पोखरा:     अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास बेलायत शाखाले साउथ ह्यारोमा विविध कार्यक्रमका साथ साहित्यकार प्रकट पगेनी शिवको श्रद्धान्जली सभा र पारिजातको ८७ औं जन्मजयन्ती मनाएको छ। अने...

पोखरा:   तनहुँकी २० वर्षीया विनु रानामगरले छैठौं संस्करणको मिस मगर नेपाल–२०२३ को उपाधि जितेकी छिन् ।    १० प्रतिस्पर्धीलाई पछि पार्दैै विनु यस वर्षको मिस मगर नेपालको ताज जितिन् ।   उनले उपाधिको ताजसहित नगद पुरस्कार ७० हजार रुपैयाँ, अवार्ड प्राप्त गरिन् । उनले मोष्ट डेडिकेटेडको टाइटल अवार्डसमेत प्राप्त गरिन् ।   यस्तै म्याग्दीकी दिवा पाइजामगर फष्ट रनर अप भइन् । उनले फष्ट रनर अपको ताजसँगै मोष्ट पपुलर तथा मोष्ट ट्यालेन्टेडको टाइटल अवार्ड पनि जितिन् ।   उनले नगद पुरस्कार ३० हजार रुपैयाँ र अवार्ड प्राप्त गरिन् । म्याग्दीकै कविता थापामगर सेकेण्ड रनर अप घोषित भइन् । उनले सेकेण्ड रनर अपको ताजसहित बेष्ट वाकको टाइटल अवार्ड हात पारिन् । उनले नगद पुरस्कार २० हजार रुपैयाँ र अवार्ड प्राप्त गरिन् ।   उदयपुरकी दीक्षा थापामगर थर्ड रनर अप भइन् । उनले थर्ड रनर अपको ताजसँगै मोष्ट इन्टेलिजेन्ट तथा बेष्ट पर्सनालिटीको टाइटल अवार्ड आफ्नो पोल्टामा पारिन् । उनले नगद पुरस्कार १० हजार रुपैयाँ र अवार्ड प्राप्त गरेकी छिन् । त्यस्तै, म्याग्दीकी उमा पुनमगरले भ्यूअर्स च्वाइस अवार्ड जित्न सफल भइन् । उनले मोष्ट चार्मिङको टाइटल अवार्ड पनि जितिन् ।   मिस मगर नेपाल २०२३ मा सहभागी प्रतियोगीहरूले अन्य विभिन्न टाइटल अवार्ड समेत जित्न सफल भए । जसमा कर्णाली प्रदेशको सुर्खेतकी बबिता बाकाबलमगरले मोष्ट डिसिप्लिन तथा बेष्ट ट्रेनीको टाइटल अवार्ड जित्न सफल भइन् ।   त्यसैगरी, बागलुङकी एलिना थापामगरले बेष्ट हेयर, म्याग्दीकी चिना पुनमगरले मोष्ट फ्रेन्डली, स्याङ्जाकी सलिना रानामगरले मोष्ट फोटोजेनिक र बागलुङकी खगी थापामगरले मोष्ट कन्फिडेन्टको टाइटल अवार्ड जित्न सफल भए ।   मिस मगर नेपाल–२०२२ की बिजेता मिलन थापामगरले २०२३ की मिस मगर नेपाल बिजेता विनु रानामगरलाई ताज पहिराइदिएकी थिइन् ।     त्यस्तै, मिस मगर नेपाल २०२२ की फष्ट रनर अप भावना खपाङ्गीमगर, थर्ड रनर अप प्रियंका गर्बुजामगर, मिस मगर नेपाल २०१९ बिजेता सनम गर्बुजामगर र कोरियोग्राफर सुस्मिता पुनमगरले अन्य बिजेतालाई ताज लगाइदिइन् ।   ग्राण्ड फिनालेको प्रमुख निर्णायकमा नेपाल बार एशोसिएसनका पूर्व उपाध्यक्ष एवं नेपाल मगर संघका पूर्व महासचिव, वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगर, निर्णायकहरूमा प्राध्यापक निर्मल थापामगर, आदिवासी जनजाति चलचित्र महासंघ, गण्डकी प्रदेशका महासचिव एवं नृत्य निर्देशक गोविन्द पुनमगर, गायिका एवं मोडल शान्ति श्रीसमगर र नायिका, मोडल तथा कोरियोग्राफर जेनिता थापामगर रहेकी थिइन् ।   निर्णायक मण्डलको संयोजन मिस मगर नेपालका निर्देशक शिव थापामगरले गरेका थिए ।  

काठमाडौँ:   कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदैछ ।     गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ ।    स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व रहेको आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।   गाईको पूजा गरी आजका दिन मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।   आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जान वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ ।

पोखरा:  पोखरामा आगामी मंसिर ९ गते गुरुङ समुदायमा आधारित तमु चलचित्र ‘सैंबैं ट’ (मनको फूल) को विशेष प्रदर्शन (प्रिमियर शो) हुने भएको छ ।   माओत्से गुरुङ फिल्मस् सँगको सहकार्यमा उचाई स्टुडियो प्रालिको ब्यानरमा निर्मित चलचित्रको ट्रेडमलस्थित सिनेप्लेक्समा मंसिर ९ गते  बिहान १० बजे विशेष प्रदर्शन हुने निर्माण टिमले जनाएको छ ।   रत्ना गुरुङद्वारा लिखित तथा निर्देशित सो चलचित्रको च्यारिटी शुल्क  १ हजार रुपैयाँ निर्धारण गरिएको छ ।    चलचित्रमा नायकका रुपमा विश्वात्मा गुरुङलाई देख्न सकिन्छ भने नायिकाकी रुपमा कृष्टि गुरुङले अभिनय गरेकी छिन् ।    यस्तै चलचित्रमा गजेन्द्र गुरुङ, सूर्य सुनुवार, डिबी गुरुङ, लालशोभा गुरुङ, प्रकृति गुरुङ, राममाया गुरुङ लगायत कलाकारको भूमिका रहेको छ ।    निर्देशक गुरुङका अनुसार गुरुङ समुदायको संस्कार, संस्कृति र परिवेशमा आधारित चलचित्रमा प्रेमको विषयलाई केनद्रमा राखेर फिल्म निर्माण गरिएको छ ।   पारिवारिक एवं प्रेमकथामा आधारित उक्त चलचित्रको छायांकन स्याङ्जाको कोल्मा, पोखरीछाप तथा पोखराका विभिन्न स्थानमा गरिएको निर्देशक गुरुङले जानकारी दिइन् ।   उनले चलचित्रमा प्रविधिक पक्षमा नयाँपनको अभ्यास गरिएको बताउदै चलचित्र विशेष बनेको बताइन् ।  चलचित्रको निर्मातासमेत रहेकी गुरुङले यसअघि लघु चलचित्र म्हैता (पाईला)को पनि निर्देशन गरेकी थिइन् ।    चलचित्र ‘सैंबैं ट’ (मनको फूल) को सम्पादन दिपेश गुरुङले गरेका छन् भने छायांकन सन्देश गुरुङले गरेका हुन् । विशेष प्रदर्शनको टिकट उचाई स्टुडियो प्रालि (९८०६७०४६७९) बाट प्राप्त गर्न सकिने निर्माण टिमले जनाएको छ ।  

पोखरा:   छैठौं संस्करणको मिस मगर नेपाल–२०२३ का अन्तिम १० प्रतिस्पर्धीले सेल्फ ट्यालेण्ट राउण्डमा आ–आफ्ना विभिन्न प्रस्तुती राखेका छन् ।  शनिबार होटल पोखरा ग्राण्डमा आयोजित सेल्फ ट्यालेण्ट राउण्ड कार्यक्रममा अधिकांशले नृत्य प्रस्तुत गरे भने केही कविता वाचन, अभिनय र विषयगत प्रस्तुती राखे । पूर्वको उदयपुरदेखि पश्चिमको सुर्खेतसम्मका मिस मगर नेपालका प्रतियोगीले आ–आफ्ना अन्तरनिहित प्रतिभा प्रस्तुत गरेका हुन् । सेल्फ ट्यालेण्ट राउण्डको प्रमुख निर्णायकमा मेजन पुन, निर्णायकमा गोविन्द पुनमगर, शान्ति श्रीसमगर र दिलीप रानामगर रहनुभएको थियो ।  कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक बुद्धिराज गुरुङले अहिलेका युवा पुस्तालाई विदेश पलायन हुने सपना नदेख्न सुझाव दिनुभयो ।  आफ्नै देशमा बसेर केही गर्ने सोंच बनाउनुपर्ने आवश्यकता औंल्याउँदै उहाँले पैसालाई मात्रै सबैथोक ठान्न नहुने धारणा व्यक्त गर्नुभयो । आफ्नो मातृभाषा, संस्कार, संस्कृतिबारे युवा पुस्तालाई सचेत बनाउने उद्देश्यले मिस मगरको आयोजना गरेकोमा खुशी लागेको जनाउँदै प्रहरी नायब महानिरीक्षक गुरुङले मगर समुदायलाई नीति निर्माण तहमा पु¥याउन स्वदेशमै बस्ने वातावरण बनाउनुपर्ने बताउनुभयो ।  नेपाल मगर संघका केन्द्रीय कोषाध्यक्ष पूर्णबहादुर रानाले मगर समुदायको पहिचानलाई स्थापित गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने बताउँदै युवा पुस्तामा आफ्नो पहिचानप्रति चासो जगाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । नेपाल मगर संघ, गण्डकी प्रदेशकी अध्यक्ष तारामाया थापाले मिस मगर प्रतियोगीहरूलाई देशको नेतृत्व गर्ने जनशक्ति बन्ने गरी अघि बढ्न शुभकामना दिनुभयो । नेपाल मगर संघ, कास्कीका सचिव लालबहादुर रानाले मगर समुदायको हितमा हुने कार्यका लागि नेपाल मगर संघ सधैं साथमा रहेको धारणा व्यक्त गर्नुभयो ।  कार्यक्रममा मिस मगर नेपालका कार्यक्रम निर्देशक सुरज थापाले कार्यक्रमका बारेमा बोल्नुभएको थियो भने मिस मगर नेपालका निर्देशक तथा नेपाल मगर संघ, कास्कीका संस्कृति बिभाग प्रमुख शिव थापाले स्वागत गर्नुभएको थियो ।  कार्यक्रम संयोजक रूद्रबहादुर श्रीसको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मिस मगर नेपाल २०२२ की थर्ड रनरअप तथा कोरियोग्राफर प्रियंका गर्बुजाले गर्नुभएको थियो ।  “मगर भाषा, संस्कृतिको उत्थान, प्रतिभाको प्रस्फुटन, हाम्रो अभियान” भन्ने मूल नाराका साथ एसटी क्रियशनद्वारा आयोजित छैठौं संस्करणको मिस मगर नेपालको ग्राण्ड फिनाले भने यही कात्तिक २४ गते होटल पोखरा ग्राण्डीमै भब्य साँस्कृतिक कार्यक्रम सहित हुने कार्यक्रम संयोजक रूद्रबहादुर श्रीसले जानकारी दिनुभयो ।  सोल फेशन काठमाण्डौ र आई.एफ.सी. फेशन कलेज पोखराद्धारा निर्माण गरिएको कलात्मक पोशाकमा सजिएर उत्कृष्ट १० प्रतियोगिहरुले करिब एक महिना सम्म सिकेका कुराहरुलाई ग्राण्ड फिनालेमा प्रस्तुत गर्दैछन् । सुस्मिता पुन, सनम गर्बुजा, मिलन थापा र प्रियंका गर्बुजाको कोरियोग्राफी रहने मिस मगर नेपाल २०२३ को अन्तिम प्रतिस्पर्धीका रुपमा बबिता बाकाबल, विनु राना, दिवा पाइजा, एलिना थापा, चिना पुन, दीक्षा थापा, सलिना राना, उमा पुन, कविता थापा र खगी थापा रहेका छन् ।  

पाल्पा:  पाल्पाको बगनासकाली गाउँपालिका ५ तल्लोकोलडाँडामा संस्कृति संरक्षण गर्ने  उद्देश्यसहित विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।   स्थानीय स्तरमा सक्रिय माउण्ट एभरेष्ट युवा क्लबले विजयादशमीको अवसरमा ‘संस्कृति र पहिचानको जगेर्ना गरौं, पुख्र्यौली इतिहासलाई संरक्षण गरौं भन्ने नारासहित शनिबार विविध सांस्कृति सन्ध्याको आयोजना गरिएको हो ।    सो कार्यक्रमबाट करिब ८० हजार रुपैयाँ संकलन भएको क्लबका अध्यक्ष दान बहादुर रानामगरले जानकारी दिए । उनले संकलित सो रकम  तत्कालका लागि कोषमै सुरक्षित राखिने बताए ।    अध्यक्ष रानामगरका अनुसार मगर समुदायमा प्रचलित कौडा, सालैजो, चुट्का तथा झ्याउरे लगायतका नृत्यहरु स्थानीय कलाकारले प्रस्तुत गरेका थिए ।   ‘हाम्रो गाउँमा शत प्रतिशत मगर जातिको बसोबास छ । त्यसैले मगर भाषा, कला धर्म तथा संस्कृति विगत धेरै समयदेखि जिवितै छ, अध्यक्ष रानामगरले भने, ‘त्यसैले यसको जगेर्ना गर्न हरेक वर्ष विविध साँस्कृतिक कार्यक्रम आयोजना गर्दै आएका छौं । यसले गाउँलाई चिनाउन मात्रै नभई पुख्र्याैली इतिहासलाई उजागर गर्न टेवा पुर्याएको छ ।’   उक्त क्लबले संस्कृतिको संरक्षणको क्षेत्रमा मात्रै नभई सामाजिक तथा खेलकुदको क्षेत्रमा समेत काम गर्दै आएको रानामगरले बताए । उनले आगामी मंसिरको १ र २ गते बगनासकाली गाउँपालिकाभित्रका वडास्तरीय भलिबल प्रतियोगिता आयोजना गर्ने तयारी भइरहेको बताए ।    उनका अनुसार ‘स्वास्थ्यका लागि खेलकुद, खेलकुदका लागि माउण्ट एभरेष्ट युवा क्लब’ भन्ने नारासहित सहिद केवल गाहा स्मृति खेलमैदानमा उक्त प्रतियोगिता हुनेछ ।    सो प्रतियोगितामा प्रथम, द्वित्तिय र तृतीय हुने टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित क्रमश नगद रु १५ हजार, १० हजार र ५ हजार प्राप्त गर्नेछ ।    प्रतियोगिता संयोजक धिरज गाहामगरले सो प्रतियोगिताले स्थानीय स्तरको खेलाडी उत्पादनमा सघाउ पुग्ने बताए । ‘वडास्तरीय गेम गराउँदा उदीयमान भाइहरुले चान्स पाउँछन्, क्लब स्तरीय गराउँदा गेम राम्रो हुन्छ तर आफ्नौ गाउँठाउँका भाइहरुले मौका पाउदैनन्, गाहामगरले भने, ‘त्यसैले यो वर्षपनि तिहारको अवसरमा वडास्तरीय भलिबल प्रतियोगितालाई नै निरन्तरता दिदैंछौ ।’   उनका अनुसार कार्तिक ३० गतेसम्म बगनासकाली गाउँपालिका भित्रको वडाले टिम दर्ता गर्नसक्नेछन् । प्रतियोगितामा सहभागिता जनाउनका लागि दर्ता शुल्क नगद रु १ हजार ५ सय निर्धारण गरिएको आयोजकले जनाएको छ ।

काठमाडौं:    सुदूरपश्चिमको सबैभन्दा अग्लो हिमशृङ्खला अपीमा पहिलो पटक छायाङ्कन गरिएको भनिएको म्युजिक भिडियो ‘आएँ म त’ सार्वजनिक भएको छ ।  मौसमका कारण छायाङ्कन गर्न कठिन करिब सात हजार एक सय ३२ मिटर उचाइमा रहेको हिमालको आधार शिविरमा छायाङ्कनको टोली पुर्‍याएर कलाकार एवम् निर्देशक राजु भट्टले उक्त भिडियो सुटिङ गरेका थिए ।  काठमाडौंको वसन्तपुरदेखि दार्चुलाको अपीसम्मका दृश्य समेटेर तयार पारिएको भिडियोमा धनगढीकी कलाकार बोन्दिता धामी र अपीवासीका साथमा भट्टको अभिनय छ । भिडियोले नेपालको प्राकृतिक सौन्दर्य र ग्रामीण जनजीवनलाई श्रव्यदृश्यमार्फत प्रस्तुत गरेको छ ।    सिनेमाटोग्राफर केशव पाण्डेसमेतका मेहनतबाट तयार गरिएको भिडियोले अपी क्षेत्रलगायत समग्र नेपालको पर्यटनको क्षेत्रका लागि कोसेढुङ्गाको काम गर्ने विश्वास व्यक्त गरिएको छ ।  “संसारभर नै पछिल्ल्लो समय युवाको रोजाइमा एडभेन्चर, ट्रेकिङ एवम् ट्राभलिङसम्बन्धी चलचित्र एवम् कार्यकम पर्ने गरेकामा सो म्युजिकल फिल्मले नेपालको आन्तरिक एवम् बाह्य पर्यटनको विकासमा महत्त्वपूर्ण भूमिका खेल्नेछ”, निर्देशक भट्टले भने । म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक सो भिडियो मोबाइल एप र मोमो एपमा समेत उपलब्ध छ । भट्टको आफ्नै शब्द, सङ्गीत र मानश्वी मालाकारको एरेन्ज रहेको गीतमा उनको र ममता गुरुङको स्वर छ ।

पोखरा:    नेपालकै चर्चीत ब्याण्ड ‘एक्सिस’ले करिब एक दशक पछि पोखरामा आज बिषेश प्रस्तुतीः राख्ने भएको छ । आज बेलुका लेकसाइड स्थित किङस लाउन्ज पोखरामा एक्सिस व्याण्डको बिषेश प्रस्तुती हुने भएको हो ।  पोजेटिभ भाईभ इन्टरटेनमेन्ट नेटवकको व्यवस्थापनमा हुने उक्त कार्यक्रममा एक्सिसको प्रस्तुतीःले पोखरेलीहरुलाई भरपूर्ण मनोरन्जन दिने भएको पोजेटिभ भाईभ इन्टरटेनमेन्ट नेटवकका निर्देशक विकेस कायस्थले बताउनु भयो । एक्सिसको टोली आज बिहान पोखरामा आइपुगेको आयोजकले जनाएको छ । उहाँले भन्नुभयो“ हामीलाई विश्वास छ, पोखरा यस्तो शहर हो जहाँ प्राकृतिक, सांस्कृतिक सहित साङ्गीतिक व्याण्डहरुलाई उत्तिकै साथ र माया गर्ने शहर हो, त्यो हाम्रो टिमले अवश्य पाउने छ । ”  किङसमा एक्सिस व्याण्डको प्रस्तुतीः सहित किङस हाउस व्याण्ड र डि।जे। गरी तीन चरणको कार्यक्रम हुने भएको किङसका लाउन्ज पोखराका संचालक धुर्व केसीले बताउनु भयो । बेलुका करिब ७ः१५ बजे देखि आफ्नै ब्याण्ड किङस हाउस ब्याण्डको प्रस्तुतीले सुभारम्भ भएको माहोलमा बेलुका करिब ९ः३० बजे पछि नेपालकै चर्चीत ब्याण्ड एक्सिसको बिषेश प्रस्तुती रहने भएको उहाँले जनाउनु भयो । युवा बर्गलाई आकषर्ण गर्न ब्याण्डको साथमा डि।जे।को समेत प्रस्तुती रहने भएको केसीले बताउनु भयो । कोभिड १९ बाट प्रभावित भएको पोखरा क्षेत्रको पर्यटन प्रबद्र्धनमा उक्त कार्यक्रमले थप टेवा पुग्ने उहाँले विश्वास व्यक्त गर्नु भयो । सन् २००३ मा संगठित भएको उक्त व्याण्डले २००४ मा ब्ल्याक एण्ड ह्वाइट मार्फत पहिलो एलबम बजारमा ल्याएको थियो । त्यसै गरी २००९ मा माफ गरिदेउ र २०१७ मा गाउँ घर गरी तीन एलबम श्रोता तथा दर्शक माझ ल्याएको छ । त्यसै गरी उक्त व्याण्डले ल्याएको एलबममा अधुरो प्रेम, मुस्कान, मेरो प्रेम, तिमी फेरी आउन, हे मोरी, एक चोटी लगायतका चर्चीत गितहरु रहेका छन्। उक्त व्याण्डका चर्चीत भोकलिष्ट सन्दिप विश्वकर्मा रहनु भएको छ ।  यसैबिच, एक्सिसले हालै पाइला एलबम बजारमा ल्याएको छ । उक्त एलबम पाइला आफ्नो अफिसियल यूटुव च्यानलबाट सार्वजनिक गरेको हो ।

पोखरा:  प्रथम इन्टर कलेज व्याण्ड कम्पिटिसनको उपाधि पोखरा लिङ्कन कलेजले जितेको छ ।    पोखरा सांगीतिक कलाकार संघको आयोजनामा पोखरामा शनिबार सम्पन्न प्रतियोगिताको उपाधि पोखरा लिंकन कलेजको ‘द लिङ्कन व्याण्ड’ले जितेको हो ।    फाईनल राउण्डमा गरेको उत्कृष्ट प्रस्तुतीका आधारमा सो व्याण्डले फाईनल राउण्डको १० प्रतिष्पर्धीलाई पछि पार्दै नगद एक लाखसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्‍यो  ।   प्रतियोगितामा ईन्फोमेटिक्स कलेजको ‘द ईन्टरभल्स व्याण्ड दोश्रोहुँदै नगद ५० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्‍यो भने ग्लोवल कलेजिटको ‘उत्वेग व्याण्ड’ले तेश्रोहुँदै नगद २५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्‍यो ।   त्यस्तै, उत्कृष्ट भोकलमा पोखरा लिङ्कन कलेजका रोमित गुरुङ, लिड गिटारमा कालिका माविका अनमोल थापा,, रिदम गिटारमा ईन्फोमेटिक्स कलेजका सन्दीप आले मगर, बेस गिटारमा ग्लोवल कलेजियटका अनुपम रिजाल र ड्रमरमा पोखरा लिङ्कन कलेजका विनोद सुनार उत्कृष्ट घोषित भए । विधागततर्फका उत्कृष्ट घोषित भएकाहरुले नगद ५/५ हजार र प्रमाणपत्र प्राप्त गरे ।   विजेताहरुलाई गण्डकी प्रज्ञा प्रतिष्ठानका उप–कुलपति गोरे गुरुङ, पोखरा सांगीतिक कलाकार संघका अध्यक्ष हर्कराज गुरुङ (भाई), निवर्तमान अध्यक्ष सुनिल थापा, संस्थापक अध्यक्ष श्यामसुङ गुरुङ, सल्लाहकारहरु तीर्थ तामाङ र शेरबहादुर गुरुङ, संघका उपाध्यक्ष टोपबहादुर खत्री, सचिव भाष्करध्वज श्रेष्ठ, सहसचिव बिनोद बानियालगायतले पुरस्कार वितरण गरेका थिए ।   समापन कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कला र संगीत देशको पहिचान र सभ्यतासँग जोडिने भन्दै यसको संरक्षण र विकासमा महानगरले सघाउने बताए ।   उनले साठीको दशकमा व्याण्डहरुको राजधानी बनेको पोखराको त्यो विरासत फर्काउनुपर्ने र त्यसका लागि महानगरले सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका थिए ।

पोखरा:   पोखरामा भईरहेको ईन्टर कलेज व्याण्ड कम्पिटिसनको फाइनल राउण्डमा ११ वटा कलेज छनौट भएका छन् । पोखरा सांगीतिक कलाकार संघको आयोजनामा पोखराको नयाबजारस्थित प्रदर्शनी केन्द्रमा शुक्रबारदेखि शुरु भएको प्रतियोगिताको फाईनल राउण्डमा ११ वटा कलेज छनौट भएका हुन् । प्रतियोगिताको फाईनल राउण्ड आज हुनेछ । फाईनल राउण्ड ११ बजेदेखि शुरु हुने जनाइएको छ । प्रतियोगिताको फाइनल राउण्डमा मदरल्याण्ड मावि, प्रतिभा मावि ‘सी’, सगरमाथा मावि, कुमुदिनी होम्स, लाभेन्ज बोर्डिङ स्कुल, ईन्फोमेटिक्स कलेज, ग्लोवल कलेजियट, पोखरा एकेडेमी, लिङ्कन कलेज, प्रगती बोर्डिङ स्कुल ‘बी’ र कालिका मावि छनौट भएको पोखरा सांगीतिक कलाकार संघका अध्यक्ष हर्कराज गुरुङ भाईले जानकारी दिए । शुक्रबार भएको सेमीफाइनल राउण्डबाट भद्रकाली मावि, कुमुदिनी होम्स, कान्तिपुर कलेज, प्रतिभा मावि ए र बी, प्रगती बोर्डिङ स्कुल ए, न्यू ग्यालेक्सी, डायमण्ड मावि, पश्चिमाञ्चल मावि प्रतिष्पर्धाबाट बाहिरिएका छन् ।   यसअघि शुक्रबारदेखि शुरु भएको प्रतियोगिताको गण्डकी प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री विन्दुकुमार थापाले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश सांसद थापाले राज्यले कला र संगीतको क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यक्ता औंल्याए । संगीत जीवनको लागि अति उपयोगी कुरा हो,उनले भने,‘तर राज्यले लगानी नगर्दा यो क्षेत्र पछाडि प¥यो ।’ कला र संगीतमा शक्ति हुने भन्दै यसलाई विद्यालय स्तरबाटै विकास गर्न सके अन्र्तराष्ट्रिय क्षेत्रमासमेत आफ्नो उपस्थिति देखाउन सकिने उनको भनाई थियो । उनले राज्य र शिक्षा क्षेत्र सम्बद्ध संघसंस्थाहरुले गर्नुपर्ने कार्यक्रम पोखरेली कलाकार संघले गरेर संगीतप्रति विद्यालय, विद्यार्थी, अभिभावक र राज्यको ध्यानाकृष्ट गर्न सफल भएकोसमेत बताए । गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपती सूर्य खड्का बिखर्चीले संगीत विश्वको भाषा भएकाले यसको महत्व र प्रभाव सबैभन्दा बढी हुने बताए । त्यसैले कला र संगीतको उन्नयन र विकासमा राज्यले ध्यान दिनुपर्ने उनको भनाई थियो । राज्यले कान खोलेर सूनोस्,उनले भने,‘संगीत शिक्षाका लागि अपरिहार्य छ । त्यसैले राज्यले लगानी बढाओस् ।’ पोखराको सांगीतिक माहोल तताउँदै व्याण्डहरुलाई पुनःजागृत गराउने उद्देश्यले ईन्टर कलेज व्याण्ड कम्पिटिसन गर्न लागेको पोखरा सांगीतिक कलाकार संघका अध्यक्ष हर्कराज गुरुङले बताए । प्रतियोगिताले विद्यालयमा अध्ययनरत विद्यार्थीमा लुकेर रहेका प्रतिभाको उजागर गर्नुका साथै विद्यालयमा सांगीतिक माहोल सिर्जना गर्नका लागि वातावरण बनाउने उनको भनाई छ । ‘सुस्ताएको सांगितीक क्षेत्रलाई उठाउने प्रयास हो । यसमा व्याण्डले सबै विधामा प्रस्तुती दिन सक्छन् ।’–उनले भने । संघका उपाध्यक्ष टोपबहादुर खत्रीले पोखरा व्याण्डहरुको राजधानी भएकाले त्यहि पुरानो विरासत फर्काउन प्रतियोगिता गरिएको बताए । यसले संगीत सिर्जनामा लाग्न प्रेरणा र दवाब पुग्ने विश्वास व्यक्त गरे । सचिव भाष्करध्वज श्रेष्ठले कार्यक्रमले एकातिर विद्यालयमा भएका प्रतिभालाई उजागार गर्ने र अर्कोतिर सांगितिक माहोल सृजना गर्न कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । मानसिक स्वास्थ्य सुधार्नपनि कार्यक्रमले सघाउने उनको भनाई छ । ईन्टर कलेज व्याण्ड कम्पिटिसनमा भोलि डि–मर्चा व्याण्ड, लेकाली व्याण्ड र शान्तराज बज्राचार्यको देउराली व्याण्डको विशेष प्रस्तुती रहने जनाइएको छ । प्रतियोगितामा सहभागि हुने दर्शकलाई नेपाल टेलिकमको सिम निःशुल्क वितरण गरिरहेको छ । कार्यक्रम हुने अवधीभर कार्यक्रम स्थलमा स्टल राखेर दर्शकले काटेको टिकटको आधारमा सिम वितरण भइरहेको संघका अध्यक्ष हर्कराज गुरुङ (भाई)ले जानकारी दिए । प्रतियोगिताको उपाधि बिजेतालाई नगद १ लाखसहित प्रमाणपत्र, उपबिजेतालाई नगद ५० हजार र तेश्रो हुनेलाई नगद २५ हजारसहित प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । त्यस्तै, प्रतियोगितामा उत्कृष्ट भोकल, लिड गिटार, रिदम गिटार, बेस गिटार र उत्कृष्ट ड्रमरलाईपनि नगद ५÷५ हजारसहित प्रमाणपत्र प्रदान गरिने सचिव श्रेष्ठले जानकारी दिए ।