पोखरा:     अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास बेलायत शाखाले साउथ ह्यारोमा विविध कार्यक्रमका साथ साहित्यकार प्रकट पगेनी शिवको श्रद्धान्जली सभा र पारिजातको ८७ औं जन्मजयन्ती मनाएको छ। अने...

पोखरा थिएटरको गन्धर्व नाटकघरमा बिहीबारबाट नाटक ‘१२ दुर्वासा’ मञ्चन सुरु भएको छ ।   अमेरिकन नाटककार रेग्नाल्ड रोजले लेखेको यस नाटकको नेपाली अनुवाद सुरेश सापकोटाले गरेका छन् ।   परिवर्तनको निर्देशनमा तयार भएको नाटकमा उनी सहित १३ जना कलाकारले अभिनय गरेका छन् ।   यसरी अभिनय गर्नेमा रमेश बाबु तिमल्सिना, अनुषा परियार, रविन्द्र मल्ल, सुसन पौडेल, रोशनी रामदाम, धनकाजी श्रेष्ठ, अञ्जु दाहाल, गोपाल भुषाल, राजेन्द्र अधिकारी, मनोज अदित्य, दिप्सा विश्कर्मा  र रोहित पौडेल रहेका छन् ।   प्रिमियर शो हेर्न पुगेका दर्शकले लामो समयपछि खुला शो मार्फत मञ्चन भएको यो नाटक राम्रो लागेको भन्दै नाटकको टीमले गरेको कामको प्रशंसा गरेका थिए ।   यो नाटकको लागि पोखरा थिएटरको गन्धर्व नाटकघरमा ‘ट्राभर्स स्टेज’ निर्माण गरिएको छ । यस्तो स्टेजको प्रयोग गन्धर्व नाटकघरमा पहिलो भएकोलले दर्शकले नौलो अनुभव समेत गर्न पाउनेछन् ।   ‘टुबेल एङ्ग्री म्यान’को नेपाली रुपान्तरण रहेको नाटकमा छोराले बुबालाई मारेको हो होइन भन्ने विषयमा केन्द्रीत रहेको छ । यो विषयमा अदालतलाई निर्णय गर्न गाह्रो भएपछि फरक–फरक पृष्ठभूमिका १२ जनालाई छलफल गरी निर्णय गर्न लगाइन्छ । उनीहरुको विचारमा देखिने विविधता र सर्घष नै नाटकको विषयवस्तु हो । यसलाई प्रभावकारी बनाउन कलाकारले निकै मेहनत गरेका छन् ।   सन् २०५४ मा टेलि प्ले (टेलिभिजन सिरिज) का रुपमा रेग्नाल्डले यो नाटक लेखेका थिए । पछि सन् १९५७ मा फिल्म निर्माण भयो । त्यसपछि यो विश्वव्यापी रुपमा झनै चर्चित बन्यो । विश्वका विभिन्न भाषामा यसको फिल्म नाटक निर्माण भएका छन् ।   आगामी माघ १३ गतेसम्म मञ्चन हुने योे नाटकले वर्गीय,जातिय, क्षेत्रिय, लैङ्गीक समाजको चित्रण गर्ने भएकोले नाटकप्रेमीको ध्यान खिच्ने अपेक्षा गरिएको छ ।   लगातार विद्यार्थी केन्द्रीत नाटक मञ्चन भइरहेकोसमयमा त्यसभन्दा भिन्न खालको स्वाद पस्कनको लागि यो नाटक उपयुक्त हुने ठानेर मञ्चन गर्न खोजिएको नाटकका निर्देशक समेत रहेका पोखरा थिएटरका अध्यक्ष परिवर्तनले खुलाए । यो नाटकबाट उनी अभिनयको क्षेत्रमा समेत पुनः फर्किएका हुन् ।   ‘गन्धर्व नाटकघरमा लामो समयपछि नियमित मञ्चनको रुपमा १२ दुर्वासा मञ्चन सुरु भएको छ,  सबैजना नाटकप्रेमीलाई नाटक हेरे प्रतिक्रिया दिन आग्रह गर्छु, यो नाटकबाट म पनि पुनः अभिनयको क्षेत्रमा फर्किएको छु’ उनले भने ।   १ घण्टा ४० मिनेट हाराहारीको यो नाटक प्रचार–प्रसार र व्यस्थापनका लागि बजार प्रबन्धक प्रकाश पराजुली र लेखा हेर्ने शुभेक्क्षा शर्माले काम गरिरहेका छन् । मिलन क्षेष्ठ, रञ्जु दाहाल, विकास अधिकारी, प्रथम श्रेष्ठ, अनिशा खरेल लगायतले व्याक स्टेजमा रहेर साथ दिएका छन् । लामो समयमो अन्तरमा खुला रुपमा सबै दर्शकलाई लक्षित गरेर नाटक मञ्चन गर्न लागेको कारण नाटकप्रेमीबाट सकारात्मक रेसपोन्स पाइरहेको उनीहरुले खुलाए ।   नाटक बुधबार बाहेक हरेक दिन साँझ ४ः४५ बजे शनिबार र आइतबार अतिरिक्त शो को रुपमा दिउँसो १ बजेसमेत नाटक मञ्चन हुने पोखरा थिएटरका संस्थापक सदस्य दीलप्रसाद गुरुङले जनाए ।  

पोखरा:  बाह्रसिङ्गे बियरको मुख्य प्रायोजनमा पोखरामा पहिलोपटक ‘चङ्गा म्युजिक एन्ड आर्ट फेस्टिबल’ सम्पन्न भएको छ ।   शनिबार पोखरा ९ नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा भएको फेस्टिबलमा उदीयमान गायिका प्रजिना,  पोखरेली स्रिजल विक्रम भण्डमारी (श्रीगो) र उवदीत गायक जोन चाम्लिङ राईले प्रस्तुती दिए ।    १७ वर्षे पोखरेली श्रीगोले पहिलो पटक आफ्नै शहरमा स्टेज चढ्दै सांगितिक यात्रा प्रारम्भ गरे । उनको पहिलो गीत ‘हराएको माया’ चङ्गा प्रोडक्सनले सार्वजनिक गरेको थियो ।     त्यसपछि एकाएक युवा पुस्तामाझ  लोकप्रिय बन्न पुगेका श्रीगोले आफ्नो करिअरको पहिलो स्टेज शो पोखरामै गर्ने योजना बुनेका थिए ।    सोही अनुरुप चङ्गा प्रोडक्सनले पोखरखामा पहिलो पटक म्युजिक एन्ड आर्ट फेस्टिबल आयोजना गरेको प्रोडक्सनका प्रबन्धक निर्देशक विवेक गुरुङले जानकारी दिए ।   उनका अनुसार सो फेस्टिबलमा नेपालको क्लाेथिङ ब्राण्ड हुबाले रनवे (फेशन शो) सहित आफ्नो प्रमोसन गरेको थियो ।     सबै तस्बिर: नविन श्रेष्ठ                      

पोखरा:    पोखराका गुरुङ (तमु) समुदायले पुरानो वर्षलाई बिदाई गर्दैै नयाँ वर्षलाई स्वागत गर्दैै ल्होसार पर्व मनाएका छन् ।   गुरुङ (तमु) समुदायहरुले पुस १५ लाई तमु ल्होसारको रुपमा मनाउँदै आएका छन् ।    आजबाट विरालो वर्गको विदाई र गिद्ध वर्गको स्वागत गर्दै ल्होसार पर्व मनाएका हुन् । ल्होसार पर्वको अवसरमा आज सरकारले सार्वजनिक विदा समेत दिएको छ ।      गुरुङहरुको कुल १२ ‘ल्हो’ वर्गहरुमध्ये गिद्ध (मुप्रिल्हो), सर्प (सप्रिल्हो),घोडा (तल्हो), भेँडा (मुल्हो), बाँदर (प्रह्ल्हो), चरा(च्यल्हो), कुकुर (खिल्हो), मृग (फोल्हो),मुसा (च्यूल्हो), गाई (लोल्हो), बाघ (तोल्हो), बिरालो (ह्यूल्हो) वर्ग छन् । गुरुङ (तमु) क्यालेन्डर अनुसार प्रत्येक वर्षको पुस १५ मा वर्ग परिवर्तन हुन्छ ।    आजदेखि बिरालो वर्गको विदाई भयो भने,, गिद्ध वर्गको सुरुवात भएको छ ।  ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो ।   तमु धिं नेपालका अध्यक्ष हुम बहादुर गुरुङले एकताको सन्देश दिने गरी ल्होसार पर्व मनाउन लागेको बताए ।    ‘हामीले पुस १५ लाई ल्होसार पर्वको रुपमा भब्यताका साथ मनाउँदै आएका छौं, यसवर्ष पनि ल्होसार पर्व मनाउँदै छौ’, अध्यक्ष गुरुङले भने, ‘मानव सभ्यताको विकाससँगै तमुहरुको सांस्कृतिक विकाससँगै ल्होसार पर्व मनाउँदै आएका हौ ।’   उनले ल्होसार पर्वको अवसरमा रानीपौवाबाट झाँकी ¥यालीसहित तमु धिं नेपालको प्राङ्गणमा गएर औपचारिक कार्यक्रमसँगै परम्परागत खेलकुद लगायतका कार्यक्रममा जोडिने बताए ।    सुरेन्द्र गुरुङले सम्पूर्ण गुरुङ जातिहरुलाई एकतामा बाध्न ल्होसार पर्व मनाउन थालेको बताए ।  उनले ल्होसार/ल्होछार जे भनेपनि एकाताको सन्देशसहित नयाँ वर्षको सुरुवात भएको उल्लेख गरे ।    तस्बिरहरु:                  

पोखरा:  ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ विहिबारबाट लेखनाथमा शुरु भएको १९ औं संस्करणको लेखनाथ महोत्सवको आठौं दिनसम्म २ लाख ३० हजार दर्शकहरुले अवलोकन गरेका छन । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सञ्चालन भएको महोत्सवमा हालसम्म झण्डै ८ करोडको कारोबार भएको छ । पहिलो दिन १ करोड, दोश्रो दिन ३० लाख, तेश्रो दिन १ करोड र चौंथो दिन ६० लाख र पाँचौ दिन सोमबार १ करोड भन्दा माथी छैंटौं ८० लाख, सातौं दिन ४० लाख र आठौं दिन ६० लाख गरी हालसम्म झण्डै ८ करोड बराबरको कारोबार भएको महोत्सवका सह–संयोजक एवं प्रायोजक व्यवस्थापन उप–समितिका संयोजक राजेन्द्र ओझाले जानकारी दिए । बिहिबार लोकदोहोरी कलाकारहरु, प्रिति आले, तेजस रेग्मी, बालचन्द्र बराल, सरला पाण्डे, प्रेमराज अधिकारी, बालकृष्ण वाग्ले, ज्योती लोहनी  लगायतले प्रस्तुती राखेका थिए भने बेलुका लाईभ कन्सर्टमा कमल खत्री, एञ्जिला रेग्मी र सृजना खत्री ‘हाउडे माया’ लगायतले स्टेज तताएका थिए ।  महोत्सवमा शुक्रबार लोकदोहोरी कलाकारहरु रामजी खाँण, आशा बिसी, तारा थापा, मनु राना, लोकनाथ सापकोटा, वसन्त लम्साल र नवराज अधिकारी लगायतले प्रस्तुती राख्नेछन भने हाँस्यव्यग्यतर्फ दिनेश काफ्लेको प्रस्तुती रहनेछ । यस्तै  बेलुका लाईभ कन्सर्टमा आश्षि राना ‘लाउरे’ र एलिना चौहान व्यण्डले स्टेज प्रस्तुती दिने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ । यस्तै महोत्सवमा मातृशक्तिको सम्मानमा आयोजित रत्यौली प्रतियोगिता, विद्यालयस्तरीय नृत्य प्रस्तुती लगायतका कार्यक्रमहरु पनि भएका छन । पुष १६ गते सम्म चल्ने महोत्सवका मुख्य आकर्षणहरुमा महोत्सवस्थलमा थ्रिडी आर्ट मार्फत कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मघर झल्कने तस्बिर, एलईडि डिस्प्ले मार्फत स्टेजबाट प्रायोजकहरुको प्रवद्र्धन, भिड र सुरक्षालाई मध्यनजर गर्दै दर्शकहरुका लागि ई–सेवाबाट टिकट काट्न सकिने गरि व्यवस्था मिलाईएको छ । साथै राष्ट्रिय स्तरका चर्चित कलाकारहरुवाट स्टेज सो, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, कविता प्रतियोगिता, रितिरिवाज झल्कने सांस्कृतिक कार्यक्रम, नवप्रतिभा खोजी कार्यक्रम लगायतका कार्यक्रमहरु रहेका छन् भने जातजातिहरुको सांस्कृतिक जर्गेना कार्यक्रम लगायत थुप्रै मनोरञ्जनात्मक कार्यक्रमहरु रहनेछन ।  

पोखरा:   ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ विहिबारबाट लेखनाथमा शुरु भएको १९औं संस्करणको लेखनाथ महोत्सवको छैटौ दिन मंगलबार विभिन्न विद्यालयका विद्यार्थीीहरुले मौलिक भुषभुषा र झाँकी ¥याली सहित नृत्य प्रस्तुत गरेका थिए । नृत्य प्रस्तुत गर्ने विद्यालयहरुमा नेपाल आदर्श आवासिय मा.वि, रामज्योति माध्यमिक विद्यालय, न्यू एरा एकेडेमी, अल्फा एकेडेमी, त्रिभुवन शान्ति मा.वि.रहेका थिए ।  किराँत समुदायको सांस्कृतिक पर्व उधौली, नेवार समुदायको यःमरी पुन्हि, ज्यापु दिवस र धान्य पूर्णिमा पर्वहरूले सम्पूर्ण नेपालीका बीचमा सामाजिक सद्भाव कायम गर्दै आफ्ना सांस्कृतिक उन्नयन गर्न र राष्ट्रिय एकता कायम गर्न सहयोग पु¥याउने विश्वास गरिएको छ ।  मंगलबार उधौली उभौली पर्वको अवसरमा बिदाको दिन समेत परेकाले महोत्सवमा दर्शकहरुको संख्या वढेको र यसले कारोबारमा समेत वृद्धि भएको महोत्सवका प्रचार प्रसार संयोजक उपेन्द्रराज सुवेदी राजु ले जानकारी दिए । मंगलबार मात्रै ३० हजार दर्शकले मेला अवलोकन गरेका छन् भने ८० लाख भन्दा माथी कारोबार भएको सुबेदीले जानकारी दिए । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सञ्चालन भएको महोत्सवमा हालसम्म झण्डै ४ करोड ७० लाख रुपैयाको  कारोबार भएको छ । मंगलबार लोकदोहोरी कलाकारहरु प्रजापति पराजुली, राजु गुरुङ, आयुषा गौतम, राजन कार्की,  शिवहरी ढुंगाना, अमर धिताल, पार्वती गुरुङ, मधु थापामगर लगायतले प्रस्तुती राखेका थिए भने बेलुका लाईभ कन्सर्टमा पोखरेली माग्ने बुढा÷धुर्मुस,  युवराज भण्डारी र राजेन्द्र नेपाली, रचना रिमाल, टिका प्रसाई र एन एन एस व्यण्डले स्टेज तताएका थिए ।  महोत्सवमा बुधबार लोकदोहोरी कलाकारहरु विष्णु खत्री, बसन्त वि.क., तारापति सुवेदी, भुमिका गिरी, सुनिता नेपाली र कमला सुनार लगायतको प्रस्तुती रहनेछ भने हाँस्यव्यग्यतर्फ पुरुषोत्तम भण्डारी(पुर्खेबा), साहिमा श्रेष्ठ, रमेशराज भट्टराइ र जितु पुन लगायतले स्टेज प्रस्तुती दिने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ । यस्तै महोत्सवमा मातृशक्तिको सम्मानमा आयोजित रत्यौली प्रतियोगिता, विद्यालयस्तरीय नृत्य प्रस्तुती लगायतका कार्यक्रमहरु पनि भएका छन । पुष १६ गते सम्म चल्ने महोत्सवका मुख्य आकर्षणहरुमा महोत्सवस्थलमा थ्रिडी आर्ट मार्फत कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मघर झल्कने तस्बिर, एलईडि डिस्प्ले मार्फत स्टेजबाट प्रायोजकहरुको प्रवद्र्धन, भिड र सुरक्षालाई मध्यनजर गर्दै दर्शकहरुका लागि ई–सेवाबाट टिकट काट्न सकिने गरि व्यवस्था मिलाईएको छ । साथै राष्ट्रिय स्तरका चर्चित कलाकारहरुवाट स्टेज सो, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, कविता प्रतियोगिता, रितिरिवाज झल्कने सांस्कृतिक कार्यक्रम, नवप्रतिभा खोजी कार्यक्रम लगायतका कार्यक्रमहरु रहेका छन् भने जातजातिहरुको सांस्कृतिक जर्गेना कार्यक्रम लगायत थुप्रै मनोरञ्जनात्मक कार्यक्रमहरु रहनेछन ।  

काठमाडौँ:   नेपालकै पहिलो नृत्य निर्देशकहरुको अवार्ड ‘प्रथम एनडिए नृत्य निर्देशक अवार्ड-२०८०’ कार्यक्रम सम्पन्न भएको छ ।   नेशनल डाइनामिक आर्ट्स (एनडिए) प्रा.लिको आयोजनामा २४ विधामा अवार्ड वितरण गरिएको थियो । कार्यक्रम नेपालकै पहिलो नृत्य निर्देशक एंव नृत्य सम्राट भैरव बहादुर थापाको प्रमुख आतिथ्यतामा काठमाडौँको राष्ट्रिय नाचघर जमलमा भव्यताका साथ सम्पन्न भएको हो ।   प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै नेपालकै पहिलो नृत्य निर्देशक एंव नृत्य सम्राट भैरव बहादुर थापाले आफ्नो जीवनकालमा नृत्य निर्देशकहरुको हौसला बढाउनका निम्ती आयोजना गरेको अवार्ड कार्यक्रम शुरुवात भएकोमा खुशी व्यक्त गरे ।   अवार्ड प्राप्त गर्नेहरुलाई शुभकामना एंव बधाई ज्ञापन गर्दै उनले राज्यले गर्नुपर्ने काम गरेको र नृत्य निर्देशकहरुलाई राज्यले उचित स्थान दिनुपर्ने बताए । क-कस्ले कुन कुन बिधामा पाए अवार्ड ?   उत्कृष्ट तामाङ जातीको लोक नृत्य निर्देशक (जुरी) अवार्ड-निरु फुयाल,उत्कृष्ट थकाली नृत्य निर्देशक अवार्ड – सोनु लामा, उत्कृष्ट राइ जातीको लोक नृत्य निर्देशक- नविना के।सी, उत्कृष्ट हुडकेली नृत्य निर्देशक पब्लिक चोइस अवार्ड – मनु लिम्बुले पाए ।   यस्तै उत्कृष्ट झिझिया नृत्य निर्देशक अवार्ड – नारायणी थापा मगर, उत्कृष्ट शेब्रु नृत्य निर्देशक अवार्ड – निर्जला राइ, उत्कृष्ट कौडा नृत्य निर्देशक पब्लिक चोइस अवार्ड – पर्सन गुरुङ, उत्कृष्ट थारु नृत्य निर्देशक अवार्ड- दिल बहादुर सुनार, उत्कृष्ट नेवारी नृत्य निर्देशक अवार्ड- रबिन्सन श्रेष्ठ, उत्कृष्ट तीज नृत्य निर्देशक अवार्ड- सिता माया श्रेष्ठ, उत्कृष्ट मारुनी नृत्य निर्देशक- ममता राइ, उत्कृष्ट टप्पा नृत्य निर्देशक पब्लिक चोइस अवार्ड- आक्रिती गुरुङले पाइन् ।   यसैगरी उत्कृष्ट छलिया नृत्य निर्देशक अवार्ड- सिर्जना माया लामा, उत्कृष्ट धिमाल नृत्य निर्देशक पब्लिक चोइस अवार्ड- नरेश घले, उत्कृष्ट श्रेब्रु नृत्य निर्देशक जुरी अवार्ड – सुनिल गिरी, उत्कृष्ट झिझिया जातीको नृत्य निर्देशक पब्लिक चोइस अवार्ड-किसन बहादुर नेम्वाङ, उत्कृष्ट कौडा नृत्य निर्देशक अवार्ड – अस्मिता पराजुली, उत्कृष्ट तामाङ नृत्य निर्देशक अवार्ड – सरस्वती पोखरेलले जितिन् ।   उत्कृष्ट टप्पा नृत्य निर्देशक अवार्ड – मन्दिरा न्यौपाने, उत्कृष्ट हुडकेली नृत्य निर्देशक अवार्ड – लक्ष्मी पुरी, उत्कृष्ट धिमाल नृत्य निर्देशक अवार्ड- हिरा तामाङ, सर्वोत्कृष्ट नृत्य निर्देशक पब्लिक चोइस अवार्ड- मनाङ गुरुङ, सर्वोत्कृष्ट नृत्य निर्देशक जुरी अवार्ड- दिवस गिरी, सर्वोत्कृष्ट नृत्य निर्देशक अवार्ड – युवराज गुरुङ्ले प्राप्त गरेका थिए ।  

पोखरा:   बैदाम तामाङ सेवा समाज पोखराको आयोजनामा हुने मिस तामाङ पोखराको तालिम शुरु भएको छ ।   ४५ दिन लामो तालिमका लागि बिभिन्न क्षेत्रका विज्ञहरुले सहजीकरण गर्ने कार्यक्रम संयोजक नम्रता तामाङले जानकारी दिए ।  सहभागीहरुलाई दिइने तालिमको एक समारोहका विच बैदाम तामाङ सेवा समाज पोखराका अध्यक्ष  ज्याक तामाङ, नेपाल तामाङ घेदुङका केन्द्रिय उपाध्यक्ष दीपक वाइवा तामाङ, मिस तामाङ पोखरा २०२३ का विजेता रोश्मा तामाङले केक काटेर शुरुवात गरेका थिए ।    तालिमका दौरान सहभागीहरुले तामाङ भाषा, संस्कार, सभ्यता तथा रहनसहनका बारेमा जानकारी हासिल गर्ने आयोजक बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङले जानकारी दिए ।   तामाङ समुदायका नारीहरुको अन्तरनिहित प्रतिभा, बौद्धिक क्षमता तथा व्यक्तित्व विकास गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएका उहाँको भनाइ छ ।   बैदाम तामाङ सेवा समाज कास्कीले हरेक वर्ष ल्होसारको अवसरमा मिस  तामाङ पोखरा  तथा ल्होसार म्युजिकल फेष्टिभल गर्दै आएको छ । यस वर्ष समाजले मिस तामाङ पोखराको आठौं संस्करण आगामी माघ २० गते गर्दैछ ।    प्रतियोगितामा देशभरबाट १२ जना तामाङ समुदायका युवतीहरुको सहभागिता रहेको छ । सहभागीहरुमा मनिका लामा तामाङ, रिमाया तामाङ, दिक्षा लामा, सुनामी तामाङ, टिसिरिङ तामाङ, अर्पना तामाङ, रोशिला तामाङ, याङजी तामाङ, र बर्षा लामा तामाङ रहेका छन् ।    मिस तामाङ पोखरा २०२४ की बिजेताले नगद १ लाख ताज, ट्रफी, प्रमाणपत्र  तथा आकर्षक गिफ्ट ह्यम्पर प्राप्त गर्नेछन् । फस्ट रनर अपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ५० हजार रुपैयाँ हजार प्राप्त गर्नेछ । त्यस्तै सेकेण्ड रनर अपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ३० हजार रुपैयाँ हात पार्नेछन् । भिवर्स च्वाइसका रुपमा एकजना प्रतिस्पर्धीलाई नगद २० हजार पुरस्कार  प्राप्त गर्ने समाजका अध्यक्ष ज्याक तामाङले बताए ।    तालिम शुभारम्भ कार्यक्रममा नेपाल तामाङ घेदुङका केन्द्रिय उपाध्यक्ष दीपक वाइवा तामाङ, जेसिसका पुर्व उपाध्यक्ष राजु केसी, नेपाल तामाङ घेदुङ कास्कीका अध्यक्ष भक्त तामाङ, नेपाल तामाङ घेदुङ पोखरा नगर अध्यक्ष रामबहादुर ब्लोन तामाङ, रेडियो अन्नपूर्णका स्टेशन म्यानेजर सन्जय मल्ल, नेपाल तामाङ महिला घेदुङका अध्यक्ष पवित्रा तामाङ, मिस तामाङ पोखरा २०२३ का विजेता रोश्मा तामाङ, जिना तामाङ, प्रशिक्षक पोखरेली युवा साँस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेल लगायतले बोलेका थिए ।   बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङको अध्यक्षतामा भएको कार्यक्रममा रजनी तामाङले कार्यक्रम सञ्चालन गरेका थिए  । 

पोखरा:   लामो समय देखि लोकदोहोरी क्षेत्रमा क्रियाशिल गायक हुन् चोलेन्द्र पौडेल । उनका दुई दर्जन भन्दा बढी गीत सार्वजनिक भएका छन् । हाल पनि पौडेल गीतसंगीतमा नै निरन्तरता दिँदै आएका छन् ।  देश विदेशका सांगीतिक कार्यक्रममा समेत उनको प्रस्तुति रहन्छ । समय मिलाएर नयाँ सिर्जना पस्कने समेत गरेका छन् । पोखरामा रहेर पनि पौडेलको क्रियाशिलता लोकदोहोरीमा लोभलाग्दो छ । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको उपमहासचिव भएर काम गरिसकेका पौडेलको सालिनता र लगावले नै उनको परिचयलाई बढ्वा दिइएको छ । सामाजिक क्रियाकलापमा समेत उनको सक्रियता पाइन्छ ।  यस्तैमा गायक पौडेल र सरस्वती लामिछानेको “हुन्छ भने हुन्छ भन” गीत सार्वजनिक भएको छ । सरस्वती लामिछानेको अफिसियल युटुब मार्फत गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । गीतको म्युजिक भिडियोमा अर्जुन सापकोटा र गीता ढुंगानाको अभिनय छ । पौडेलकै शब्द संगीत रहेको गीतको म्युजिक भिडियोलाई कजीस श्रेष्ठले निर्देशन गरेका हुन् । कोरियोग्राफी समेत उनकै हो । सुनिल परियारको संगीत संयोजन रहेको गीतबाट गायक गायिका आशावादी छन् ।  पौडेलेको यसअघि थुप्रै सिर्जना आएका छन् । जसमा पानी मुनी मुनी, चढ्यो चढ्यो जवानी, जाम झोला बोकेर, अब त मै सानी रहिन लगायतका गीतले पौडेललाई चिनाएको छ । सरस्वती लामिछाने पनि पोखराबाट संगीत संघर्ष गरिरहेकी छिन् । भिर्ने झोलामा लगायतका उनका गीत रुचाइएको छ । निरन्तर लोकदोहोरीमा लागेर आफुलाई क्रियाशिल बनाउने गायिका मध्ये पर्छिन् उनी । क्रियाशिलता र मेहेनतले नै लामिछानेलाई सफलता दिलाएको हो भन्दा अत्युक्त नहोला ।  पौडेल र लामिछानेको युगल सांगीतिक जोडीलाई यसअघि पनि मन पराइएको छ । ‘हुन्छ भने हुन्छ भन” बाट समेत सफलता मिल्नेमा उनीहरु विश्वस्त छन् ।   

पोखरा:   गायिका शान्ति श्रीस मगरको ‘जाम हिड साइली’ सार्वजनिक भएको छ । उनको अफिसियल युटुब मार्फत सार्वजनिक भएको गीतमा चर्चित गायक स्वरुपराज आचार्यको समेत स्वर समेटिएको छ । सुरेश राना मगरको शब्द संगीत रहेको गीतमा गौरव पहारी र रजनी गुरुङको अभिनय छ । म्युजिक भिडियोको सम्पूर्ण छायाँकन काठमाडौंमा गरिएको हो । मौसम हिमालीको कथा, निर्देशन र कोरियोग्राफीमा गीतको म्युजिक भिडियो तयार भएको हो ।  श्रीस गीतबाट आशावादी छिन् । समय सान्दर्भिक गीत भएकाले पनि उनलाई आशा जागेको हो । गीतमा देशको अवस्थालाई चित्रित गर्न खोजिएको छ । परदेशीन बाध्य हुनुपर्ने युवाको अवस्थालाई झल्काइएको छ । जसमा प्रेमका भावहरु समेत समेटिएका छन् ।    एक दशक देखि ग्लोरी फेसन होम संचालन गर्दै आएकी श्रीस बुटिक एसोसिएसन नेपाल पोखराको अध्यक्ष हुन् । रोटरी क्लब अफ पोखरा मिडटाउन लगायत विभिन्न सामाजिक एवम् संस्थामा समेत आबद्ध श्रीसले ‘गल्छी झरेसी’, ‘जुन तारा’, ‘फूल जस्तो मेरो जोबान’ लगायतका गीतहरु यसअघि सार्वजनिक भएका छन् ।