काभ्रेपलाञ्चोक:  यस वर्षको मनसुन सुरु भएसँगै जोखिमका कारण रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको बिपी राजमार्गमा आज (असोज १ गते) देखि २४ सै घण्टा गाडी चलाउन खुला गरिएको छ।   जिल्ला प्र...

पोखरा:  लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ‘एम’को चौथो क्याबिनेट बैठक घान्द्रुकमा सयौं लायन मेम्बरहरुको सहभागिता शुक्रबार सम्पन्न भएको छ ।  होस्ट क्लब लायन्स क्लब अफ पोखरा लेकसाइडको उत्कृष्ट संयोजनमा वर्षभरका उत्कृष्ट लायनकर्मी तथा क्लबहरुलाई अवार्ड प्रदान गरी कार्यक्रम समापन भएको होस्ट क्लबका प्रेसिडेन्ट लायन कृष्णकुमार श्रेष्ठले जानकारी दिए ।  डिस्ट्रिक्ट ३२५ ‘एम’ अन्तर्गत नेपालभर १ सय ४० क्लब छन् । जसमा ३ हजार २ सय २२ जना मेम्बर आबद्ध भइसकेका छन् । डिस्ट्रिक्ट गभर्नर लायन महेन्द्र पौडेलले २०२२ जुलाई १ देखि अहिले २०२३ जुनसम्म वर्षभर गरेका गतिविधिका बारेमा प्रकाश पार्दै सहभागीलाई स्वागत गरेका थिए ।  कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य गणेशमान गुरुङले लायनले समाजमा गरेका योगदानप्रति खुलेर प्रशंसा गरे । ‘मेरो पनि समाजसेवाप्रति लगाव छ । हामी राजनीतिकर्मीले गर्न नसकेको काम समाजसेवीले गरेका छन् । भूकम्प जाँदा होस् या कोभिडको बेला होस्, लायन्स क्लबहरुले समाजमा गरेको योगदान अतुलनीय छ ।’ गुरुङले भने– ‘समाजसेवाका क्षेत्रमा लायन्सले गर्ने काममा मेरो सक्दो साथ सहयोग रहनेछ ।’  कार्यक्रममा डिस्ट्रिक्ट फस्र्ट लेडी लायन मन्दिरा खनाल पौडेल, होटल व्यवस्थापन समिति घान्द्रुकका विक्रम गुरुङ, फस्र्ट भाइस डिस्ट्रिक्ट गभर्नर इलेक्ट लायन चण्डीप्रसाद अर्याल, पास्ट मल्टिपल काउन्सिल चेयरपर्सन लायन गिरीधारी शर्मा, चिफ एडभाइजर तथा सेकेण्ड भाइस डिस्ट्रिक्ट गभर्नर इलेक्ट लायन धनीराम बराललगायतको उपस्थिति थियो ।  क्याबिनेट सेक्रेटरी लायन रत्नप्रसाद पराजुलीले सञ्चालन गरेको कार्यक्रममा क्याबिनेट ट्रेजरर लायन शिवनारायण श्रेष्ठले आर्थिक प्रतिवेदन प्रतिवेदन प्रस्तुत गरे । चिफ डिस्ट्रिक्ट एडमिनिस्टे«ेटर लायन रामचन्द्र पोखरेल, पिआरओ ईनचिफ लायन किशोर बराल, चिफ अफ एओजी लायन हरिचन्द्र तिवारी सहित क्याबिनेटका सिनियर लायन, डिस्ट्रिक्ट कोओर्डिनेर, को चिफ एडभाइजरहरु, डिस्ट्रिक्ट चिफहरु, डिपार्टमेन्ट चिफहरु, डेपुटी चिफ एड्भाइजरहरु, एसिस्टेन्ट चिफ एड्भाइजरहरु, डिपार्टमेन्ट चिफ एड्भाइजरहरु, सिनियर एड्भाइजरहरु, अनरेरी एड्भाइजरहरु, एड्भाइजहरु, एओजीहरु, पिआरओहरु, रिजन चेयरपर्सजनहरु, जोन चेयरपर्सनहरु, डिपार्टमेन्ट अफिसरहरु, डिस्ट्रिक्ट चेयरपर्सनहरु, क्लब प्रेसिडेन्टहरु, भाइसप्रेसिडेन्टहरु, सचिवहरु, कोषाध्यक्ष एवं सदस्यहरुको कार्यक्रममा सहभागिता थियो ।  उत्कृष्टलाई अवार्ड प्रदान लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ‘एम’ अन्तर्गका विभिन्न क्लबमा उत्कृष्ट कार्यसम्पादन गर्ने लायन मेम्बरहरुलाई अवार्ड वितरण पनि गरिएको थियो । क्लबमा गरेको योगदान, सहभागिता, सेवा, उत्प्रेरणाका क्षेत्रमा उल्लेख्य योगदान गर्नेहरुलाई सम्मान गरिएको हो ।  पीएमजेएफ लायन दीपक खरेलले लायन अफ द इएर अवार्ड प्राप्त गरे । यस्तै, पीएमजेएफ लायन धनीराम बराल टीमवर्क फर एक्सेलेन्स अफ द इयरबाट अवार्डेड भए भने एमजेएफ लायन उदयकुमार नेपाललाई बेस्ट सपोर्टिङ लायन अफ द इयर अवार्ड प्रदान नगरिएको थियो ।  होस्ट क्लब लायन्स क्लब अफ पोखरा लेकसाइड आउटस्ट्याण्डिङ क्लबबाट अवार्डेड भयो । यसका अध्यक्ष लायन कृष्णकुमार श्रेष्ठ गण्डकी प्रदेशतर्फ सर्वोत्कृष्ट प्रेसिडेन्टको अवार्डले पुरस्कृत भए ।  पोखराका मेयरसमेत रहेका पिएमजेएफ लायन धनराज आचार्य लगायतलाई बेस्ट सपोर्टिङ अवार्ड दिइयो । एमजेएफ लायन रत्नप्रसाद पराजुली र शिवनारायण श्रेष्ठ मस्ट एक्टिभ एण्ड सपोर्टिङ लायन अफ द इयरबाट अवार्डेड भए ।  क्याबिनेट मिटिङ कोओर्डिनेटर रहेका लायन जगन्नाथ तिमिल्सिनाले डिपार्टमेन्ट चिफ ट्री प्लान्टेशनतर्फ आउटस्ट्याण्डिङ डिपार्टमेन्ट चिफको अवार्ड प्राप्त गरे । यस्तै, डिपार्टमेन्ट चिफ इन्डक्शन एण्ड इस्टलेशन लायन रामु गौतमले आउटस्ट्याण्डिङ डिपार्टमेन्ट चिफबाट अवार्डेड भए । डिपार्टमेन्ट चिफ मिडिया लायन सुरेन्द्र पौडेलले आउटस्ट्याण्डिङ डिपार्टमेन्ट चिफबाट अवार्ड पाए ।   डिस्ट्रिक्ट को चिफ एड्भाइजर लायन शिवराज आचार्य आउटस्ट्याण्डिङ चिफ अफ एओजी अवार्डबाट पुरस्कृत भए । लायन डोलराज पोखरेलले आउटस्ट्याण्डिङ को चिफ एडभाइजर अवार्ड प्राप्त गरे । १७० बढीलाई यसरी विभिन्न अवार्ड प्रदान गरिएको थियो ।  डिस्ट्रिक गभर्नर लायन महेन्द्र पौडेलले १९ जनालाई अन्तराष्ट्रिय प्रेसिडेन्टको सर्टिफिकेट, ग्याटको सर्टिफिकेट, अन्तर्राष्ट्रिय प्रेसिडेन्टको पिन्, डिस्ट्रिक्ट गभर्नरको मेडल, ग्याटको पिन पनि प्रदान गरेका थिए ।  मिटिङ पूर्व घान्द्रुक गाउँमा बाजागाजासहित लायन मेम्बरहरुले परेड निकालेका थिए भने सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत भएको थियो ।  चौथो क्याबिनेट मिटिङमा पोखरा मनिपाल शिक्षण अस्पतालले हेल्थ डेस्क राखेर प्राथमिक उपचार सेवा उपलब्ध गराएको थियो ।  देशका विभिन्न स्थानहरुबाट कार्यक्रममा सहभागिता जनाउन आएका लायन लिडर तथा सहभागीहरुको ब्लड प्रेसर जाँच्नुका साथै आवश्यक पर्नेहरुलाई निःशुल्क औषधी समेत वितरण गरिएको थियो ।   प्राथामिक उपचार सेवा तथा निःशुल्क औषधी उपलब्ध गराउने मनिपाल शिक्षण अस्पताललाई पनि आयोजकले प्रशंसापत्रद्वारा सम्मान गरेको लायन खिम लामिछानेले जानकारी दिए ।   

पोखरा:    मिलेनियम ट्रेकको पुन: प्रवद्र्धन एवम् बजारीकरणको उद्देश्यका साथ शुक्रबारदेखि निस्किएको टोलीले आइतबार पदमार्ग क्षेत्र अन्तर्गत पुतलीबजार नगरपालिका वडा नं ९ कोल्मा,  काल्खु एवम् शुक्लागण्डकी नगरापलिका वडा नं १२ विसौनामा अन्तरक्रिया गरेको छ ।      मिलेनियम ट्रेक व्यवस्थापन समितिको आयोजना तथा नेपाल पर्यटन बोर्डको सहआयोजना एवम् प्रवद्र्धनमा पर्यटन सम्बद्ध विभिन्न क्षेत्रका प्रतिनिधि, पर्यटक गाइड, सञ्चारकर्मी लगायतको २३ सदस्यीय टोली पदमार्ग क्षेत्रमा पदयात्रा सहित स्थानीयसँग अन्तरक्रिया गरिरहेको छ ।      अन्तरक्रियामा स्थानीयले यस क्षेत्रको पर्यटकीय विकासका लागि आँफूहरू लागिरहेको बताउँदै त्यसका लागि मिलेनियम ट्रेक व्यवस्थापन समिति, स्थानीय सरकार एवम् सरोकारवालाको साथ र सहयोग आवश्यक भएको बताए ।      पुतलीबजार नगरपालिका वडा नं ९ का वडा अध्यक्ष लिलप्रसाद गुरुङले यस क्षेत्रको प्रवद्र्धनमा मिलेनियम ट्रेक व्यवस्थापन समितिले गरेको योगदान प्रशंसनीय भएको बताउनुभयो ।      २०६९ सालमा भएको मिलेनियम महोत्सवमा आँफूले सक्दो सहयोग गरेको बताउँदै उहाँले स्थानीय सरकारले मिले्नियम ट्रेकको प्रवद्र्धन एवम् पूर्वाधार निर्माणमा जोड दिएको बतायनुभयो ।      कोल्मामा २०७५ सालदेखि होमस्टे विधिवत् दर्ता गरी सञ्चालनमा आए पनि मिलेनियम ट्रेकका्े नक्सामा दर्ता हुन नसकेको उल्लेख गर्नुभयो ।      कोल्मा बराह माविका प्रमुख कृष्णबहादुर गुरुङले होमस्टे मार्फत लुकेर रहेका संस्कार एवम् संसकृतिको जगेर्ना गर्न खोजिएको बताउनुभयो । आमा समूहका सदस्यहरूलाई स्थानीय सरकारसँगको सहकार्यमा होमस्टे मार्फत आयआर्जनतर्फ लगाइएको उहाँले बताउनुभयो ।      गाउँमा वषौं अघिदेखि तोरी पेल्ने कोल रहेका कारण कोल्मा नामाकरण भएको उहाँले जानकारी गराउनुभयो ।      मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले पर्यटन मार्फत यस क्षेत्रका स्थानीयको आयआर्जनमा टेवा पुगोस् भन्ने हेतुले पदमार्ग क्षेत्रको प्रवद्र्धनलाई जोड दिइएको बताउनुभयो ।       उक्त अवसरमा सहप्रा डा. रामजीप्रसाद पोखरेल, टान गण्डकीका सदस्य दीपकप्रसाद सापकोटा, पोखरा पंछी समाजका अध्यक्ष मनशान्त घिमिरे लगायतले मिलेनियम ट्रेकमा अधिकतम पर्यटक ल्याउने गरी लाग्न आग्रह गर्नुभएको थियो ।      प्रवद्र्धन टोलीलाई नमोबुद्ध आमा समुहले गुरुङ जातिको प्राचीन एवम् मौलिक झोरा नृत्यबाट स्वागत गरिएको थियो ।       टोलीले आइतबार वडा नं ९ कै काल्खु एवम् शुक्लागण्डकी नगरपालिका वडा नं १२ विसौनामा जन्ते ढुङ्गाको संरक्षण र विकासका लागि स्थानीयसँग अन्तरक्रिया गरेको थियो ।        

काठमाडौं:    यस वर्षबाट सुरु भएको ‘मिस मगर इन्टरनेशनल २०२३’ प्रतिमा आलेमगरले घोषित हुनुभएको छ । यहाँ शनिबार साँझ आयोजित अन्तिम प्रस्तिस्पर्धामा १२ जनालाई पछि पार्दै उहाँले नगद रु चार लाख पुरस्कारसमेत प्राप्त गर्नुभयो । कार्यक्रमको निर्णायकमध्येकी एक माल्भिका सुब्बाले सामाजिक सञ्जालको तर्फबाट तपाईँले मगर संस्कृतिलाई कसरी प्रचार गर्नुहुन्छ रु भनेर सोधिएको प्रश्नमा सटिक उत्तर दिएसँगै मगर विजेता घोषित हुनुभएको थियो । विजेता बनेसँगै मगरले सपनाको एउटा खुड्किलो उक्लिएको बताउनुभयो । “पहिलो सिजनमै विजेता बने, दायित्व पनि महसुस भएको छ । संस्कृतिको प्रवर्द्धनमा मेरो भूमिका हुनेछ”, उहाँले भन्नुभयो ।   यस्तै अन्तिम प्रतिस्पर्धामा स्मृति ठाडामगर उपविजेता र क्लिया थापामगर दोस्रो बन्नुभयो । उहाँहरूले क्रमशः रु दुई लाख र एक लाखसमेत प्राप्त गर्नुभयो । कार्यक्रममा सुब्बासँगै अभिनेत्री मिरुना मगर, अभिनेता अनुपविक्रम शाही, मोडल रिना थापामगर, हिमाल राना, सङ्जोग लाफामगर, अलिगिभा पुनमगर र रुद्र श्रीस मगरले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।  

पोखरा:   इन्टरनेशनल नेपाल फेलोशिप(आइएनएफ) ,जोन्नी एण्ड फ्रेरेण्ड,सुन्दरढोका साथि सेवाको सहयोगमा ह्विल चियर वितरण गरिएको छ । जेठ २१ देखि २६ गते सम्म पोखराको हरिर्योखक अस्पताल परिसर बाट १ सय ४७  जना लाई उक्त सामग्री वितरण गरिएको आईएनएफ नेपाल हरियोखर्क अस्पताल पोखराका कार्यक्रम संयोजक तारा हाङ्गतावाले जानकारी दिनुभयो । ह्विल चियर खरिद गर्न आर्थिक अवस्था कमजोर भएकाहरु  र पुराना भएकाहरुको लागि लक्षित गरेर वितरण गरिएको तावाले बताउनुभयो ।  ह्विल चियर लिनको लागि पहिला सुचना प्रवाह गरेर मात्रै बितरण शुरु गरिएको हो । उक्त ह्विल चियर लिनको लागि गण्डकी ,कर्णाली,लुम्विनी र सुदूरपश्चिम प्रदेशबाट मानिसहरुको सहभागिता भएको हो । कार्यक्रममा ह्विल चियर वितरणसँगै जोन्नी एण्ड फ्रेरेण्ड र आइएनएफको ५ वटा टिमले काउनसिल, सुझाव र तालिम दिएर गुडाउन समेत सिकाइएको हो । नेपालका लागि गतिशिलताको उपहार प्रदान भन्ने नाराका साथ उक्त सामग्री वितरण गरिएको हो ।   

सिन्धुली:     सुनकोशी नदीमा जीप खस्दा बेपत्ता भएका तीन जनाकै शव भेटिएको छ । हराइरहेका यमप्रसाद भुर्तेलको शव दुर्घटनास्थलबाट झण्डै ९५ किलोमिटर तल उदयपुर ताप्ली गाउँपालिका-५ मा सुनकोशी नदीको किनारमा आज फेला परेको जिल्ला प्रहरी कार्यालयले सिन्धुलीले जनाएको हो । जेठ १९ गते भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको जीप सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ को लौकुनबाट सुनकोशी नदीमा खस्दा सीटीईभीटीका प्रशासन शाखाका निर्देशक कृष्ण केसी, योजना महाशाखा निर्देशक यमप्रसाद भुर्तेल र विद्युत् प्राविधिक भानु पौडेल बेपत्ता भएका थिए । बेपत्तामध्ये केसी र पौडेलको शव जेठ २३ गते फेला परेको थियो ।  जीपका चालक कृष्ण चौधरी भने पौडिएर बाँच्न सफल हुनुभएको थियो ।

स्याङ्जा:    स्याङ्जाको गल्याङ नगरपालिका –५ का पूर्ब वडाअध्यक्ष बिष्णु क्षेत्रीको डोजरको ठक्करबाट मृत्यु भएको छ । विहीबार सोही वडाको जोगिमारामा काम गरिरहेको जेसीबी अनियन्त्रित भएर क्षेत्रीलाई ठक्कर दिएपछि उनको मृत्यु भएको हो ।   दुर्घटनामा घाइते भएका क्षेत्रीको उपचारका क्रममा कालीगण्डकी अस्पताल मिर्मीमा मृत्यु भएको थियो । मृतक क्षेत्रीको शवलाई पोस्टमार्टमका लागि वालिङ गह्रौ प्राथमिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।  क्षेत्री २०७४ को स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित जिल्लाका एक मात्र वडाअध्यक्ष रहनुभएको थियो ।

काठमाडौं:    सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरणको प्रतिलिपि राष्ट्रपतिको कार्यालयबाट झिकाउन आदेस दिएको छ । शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र सुष्मालता माथेमाको संयुक्त इजलासले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता विधेयकको प्रतिलिपि झिकाउने र अन्तरिम आदेश दिनुपर्ने कि नपर्ने भन्ने सम्बन्धमा छलफल गर्न यही जेठ ३० गते पेशी तोक्ने आदेश गरेको हो । राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ १७ गते नागरिकता विधेयक प्रमाणीकरण गर्नुभएको थियो । राष्ट्रपति पौडेलले प्रमाणीकरण गर्नुभएको उक्त नागरिकता विधेयक संविधानको भावना र मर्म विपरीत भएको भन्दै वरिष्ठ अधिवक्ताद्वय बालकृष्ण न्यौपाने र डा। सुरेन्द्र भण्डारीले सर्वोच्चमा रिट दर्ता गर्नुभएको थियो ।

काठमाडौं:   सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध मुद्दा दर्ता गर्न आदेश दिएको छ । शुक्रबार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले प्रधानमन्त्री प्रचण्डविरुद्ध बाल सैनिकको प्रयोगसम्बन्धी रिट दर्ता गर्न आदेश दिएको हो । पूर्व बाल सैनिक लेनिन विष्टले माओवादी युद्धमा प्रयोग भएको बाल सैनिक अन्तर्राष्ट्रिय मानवीय कानुन विपरीतको कार्य भएको तत्कालीन नेतृत्वलाई कारवाही गर्न माग गर्दै रिट लिएर सर्वोच्च पुगेका थिए । तर सर्वोच्चले उक्त रिट दरपीठ गरेपछि विष्ट दरपीठविरुद्ध सर्वोच्च पुगेको थिए ।  सर्वोच्चको आदेशमा भनिएको छ, ‘‘यस रिट निवेदनमा उठाइएको विषय इजलासबाट हेरी न्याय निरुपण गर्नुपर्ने विषय देखिएकाले यस अदालतका रजिष्ट्रारबाट २०८० जेठ १६ मा भएको आदेश बदर गरिदिएको छ । रिट निवेदन दर्ता गरी नियमानुसार गर्नुहोला ।’’

काठमाडौं:  सडक विभागले पटक-पटक अवधि थप हुँदा पनि सम्पन्न नभएका सडक र पुलको ठेक्का सम्झौता तोड्न थालेको छ । निर्माण सुरु भएर लामो समय बित्दासमेत अधुरै रहेका सडक र पुलका ठेक्का तोड्न थालिएको हो । सडक विभाग पुल महाशाखाका प्रमुख नरेशमान शाक्यका अनुसार कुनै ठेक्कामा ढिलाइ भए पनि सकेसम्म उसैबाट काम गराइने र काम हुने अवस्था नभएमा मात्रै तोडिने छ । गोरखामा बुट्टार मकैसिङमा पुलको ठेक्का तोडिएर नयाँ ठेक्कामार्फत काम गर्न लागिएको उनले बताए । त्रिशूली नदीमा पुल निर्माण नगरेपछि पप्पु कन्स्ट्रक्सनसँगको ठेक्का तोडेर नयाँ ठेक्कामार्फत निर्माण अघि बढाउन लागिएको छ । उनले भने, “यो आर्थिक वर्षमा सूचना निस्के अर्को वर्षमा निर्माण सुरु हुनेछ ।”   बाढीका कारण भाँसिएको धनुषा र सिराहा जोड्ने कमला पुलको मर्मत निर्माण कम्पनी आफैँले गरिरहेको प्रमुख शाक्यले बताए । कमला नदीमा निर्माण व्यवसायी आफैँले मर्मत गरिरहेको उनले जानकारी दिए । उनले भने, “अर्को दुईवटा ठेक्का तोड्ने क्रममा रहेको छ ।”   ठेक्का तोड्नका लागि पहिले सूचना निकाल्नेलगायत प्रक्रिया पुर्याउनुपर्ने हुँदा तोड्ने निर्णय भएर प्रक्रियामा जान केही समय लाग्ने प्रमुख शाक्यले बताए । कारबाही अघि बढाइरहँदा पनि निर्माण व्यवसायीले काम गर्छु भनेर आउँदा त्यही कम्पनीलाई मौका दिने उनले बताए। काम गर्छु भनेर पनि सन्तुष्ट प्रगति नहुँदा वा काम नै नहुँदा ठेक्का तोडिने उनले जानकारी दिए । शाक्यले भने, “गर्छु भनेर बलियो प्रमाणसहित आउँदा मौका दिइन्छ ।” मध्यपहाडी राजमार्गमा निर्माणाधीन चार सय किमी सडकमा कतिपय क्रोनिक ठेक्का रहेको इञ्जीनियर सुरज अधिकारीले जानकारी दिए । केही समय पहिले लामो समयदेखि सम्पन्न नभएको भेरी पुलको ठेक्का तोडिएको उनले बताए । पाँचथरमा तीन ठेक्कासहित चालु आवमा पाँच ठेक्का तोडिएको छ । निर्माण व्यवसायीले पटक–पटक अवधि थप हुँदासमेत काम नगरेपछि ठेक्का तोडिएको उनले बताए । सरकारले केही समय पहिले बर्दियाको जब्दीघाट खोला पुलको ठेक्का तोडेर नयाँ ठेक्कामार्फत निर्माण अघि बढाएको छ । लामो समयदेखि अलपत्र अवस्थामा रहेको बालाजु–त्रिशूली सडकको पनि ठेक्का तोडिसकिएको छ । विगत वर्षमा कहिले कोभिड–१९ का कारणले त कहिले सार्वजनिक खरिद नियमावलीमा भएको संशोधनका कारण निर्माण ठप्प रहेका ठेक्काको समेत अवधि थप हुने गरेको थियो । अहिले भने क्रोनिक ठेक्का व्यवस्थापनमा सडक विभागले मात्रै होइन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले समेत चासो देखाइरहेको छ ।