प्रश्न जुन भाषामा सोध्यो त्यही उत्तर दिने सहजता छ । साथै यसमा कार्ड स्क्यानरदेखि किनमेलका सामग्रीको जानकारीसमेत पाउन सकिने प्रणाली जडान गरिएको छ”, उहाँले भन्नुभयो, “एउटै रोबोटले कुराकानी गर्ने, सूचना दिनेदेखि किनमेलमा सघाउँछ । यसले समयको पनि बचत गर्ने विश्वास लिएका छौँ ।”      रोबोट एकेडेमी अफ नेपालका एआई इञ्जिनीयर तेजस कट्वालले घरायसी प्रयोजन (हाउस होल्ड) का लागि बनाइएका रोबोट बढी लोकप्रिय हुँदै गएका बताउनुभयो ।  “खाना पकाउनेदेखि खुवाउनेसम्मका प्रक्रियामा रोबोट सहयोगी छन् । कोभिड महामारी जस्तो स्वास्थ्य सङ्कटका बेलामा रोबोटलाई ज्वरो मापन गर्ने यन्त्रका रूपमा प्रयोगमा ल्याउँदा सहज भएको थियो”, उहाँले भन्नुभयो । एकाडेमी स्वास्थ्यमा सेवा पुर्‍याउने किसिमका नर्स रोबोट बनाउने योजनामा रहेको उहाँले जानकारी दिनुभयो ।        कक्षा ८ का विद्यार्थी निसान थापामगर रोबोट मेसिनले मानवीय जीवनमा पु¥याउने सहजता देखेर उत्साहित देखिनुहुन्थ्यो । भविष्यमा इञ्जिनीयर बन्ने सपना बोक्नुभएका उहाँले रोबोट निर्माण गर्न आइटी ज्ञान प्रशस्त हुनुपर्ने जानकारी लिनुभएको थियो ।       कार्यक्रममा रोबोट मात्रै नभई मानवीय जीवन व्यवस्थित बनाउने खालका थुप्रै सिर्जनात्मक सीपमूलक उत्पादन प्रदर्शन गरिएका छन् । धुम्रबराह माध्यमिक विद्यालयकी कक्षा ९ की विद्यार्थी निरुता मगरले वातावरण प्रदूषण न्यूनीकरण गर्न बायोग्यास उत्पादन गर्ने तरिका नमुनाका रूपमा प्रस्तुत गर्नुभएको छ । “बायोग्यासले पारिस्थितिक प्रणाली (इकोसिस्टम) मा निकै फाइदा पुग्छ”, उहाँले भन्नुभयो, “यसको महत्व हामीले पहिला बुझ्न सकेनौँ । त्यही बुझाउन नमुना (डेमो) देखाएका छौँ ।”       मगरको प्रस्तुतिमा बायोग्यास प्रयोग गर्न सके वायु प्रदूषण रोकिने, वनजङ्गलको संरक्षण हुने र राज्यको अर्थतन्त्रमासमेत सुधार आउने आधार झल्किन्छन् । बायोग्यासका थुप्रै फाइदा हुँदाहुँदै पनि प्रयोग नभएकामा चिन्ता व्यक्त गर्दै उहाँले भन्नुभयो, “राम्रो कामको सुरुआत हामी युवाले नै गर्नुपर्छ भन्ने लागेर नमुना प्रस्तुत गरेकी हुँ ।”       आइटीसम्बन्धी सिर्जनात्मक ज्ञान आर्जन गराउने उद्देश्यले फेस्ट कार्यक्रम आयोजना गरिएको लिभिङ विथ आइसिटीका अध्यक्ष राजन लम्सालले बताउनुभयो । कार्यक्रमले यसवा तथा विद्यार्थीलाई सकारात्मक सन्देश दिने अपेक्षा लिइएको उहाँले उल्लेख गर्नुभयो ।

चितवन:    जङ्गली बँदेल पालेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जले माडी नगरपालिका–८ का दुई जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको हो ।      उनीहरुले अनुमति नलिइ दुई वटा बँदेल पालेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिनुभयो ।  उहाँका अनुसार वन्यजन्तु पाल्न वन्यजन्तु पालनपोषणसम्बन्धी कार्यविधिअनुसार विभागबाट अनुमति लिनुपर्नेमा अनुमति नलिइ पालेको पाइएकाले पक्राउ गरिएको हो । व्यावसायिक रूपमा वन्यजन्तु पाल्न पनि अनुमति लिनुपर्ने उहाँले बताउनुभयो ।       पक्राउ परेका दुवैलाई अवैध रूपमा वन्यजन्तु पालन गरेको अभियोगमा कारबाही हुने सूचना अधिकारी थापामगरले जानकारी दिनुभयो ।  अनुसन्धान भइरहेकाले पक्राउ परेकाहरुको नाम निकुञ्जले सार्वजनिक गरेको छैन ।

पोखरा:    सहकारी ठगी प्रकरणमा अनुसन्धानका क्रममा रहेका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज भैरहवाबाट पोखरा ल्याइएको छ । बुटवलको सुप्रिम सहकारीको रकम ठगी अभियोगमा अनुसन्धानमा रहेका लामिछानेलाई भैरहवामा बयान सकिएपछि आज पोखरा ल्याइएको हो । अनुसन्धानका सन्दर्भमा उनलाई गत मङ्गलबार पोखराबाट भैरहवा लगिएको थियो । आज दिउँसो १:३० बजे यति एअरलाइन्सको विमानबाट उनलाइ र्पोखरा ल्याइएको कास्की प्रहरीका प्रवक्ता बसन्तकुमार शर्माले जानकारी दिए । 

काठमाडौं:   नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्युत् निर्यात बढ्दै जाँदा मुलुकको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।   पहिलो पटक नेपालबाट बङ्गलादेशमा विद्युत् निर्यात हुन थालेको खबरले हर्षित भएको उल्लेख गर्दै अध्यक्ष दाहालले अघिल्लो जेठमा प्रधानमन्त्रीका रुपमा भएको आफ्नो भारत भ्रमणका क्रममा नेपालबाट बङ्गलादेशमा विद्युत् निर्यात गर्नका लागि भारत सरकार सहमत भएको बताउनुभयो ।    नेपाल विद्युत् प्राधिकरणले आज ४० मेगावाट बिजुली बङ्गलादेश निर्यात गरेको छ । विद्युत् व्यापारको इतिहासमा नेपालको बिजुली भारतपछि अर्को देश पुग्न लागेको हो । भारतको केन्द्रीय विद्युत् नियमन आयोगले नेपालको बिजुली बङ्गलादेश निर्यात गर्न अनुमति दिएपछि शुक्रबार प्राधिकरणले विद्य्ुत् निर्यात गरेको हो ।   विद्युत् व्यापार गर्ने विषयमा गत असोज १७ गते नेपाल, भारत र बङ्गलादेशका उच्च अधिकारीबीच त्रिपक्षीय सम्झौता भएको थियो । सम्झौतामा नेपालका तर्फबाट प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हस्ताक्षर गर्नुभएको थियो ।   सम्झौताअनुसार हरेक वर्षको जुन १५ देखि नोभेम्बर १५ तारिखसम्म विद्युत् बङ्गलादेश निर्यात गरिनेछ । प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय लाइनमार्फत भारतीय प्रणालीमा बिजुली उपलब्ध गराउनेछ । सो बिजुली भारतीय नोडल एजेन्सी एनभिभीएनले आफ्नो प्रसारण प्रणालीमार्फत बङ्गलादेश पु¥याउनेछ ।

काठमाडौं:   मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा भएको ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानका क्रममा २ सय ३६ सहयोगापेक्षी सडक आश्रित मानवहरुको उद्धार कार्य गरिएको छ ।  उद्धार हुनेहरुमा १ सय ७९ जना पुरुष र ५७ महिलामध्ये ५ बालिका र ४ बालक रहेको मानवसेवा आश्रमद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । उद्धार गरिएकाहरुमा कोसी प्रदेशबाट ३५ पुरुष र ९ महिला गरी कूल ४४ जना, मधेस प्रदेशबाट २९ पुरुष र ११ महिला गरी कूल ४० जना, बागमती प्रदेशबाट ४० पुरुष र १७ महिला गरी कूल ५७ जना, गण्डकी प्रदेशबाट २७ पुरुष र आठ महिला गरी कूल ३५ जना, लुम्बिनी प्रदेशबाट ४० पुरुष र ९ महिला गरी कूल ४९ जना, कर्णाली प्रदेशबाट २ पुरुष र १ महिला गरी कूल ३ जना र सुदूरपश्चिम प्रदेशबाट ६ पुरुष र २ महिला गरी कूल ८ जना रहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज २६ गते बालुवाटारमा यात्राको औपचारिक समुद्घाटन गर्नुभएको थियो भने समापन पनि प्रधानमन्त्री ओलीकै प्रमुख आतिथ्यमा आगामी मङ्सिर ३ गते नेपाल प्रज्ञा–प्रतिष्ठान, काठमाडौँमा समापन हुने जनाइएको छ ।  उद्धार कार्य गत असोज २८ गते झापाको मेची पुलबाट सुरु गरिएको थियो । यस राष्ट्रिय उद्धार टोलीले देशका सातैवटा प्रदेशका ४४ जिल्लामा पुगेर सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धारमा सहभागी भएका थिए । उद्धार यात्रामा वरिष्ठ गायिका तथा समाजसेवी आनी छोइङ डोल्मा र मानवसेवा आश्रमका संस्थापक÷केन्द्रीय अध्यक्ष रामजी अधिकारीलगायत ४७ जनाको सहभागिता रहेको थियो ।  मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ को सम्पूर्ण खर्च आनी छोइङ डोल्मा फाउन्डेसनले व्यहोरोको थियो । यसअघि पनि आश्रमले २०७९ सालमा पहिलो र २०८० सालमा दोस्रो मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा सम्पन्न गरिसकेको छ ।  यस आश्रमले स्वयं आफ्नो लागि आफैँ केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिनेसमेत कोही नभएका सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा अतिकमजोर र अनाथ मानवहरू) हालसम्म  १० हजार ७ सय ६४ जनाको उद्धार गरिसकेको छ ।  तीमध्ये ४ हजार २ सय १६ जनाको परिवारसँग पुनर्मिलन गराई घरमै पुनःस्थापना गरिसकेको छ । त्यस्तै ८ सय ७७ जनाको सामुदायिक पुनःस्थापना गरिएको छ । मानसिक असन्तुलनको अस्वस्थताका कारण पारिवारिक पुनर्मिलन हुन नसक्ने अवस्थामा रहेका १ हजार ९ सय ६ जना संस्थाको २५ वटा सेवा केन्द्रहरुमा आश्रित गराई स्वास्थ्य सेवा दिलाइरहेको छ भने हालै उद्धार गरिएका २ सय ३५ जना सहयोगापेक्षी सडक मानवहरूलाई आश्रमका १५ वटा सेवाकेन्द्रमा संरक्षण गरी खाना नाना, छाना, स्वास्थ्य र शिक्षाको व्यवस्था गरिएको आश्रमले जनाएको छ ।  ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडक पेटीमा’ भन्ने मूल नाराका साथ तेस्रो ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ सफलतापूर्वक सम्पन्न भएको र यसले मानवताको प्रवद्र्धनको अभियानलाई संस्थागत गर्न सहयोग पुग्ने फाउण्डेशनकी अध्यक्ष डोल्मा बताउनुहन्छ ।   सरकारले आव २०८१र८२ को नीति तथा कार्यक्रममा नेपाललाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने सङ्कल्प गरिनुले यस संस्थाको लक्ष्य २०८२ घोषणाको लागि निकै ठूलो आधार निर्माण भएको आश्रमका संस्थापक अध्यक्ष अधिकारी बताउनुहुन्छ ।  विसं २०६९ मा मकवानपुर, हेटौँडामा औपचारिक रूपमा स्थापना भएको मानवसेवा आश्रमले सातवटै प्रदेशका १९ जिल्लाका २५ सेवा केन्द्रहरुमार्फत बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिकरुपमा अति कमजोर र अनाथहरुको उद्दार गरी उपचार, संरक्षण तथा पारिवारिक पुनर्मिलन गराउँदै आएको छ ।  

लमजुङ:   लमजुङको मस्र्याङ्दी गाउँपालिकाको आयोजनामा सुरु भएको दोस्रो मस्र्याङ्दी महोत्सवअन्तर्गत आज जगत तातोपानीकुण्ड महोत्सव सम्पन्न भएको छ ।  जगत तातोपानी व्यवस्थापन समितिका अध्यक्ष अदम सिं गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रमको उद्देश्य तातोपानीकुण्डमा पर्यटन प्रवर्द्धन गर्नु रहेको गाउँपालिकाले जनाएको छ ।  मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले यस्ता धार्मिक, सांस्कृतिक महोत्सव तथा मेलाले स्थानीय कला, संस्कृति, परम्पराको संरक्षण गर्नुका साथै पर्यटकीय स्थानलाई विश्वसामु चिनाउन सहयोग पुग्ने बताउनुभयो । अध्यक्ष गुरुङले महोत्सवले पर्यटन प्रवर्द्धन गर्नुका साथै स्थानीय उत्पादनको बिक्री वितरण र बजारीकरणमा सहयोग पुग्ने भएकाले अर्थतन्त्रको चलायमान हुने उल्लेख गर्नुभयो ।  विभिन्न सङ्घसंस्थासँग सहकार्य गरेर महोत्सव सम्पन्न गरिएको भन्दै यसले पालिकाको आर्थिक, सामाजिक विकासमा सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा स्थानीय परम्परा संस्कृति झल्कने सांस्कृतिक प्रस्तुति, मारुनी नाच प्रस्तुत गर्नुको साथै कुण्डमा अतिथिका लागि स्नान कार्यक्रम आयोजना गरिएको थियो । पर्यटकीय पदमार्गमा यहाँ पर्ने भएकाले स्वदेशी तथा विदेशी पर्यटकहरूको उपस्थिति थियो ।  कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष जुनामाया थापा, प्रमुख प्रशासकीय अधिकृत अर्जुन चपाईं, लमजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष भरतकुमार श्रेष्ठ, विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिकाका सदस्यहरू, वडा सदस्य, स्थानीय राजनीतिक दलका प्रतिनिधि, लमजुङ भ्रमण वर्ष २०८१ का पदाधिकारी, स्थानीय विद्यालयका प्रधानाध्यापक तथा शिक्षक, सुरक्षाकर्मी र जिल्लाका क्रियाशील पत्रकारको उपस्थिति थियो ।

नुवाकोट:   जिल्लाको विदुर नगरपालिका–५ माझिटारमा छ हजार मेट्रिकटन क्षमताको शीतभण्डार निर्माण भएको छ । निर्माण थालिएको ८ वर्षमा शीतभण्डार तयार भएसगैँ तरकारी र फलफूल राख्न सुरु भएको हो । हिमालय शीतभण्डार प्रालिका सञ्चालक माधव गजुरेलले विसं २०७३ मङ्सिरमा काम सुरु गर्दा १ण् हजार मेट्रिकटन क्षमतामा निर्माणको योजना थालिएको भन्दै सङ्घीयता कार्यान्वयनमा आएपछि बागमती प्रदेश सरकारको अनुदान सहयोगमा शीतभण्डार क्षमता घटाएर छ हजार मेट्रिकटन बनाइएको जानकारी दिनुभयो ।  हाल जिल्लामा सञ्चालित पाँच हजार मेट्रिकटन क्षमताका दुईवटा शीतभण्डार रहेकामा अहिले निर्माण भएको जिल्लाकै ठूलो रहेको गजुरेलको भनाइ छ ।  यहाँ उत्पादित आलु, तरकारी, फलफूललगायत सामग्री राख्न विगतमा ठाउँ अभावले चुनौती भइरहेकामा नयाँ निर्माण भएको शीतभण्डारले किसानलाई सहुलियत शुल्कमा सहज बनाएको शीतभण्डार सञ्चालक गजुरेलले बताउनुभयो । “आलु उत्पादनको लागि पकेट क्षेत्र मानिएको नुवाकोट र रसुवाका किसानले उत्पादन गरेको आलु शीतभण्डारको अभावले खन्ने वित्तिकै कम मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता थियो”, सञ्चालक गजुरेलले भन्नुभयो, “सहुलियत शुल्कमा शीतभण्डारको व्यवस्था भउपछि किसानले भनेको मूल्य पाउने अपेक्षा लिएका छौँ ।” १३ रोपनी क्षेत्रफलमा रु २५ करोड लागतमा शीतभण्डार निर्माण भएको प्रालिका अध्यक्ष गोपी कँडेलले जानकारी दिनुभयो ।  उहाँका अनुसार प्रालिको रु पाँच करोड लागत रहने र बाँकी बागमती प्रदेश सरकारको अनुदान हुने गरी विसं २०७६ माघमा शीतभण्डार बनाउन ठेक्का लगाइएको थियो ।   १८ महिनामा काम सम्पन्न गर्ने गरी रु १९ करोड ९४ लाखमा रसुवा कन्स्ट्रक्सनले जिम्मा लिएकामा निर्माण कम्पनीले लामो समयसम्म काम नगरेपछि प्रालि आफैँले निर्माण गरेको हो ।  तोकिएको समयमा काम सम्पन्न नहुँदा प्रदेश सरकारले लगाएको ठेक्का रकममा प्रालिले रु ५ करोड लगानी थप गरेर शीतभण्डार तयार गरेको जनाइएको छ । निर्माण गरिएको शीतभण्डार अमेरिकन प्रविधिमा आधारित छ भने किसानले राख्ने सामग्रीमा बिमाको व्यवस्था गरिएकाले भण्डार गरिएका वस्तु सतप्रतिशत सुरक्षित रहने प्रालिले जनाएको छ ।

दार्चुला:   दार्चुलामा जीप दुर्घटनामा घाइते भएका तीनजनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमा कैलालीको धनगढी लगिएको छ ।    हेलिकप्टरमा उद्धार गरिएकामा जीप चालक दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ का सुनिल जोशी, शैल्यशिखर–५ का सन्दीप रावल र बैतडीको डिलासैनी गाउँपालिका–५ का उत्तम रोकाया रहेका छन् । उनीहरुलाई सेती प्रादेशीक अस्पतालमा भर्ना गरिएको प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो । शैल्यशिखर नगरपालिका–६ को बगजेबलामा आज बिहान म१ज ३३८ नम्बरको जीप दुर्घटनामा परेको हो । मालिकार्जुनबाट गोकुलेश्वरतर्फ गइरहेको उक्त जीपमा सवार ८ जनाको मृत्यु भएको थियो ।स्थानीय मालिकार्जुन मन्दिरमा लागेको जात्रा हेरेर फर्किने क्रममा दर्शनार्थी बोकेको जीप दुर्घटनामा परेको हो ।  दुर्घटनामा परेर दार्चुलाको शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीय शान्ति रावल, शैल्यशिखर–९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलाशैनी–५ का १५ वर्षीय सञ्जीव बोहरा तथा भारतको उत्तर प्रदेश बिजनौर जिल्लाका ४५ वर्षीय मोहमद सफिर र सोही ठाउँका १८ वर्षीय मोहमद बसिम, शैल्यशिखर–९ गोकुलेका ३५ वर्षीया मीना लेखक र डिलासैनी गाउँपालिका–५ का वीरेन्द्रसिंह बोहराको मृत्यु भएको हो ।  मृतक विष्ट गोकुलेश्वर बहुमुखी क्याम्पसका शिक्षक तथा लेखक सोही क्याम्पसकी लेखापाल हुन् । यस्तै दुर्घटनामा मृत्यु भएका वीरेन्द्र र शान्ति श्रीमान श्रीमती हुन् ।  वीरेन्द्र शैल्यशिखर नगरपालिकामा अमिन पदमा कार्यरत थिए ।  दुर्घटनाका अन्य घाइतेको गोकुलेश्वरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

दार्चुला:   दार्चुलामा जीप दुर्घटना हुँदा   ८  जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।   दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार दार्चुलाको शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीय शान्ति रावल, शैल्यशिखर–९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलाशैनी–५ का १५ वर्षीय सञ्जीव बोहरा र भारतको उत्तर प्रदेश विजनौर जिल्लाका ४५ वर्षीय मोहमद सफिर र सोही जिल्लाका १८ वर्षीय मोहमद बसिम, शैल्यशिखर–९ गोकुलेका ३५ वर्षीया मीना लेखक र डिलासैनी गाउँपालिका–५ का वीरेन्द्रसिंह बोहराको मृत्यु भएको हो ।  दुर्घटनामा भारतको उत्तर प्रदेश विजनौरका सुहिल साह, बैतडी डिलासैनी–५ का उत्तम रोकाया, शैल्यशिखर–५ का सन्दीप रावल सोही स्थानका प्रकाश रावल र मालिकार्जुन गाउँपालिका–८ निवासी   जीप चालक सुनिल जोशी घाइते भएका छन् ।    मालिकार्जुन जात्राबाट गोकुलेस्वरतर्फ गइरहेको म१ज ३३८ नम्बरको जीप आज बिहान ४ बजे शैल्यशिखर नगरपालिका–५ मा पर्ने सिराडको खोलामा दुर्घटना भएको हो ।  जात्रा हेरेर फर्किएकाहरु सवार जीप दुर्घटनामा परहेको हो ।    यो पनि पढ्नुहोस   दार्चुलामा जीप दुर्घटना, ६ जनाको घटनास्थलमै मृत्यु दार्चुलामा दुर्घटना अपडेटः ७ को मृत्यु, ६ जनाको अवस्था गम्भीर